logo

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ पौष २७ गते ०८: ३६ मा प्रकाशित     223   पटक पढिएको

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

 

महासङ्घ धनुषा शाखाले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम र श्रद्धाञ्जली सभा आयोजना गरेको हो। यी दुवै कार्यक्रमलाई पत्रकारहरूको वर्तमान अवस्था र शहिद पत्रकारको बलिदानसँग जोडेर हेरिएको छ।

 

बिहान महासङ्घ धनुषा शाखाको कार्यालय परिसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा धनुषा जिल्लाका ५० जना क्रियाशील पत्रकारहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

 

 जनकपुरधामस्थित प्रादेशिक अस्पताल अगाडि रहेको हाइटेक प्याथोलोजी ल्याबको प्राविधिक सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा रक्तचाप, मधुमेह, लिपिड प्रोफाइल तथा युरिन परीक्षण गरिएको महासङ्घले जनाएको छ।

 

महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन साहले पत्रकारहरूको असुरक्षित कार्यपरिवेश, अनियमित कार्यतालिका र जाडो मौसमका कारण स्वास्थ्य जोखिम बढिरहेको उल्लेख गर्दै, राज्यस्तरबाट पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि दीर्घकालीन नीति आवश्यक रहेको बताए। उनले महासङ्घको पहलमा यस्ता कार्यक्रम निरन्तर गरिने प्रतिबद्धता व्यक्त गरे।

 

त्यसैगरी, साँझ महासङ्घ भवन अगाडि आयोजित श्रद्धाञ्जली सभामा शहिद पत्रकार उमा सिंहको बलिदान र प्रेस स्वतन्त्रतामाथि भएका आक्रमणहरूबारे गम्भीर समीक्षा गरिएको थियो।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने,केन्द्रीय सदस्य राजेश कर्ण , मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा,महासचिव शैलेन्द्र क्रान्ति सचिव  हदिश खुद्दार बरिष्ठ पत्रकार बि.एम .खनाल रामभरत साह , रिन्कु मिश्र ,अशोक रौनीयार मनिका झा अवधेश कामत लगायतको सहभभागिता रहेको थियो । 

 

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले  उमा सिंहको हत्या अझै पनि न्यायिक निष्कर्षमा नपुगेको विषय रहेको स्मरण गराउँदै, पत्रकारको सुरक्षाका सवालमा राज्य गम्भीर नदेखिएको आरोप लगाए। उनले  उमा सिंहलाई निडर पत्रकारिता, सत्यको खोज र सामाजिक न्यायका प्रतीकका रूपमा स्मरण  गरे।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.