logo

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

 इसीमाना सम्वाददाता     २०८२ असोज २८ गते ०८: १६ मा प्रकाशित     385   पटक पढिएको

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

 

मंगलवार सम्पन्न भएको क्वाटरफाइनल खेलमा, रेगल एन्फा हेटौंडाले श्री त्रिशूल क्लब बकुलियालाई शानदार प्रदर्शन गर्दै ४–१ गोल अन्तरले पराजित गर्‍यो।

 

 खेलभर रेगल एन्फाका खेलाडीहरू आक्रामक देखिए भने, विपक्षी टिम त्रिशूल क्लब सुरुवाती अग्रता जोगाउन असफल रह्यो।

 

खेलका म्यान अफ दी म्याच समुईल (रेगल एन्फा हेटौंडा) घोषित भए। उनले नगद  २ हजार ५सयरुपैया र साथमा ट्रफी र मेडल प्राप्त गरे।

 

आजको रोमाञ्चक खेल प्रतिभा युवा क्लबका अध्यक्ष गोपी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ठोरी गाउँपालिका वडा नं. ५ का अध्यक्ष अष्ट बहादुर लोप्चन प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

 

आयोजक समितिका अध्यक्ष गोपी श्रेष्ठका अनुसार, भोलि हुने अन्तिम क्वाटरफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब र पर्सागढी वाई.एस.सी. बड्नियारबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रतियोगिता प्रतिभा युवा क्लब र बिजयवस्ती युवा क्लब, ठोरी–४को संयुक्त आयोजनामा भइरहेको हो।


विजेताले उपाधिसहित नगद  ३ लाख ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले  १ लाख ७५ हजार हात पार्नेछन्।

 

अन्तिम र निर्णायक फाइनल खेल कार्तिक ४ गते दिउँसो २ बजे हुने आयोजकले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

तलब नपाएका लहान नगरपालिकाका कर्मचारीको चेतावनी  तलब नपाए कडा आन्दोलन

लहान ।  सिराह जिल्लाको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूलृ विगत चार महिनादेखि तलब पाएका छैनन। तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.