logo

बिन्दवासिनी गाउँपालिकाको आवास योजनामा विवाद, दलित महिलाको प्रदर्शनसँगै पारदर्शितामाथि प्रश्न

 इसीमाना सम्बाददाता     २०८२ माघ २१ गते ०७: ५३ मा प्रकाशित     279   पटक पढिएको

वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाले दलित तथा विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरेको आवास निर्माण योजना विवादमा परेको छ।

 

संघीय सरकारबाट प्राप्त बजेटमार्फत अघि बढाइएको उक्त योजनामा पारदर्शिता नअपनाइएको आरोप लगाउँदै स्थानीय दलित महिलाहरूले गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

 

संघीय सरकारले उपलब्ध गराएको करिब १ करोड १० लाख रुपैयाँ बजेटमा आवास निर्माणका लागि टेण्डर आह्वान गरी ठेक्का प्रक्रिया सुरु गरिए पनि वास्तविक लाभग्राही समुदायलाई जानकारी नदिइकन निर्माण कार्य अघि बढाइएको उनीहरूको आरोप छ।

 

योजनाको प्रारम्भिक चरणदेखि नै सरोकारवाला समुदायलाई बेवास्ता गरिएको भन्दै प्रदर्शनकारीहरू आक्रोशित देखिएका थिए।

बुधबार बिन्दवासिनी गाउँपालिका वडा नम्बर–२ बहुअर्वाभाठाका दलित महिलाहरूले नाराबाजीसहित कार्यालय घेराउ गर्दै योजनासम्बन्धी विवरण सार्वजनिक गर्न माग गरेका हुन्। उनीहरूले सूचनाको हक प्रयोग गर्दै योजनाको सम्पूर्ण प्रक्रिया खुलाउन मागसहित गाउँपालिकामा लिखित निवेदन दर्ता गराएका छन्।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष साहलाई बुझाइएको निवेदनमा संघीय सरकारबाट आएको अनुदान रकमको उपयोग, लाभग्राही छनौटका आधार र मापदण्ड, छनौट सूचीमा परेका व्यक्तिहरूको नामावली, साथै निर्माण हुने आवासको अन्तिम स्वामित्व र व्यवस्थापन कसले गर्ने भन्ने विषयमा स्पष्ट र लिखित जानकारी माग गरिएको छ।

 

प्रदर्शनमा सहभागी दलित महिलाहरूले लाभग्राही छनौट प्रक्रियामै गम्भीर अनियमितता भएको दाबी गर्दै वास्तविक दलित तथा विपन्न परिवारलाई पन्छाएर पहुँचका आधारमा नक्कली लाभग्राही समावेश गरिएको आरोप लगाएका छन्। उनीहरूले निष्पक्ष छानबिन नभएसम्म आवास निर्माण कार्य तत्काल स्थगन गर्नुपर्ने माग समेत अघि सारेका छन्।

 

यसअघि पनि सोही योजनाबारे वडा नम्बर–२ का पूर्व वडाध्यक्ष सञ्जय चौहानले सूचनाको हक प्रयोग गर्दै गाउँपालिकामा निवेदन दिएका थिए। तर उक्त निवेदनमाथि अहिलेसम्म कुनै औपचारिक सुनुवाइ नभएको उनले बताएका छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.