logo

गौरमा शान्ति भंग  पुनः कर्फ्यू आदेश जारी, सुरक्षा कडा

 इसीमाना सम्बाददाता     २०८२ फागुन १० गते १०: ४१ मा प्रकाशित     120   पटक पढिएको

चन्द्रपुर, । गौर नगर क्षेत्रमा फेरि कर्फ्यू लागू गरिएको छ।

 

जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार गौर नगरभित्र आज बिहान ८.३० देखि पुनः कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। यो आदेश अर्को आदेश नआुञ्जेलसम्म लागू रहने बताइएको छ।

 

यो कदम शनिबार बिहान सवगढा–६ मा दुई समुदायबीचको विवादपछि चर्किएको तनावलाई व्यवस्थापन गर्न उठाइएको हो।

 

 प्रारम्भमा शनिबार दिउँसो १.०० बजेदेखि आइतबार बिहान ६.३० बजेसम्म कर्फ्यू जारी गरिएको थियो।

 

त्यसपछि केही समयका लागि कर्फ्यू खुकुलो पारिएको थियो, तर फेरि बिहान ८.३० बजेदेखि पूर्ण कर्फ्यू लागू गरिएको छ।

 

 

पूर्वमा मुडबलवा गेट,पश्चिममा लालबकैया बाँध,उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय भित्रको क्षेत्र भित्र कर्फ्यू आदेश  जारी गरिएको छ । 


शनिबार बिहान दुई समुदायबीच विवाद हुँदा तनाव वृद्धि भई सार्वजनिक सुरक्षा प्रभावित भएको थियो। त्यसपछि प्रशासनले तत्काल कर्फ्यू आदेश  लागू गर्दै सुरक्षा प्रवर्द्धन र शान्ति बहाल गर्न आवश्यक कदम चाल्नुपरेको बताएको छ।


प्रहरी र स्थानीय प्रशासनले स्थानीय नागरिकलाई शांत, संयम र कानून पालना गर्न आग्रह गरेका छन्, र कुनै पनि अप्रिय घटना रोक्न समुदायस्तरका तहसम्म समन्वय गर्दै अघि बढ्ने तयारी रहेको जनाइएको छ।

 

 प्रशासनले जनमतका जिल्ला अध्यक्ष र नेकपा एकिकृत समाजवादीका तर्फबाट निर्वाचित एक जना वडाध्यक्षलाई दंगा भड्काएको आरोपमा नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.