logo

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

 इसीमाना सम्वाददाता     २०८२ पौष १३ गते ०५: ०६ मा प्रकाशित     270   पटक पढिएको

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

 

प्रहरी निरीक्षक थापाले पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ स्थित श्री वनदेवी आधारभूत विद्यालय, भतौडा तथा वडा नं. १ अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत पथलहवा घाट र गादियानी टोलका अति विपन्न समुदायका करिब १ सय जना विद्यार्थी छात्र–छात्राहरूलाई कपी, पेन्सिल, कटर, इरेजरलगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरेर यस्तो उदाहरणीय काम गरेका हुन।

 

शैक्षिक सामग्री वितरण गर्दै  प्रहरी निरीक्षक थापाले शिक्षामा समानता, निरन्तरता र गुणस्तर कायम राख्नु आजको आवश्यकता भएको बताए। उनले विद्यार्थीहरूलाई नियमित अध्ययनमा ध्यान दिन, अनुशासन पालना गर्न, स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिन तथा असल नागरिक बन्न प्रेरणादायी सन्देश दिएका थिए।

 

अत्यधिक चिसोका कारण विद्यालय बन्द रहे पनि प्रहरी निरीक्षक थापा स्वयं गाउँमै पुगेर शैक्षिक सामग्री वितरण गरिएको जनाउँदै, यस किसिमका कार्यले बालबालिकामा सकारात्मक सोच र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा श्री वनदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक सुभास प्रसाद दास, नेपाल पत्रकार महासंघ पर्साका सदस्य तथा शिक्षा पत्रकार जिल्ला अध्यक्ष प्रमोद यादव, सञ्चारकर्मी चिरञ्जीवी यादव, बिनोद यादव तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

स्थानीय अभिभावक तथा विद्यालय प्रशासनले प्रहरी निरीक्षक थापाको यस मानवीय र सामाजिक योगदानको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। यस्ता कार्यले समुदाय र प्रहरीबीचको सम्बन्ध थप सुदृढ हुने तथा शिक्षाबाट वञ्चित बालबालिकामा आशा र उत्साह थपिने विश्वास व्यक्त गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.