logo

डोली यात्राको पूर्वसन्ध्यामा ८ महिला सहित ६५ जनाद्वारा रक्तदान

 इसीमाना सम्बाददाता     २०८२ चैत ११ गते ०६: ४४ मा प्रकाशित     164   पटक पढिएको

वीरगंज ।  माइस्थान मन्दीर सञ्चालक समिति वीरगंजले  आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । 


 
 डोली यात्रा–२०८२ को पूर्वसन्ध्यामा वीरगंज फ्रेन्डस राउन्ड टेबल–८ को सहयोगमा माइस्थान पार्कमा बुधवार आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ८ महिला सहित ६५ जनाले रक्तदान गरेका हुन ।


 
रक्तदान गर्नेमा  सुनिता कार्की, बन्दना शर्मा,  ज्योती प्रधान श्रेष्ठ, रन्जु गिरि, स्मृती कार्की, उषा उप्रेती, बबिता देवी थारु , स्वीकृति प्याकुरेल, अनुभव प्याकुरेल, नवराज भट्टराई, मोहित राजपाल, गणेश साह हजाम, सुरेश गोयल, राम प्रसाद श्रेष्ठ, गौरीशंकर गुप्ता लगायतले रक्तदान गरेका थिए ।  


 
समितिका अध्यक्ष नरेन्द्र साहले श्री गहवामाइ को निशान सहितको डोली यात्रा २०८२ को पूर्वसन्ध्यमा  मानवीय कार्यहेतु रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । 


 
चैत्र १२ गते बिहिवार  गहवामाइको निशान सहितको तेस्रो डोली यात्रामा सभ्य एवं भव्य रूपले सहभागी भएर गहवामाइको आशिर्वाद प्राप्त गर्नको साथै यात्रा सफल बनाइदिन हुन  उनले वीरगंजबासीमा आग्रह समेत गरेका छन । 


 

समितिका अध्यक्ष नरेन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज फ्रेन्डस राउन्ड टेबल–८का अध्यक्ष दिपक कुमार अग्रवाल, वीरगंज ८ का वडाअध्यक्ष रितेश गुप्ता ,६ का पुर्व वडाअध्यक्ष ध्रुव नेपाल, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति राजेश्वर चौधरी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, अभिभावक संघ पर्साका अध्यक्ष संदिप साह, समाजसेवीहरू मार्टिन मोक्तान, राजेन्द्र भट्टराई,मनिता माया गुप्ता कानु, पत्रकारहरू युवराज खडका,सन्तोष पौडेल, अर्जुन गुप्ता,आकाश पटेल, अर्जुन चौधरी, पवन साहलगायतको सहभागिता थियो ।

 

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहाको नेतृत्वमा स्वयंसेवकको टोलीले रक्तदाताहरूलाइ रक्तदान गर्न सघाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.