logo

रुङ्गटा वेलफेयर सोसाइटीको सहयोगमा छपकैया स्थित  केन्द्रमा वाटर फिल्टर कूलर जडान

 इसीमाना सम्वाददाता     २०८२ चैत २३ गते ०६: २२ मा प्रकाशित     253   पटक पढिएको

वीरगंज । वीरगञ्ज महानगरपालिका–छपकैया–२ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा वाटर फिल्टर कूलर जडान  गरिएको छ ।

 

 रुङ्गटा वेलफेयर सोसाइटीका प्रतिनिधि सुरेश रुंगटाको पूर्ण सहयोगमा १०० लिटर क्षमताको (आरओ) वाटर फिल्टर कूलर जडान गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुद्दिन ठाकुराइले जानकारी दिए । 

 


 सहयोगले सेवा केन्द्रलाई अझ व्यवस्थित, सफा र सेवामैत्री बनाउन मद्दत पुगेको ठकुराईले जनाए । 

 

स्थानीय बासिन्दाहरूले पनि उक्त पहलको स्वागत गरेका छन्। उनीहरूले  स्वच्छता र स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न समेत टेवा पुग्ने  टिप्पणी गरेका छन।

 

शुद्ध खानेपानीको व्यवस्था भएपछि सेवा लिन आउने सर्वसाधारण तथा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।

 

यसले सेवा केन्द्रको वातावरण थप सहज, सुरक्षित र व्यवस्थित बन्न सहयोग पुग्ने जनाइएको छ।

 

यस सहयोगप्रति सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ परिवारले सहयोगी संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गरेको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.