logo

मधेसमा जातीयताको कुरा गर्नेहरू एकपटक मुसहर बस्ती हेर्न जाऊ !

      8/8/2017 गते 00 00 मा प्रकाशित     1908   पटक पढिएको

सरस्वती सुब्बा

केही समय पहिला म मेरो घर भएको जिल्ला सर्लाही गएकी थिएँ । म आफैं तराईमा जन्मे, हुर्केको मान्छे । मेरो जीवनको प्रमुख ठाउँ, मैले पढेको पाठशाला र मैले जन्मेहुर्केर समाज र देशमा ताते गर्न सिकेको ठाउँ हो सर्लाही । 

प्रदेश नम्बर २ को एउटा प्रमुख जिल्ला मान्न सकिन्छ यसलाई । जातको नाममा राजनीति गरेर देशको बागडोर सम्हाल्ने मधेसका नेताहरूको गृहजिल्ला पनि हो सर्लाही । त्यसैले सर्लाही भन्नेबित्तिकै सबैको मनमा ‘ए’ भन्ने शब्द उठ्छ । त्यसैले मेरो जिल्ला नामको हिसाबले महान् छ । तर समुदायमा गएर हेर्ने हो भने पीडा अनेकौं छन् । 

सर्लाहीको बरमपुरी गाउँपालिका वडा नं. ८ साबिक नोकेल्वा खोरियामा जाने अवसर प्राप्त भयो मलाई यसपटक पनि । यो जिल्लाको क्षेत्र नं. ४ मा पर्छ र महेन्द्र राय यादवले जितेको क्षेत्र पनि हो । उनी सधैं मधेसी जनताको नाममा राजनीति गरेर पार्टीको मुख्य व्यक्ति भएर बसेका छन् । उनको क्षेत्रको एउटा गाउँमा ५५ घर मुसहरहरू बस्छन् । मुसहरको मूल पेशा माटो बोक्ने र खेतीपाती नै हो । अब त माटो एक्स्काभेटरले खन्छ, ट्र्याक्टर र ट्रकले ठाउँठाउँमा ढुवानी गर्छ ।

त्यसैले उनीहरूको माटो बोक्ने पेशा पनि संकटमा परेको छ । मुसहर समुदायलाई खेती गर्न आफ्नो जमीन उपलब्ध छैन । त्यसैले पेट पाल्न पनि धौधौ छ । 

पचपन्न घरमध्यको एउटा घर सुरेन्द्र माझीको हो । उनी घरमूली हुन् । उनीसहित १६ परिवार बस्छन् त्यो घरमा जुन तीन धुरमा बनेको छ । सुरेन्द्र माझीको घरको लम्बाइ सात हात र चौडाइ चार हातमा फैलिएको छ । त्यो घर तीन पुस्तादेखि यही जमीनमा छ । त्यो गाउँमा एक धुरदेखि सात धुरसम्ममा घर बनाएर जीवन धानेका छन् ५५ परिवारले । 

त्यस गाउँका मुसहर परिवारसँगै बस्ने सुरेन्द्र माझीको कथा भने निकै रोचक छ । पाँच जोडी त श्रीमान् श्रीमती मात्रै बस्छन् सुरेन्द्र माझीको घरमा । बेलुका सुत्ने तरिका फरक छ । उनको घरमा एक जोडी घरभित्र पसेर सुत्छन् अनि त्यो जोडीले बार्नको निम्ति कपडा टाङ्छन् । अनि अर्को जोडी आएर सुत्छन्, फेरि बार्नको निम्ति कपडा टाङ्छन् र सोही तरिकाले पाँच जोडी श्रीमान् श्रीमती कपडाको बार बनाएर रात गुजारा गर्छन् । 

सोही तरिकाले उनीहरूले बाँसको चित्रोको टाँड बनाएका छन् । टाँडको माथि र तल बच्चाहरू सामूहिक सुतेर आफनो जिन्दगी गुजारेका छन् । लाग्छ उनीहरूको अवस्था देख्दा उनीहरूको लागि पृथ्वी माटो भन्ने चीज नै यही तीन धुर हो त्यसबाहेक अरू केही पनि छैन । काँही जाने र बस्ने ठाउँ पनि छैन उनीहरूलाई । यस अवस्थामा जीवन धान्न बाध्य छन् ५५ घर मुसहरहरू । 

शहरमा धनी मानिसको घरमा एउटा कुकुरलाई पूरै एउटा कोठा छुट्ट्याइएको हुन्छ । कुकुर सुत्ने कोठाजतिको जमीनमा तराईको पूरै एउटा मुसहर गाउँ बस्छ । यस्तो फरक छ, बसिखाने र गरिखाने बीच । 

सर्लाहीमा मात्रै यस्ता मुसहर गाउँ झन्डै ११० जति छन् । जुन गाउँमा ५५ देखि ३०० घरसम्म अटाएका छन् । सबैको हालत भने उही एकै किसिमको छ । मैले नोकेलवा, पडरीया, लालबन्दी, हरिपुर लगायतका मुसहर बस्तीमा पनि घुम्ने मौका पाएँ । मुसहर बस्ती भएको ठाउँ जहाँ पनि अवस्था उस्तै छ । घर उस्तै छन् । सानो झुप्रोमा धेरै परिवार अटाएका छन् । पढ्नसक्ने व्यक्ति एक बस्तीको एकजना पनि पाउन गाह्रो छ । पेशा माटो बोक्ने हो, त्यो चलन पनि हरायो । 

मजदुरीका लागि धेरै पुरुष भारतको पञ्जाब गएका छन् । घरमा केवल महिला र साना बच्चा मात्रै भेटिन्छन् । गाउँमा मजदुरी गर्न जाँदा नौ घन्टा काम गर्नुपर्छ । ज्याला दिनभरिको २५० रुपैयाँ मात्रै पाउँछन् । दिनभर काम गर्दा एकछाक खाजाबाहेक अरू सबै खाना घरमा खानुपर्छ । यस्तो अवस्था छ । 

यस्तो अवस्था रहुञ्जेल के मधेसका मान्छेको मुक्ति जातको नारामा सम्भव छ ? यहाँ श्रीमान् पञ्जाबमा मजदुरी गर्न जाँदा लिएको ऋणको मासिक ब्याज ३ देखि ५ प्रतिशतको दरले प्रत्येक महिना तिर्नुपर्छ । त्यही सापटी पैसा लिएको गुनमा ब्याज त तिर्नुपर्छ नै, श्रमशोषण पनि त्यत्तिकै हुन्छ । यो शोषण मुसहरलाई पहाडी समुदायका व्यक्तिले गर्ने होइन, मधेसका जमिन्दार मधेसीहरूले गरिरहेको देखिन्छ । 

कहिलेकाहीँ श्रम शोषणसँगै महिलाहरू शारीरिक शोषणमा पनि पर्छन् जसको कुनै लेखाजोखा हुँदैन । बरू पहाडका व्यक्तिले मधेसका व्यक्तिलाई सताए भनेर मधेसको नाममा राजनीति हुन्छ । यहाँ पेटको छलफल कहिलेपनि हुँदैन । केवल जातको नाममा छलफल हुन्छ । मधेसीको नाममा जातको नाममा पार्टी खोलेर बसेका मधेसका ठूला नेताहरूको घर पनि सर्लाहीको विभिन्न ठाउँमा पर्छ । 

महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय, अशोक यादव, जंगीलाल राय, अमरेश कुमार सिंहको घर यसै जिल्लामा पर्छ । मधेसका जनताको नाममा यिनीहरू धेरैपटक पार्टी अध्यक्ष, सांसद अनि मन्त्रीपदमा हुँदा यी समस्याको कुनै मतलब गरेनन् । तर फेरि पद खुस्किएपछि दोस्रो दर्जाको नागरिक भएको भाषण गर्न चुक्दैनन् । 

यी नेताहरूको राजनीति भाषण मात्रै हो । जनताको दुःखसुखको साथी बन्नेमा उनीहरूलाई वास्ता छैन । नेताहरू नेपालको राजनीतिमा भाषणमा मात्रै सीमित भए । जनताको जीवनस्तर सुधार्ने नीति तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया एकदम खुकुलो र सुस्त छ । यसको परिणाम जनतालाई सास्ती, नेतालाई मस्ती भएको छ । सभारःलोकान्तर.कमबाट ​
(लेखक राष्ट्रिय भूमिअधिकार मञ्च नेपालकी महासचिव हुन् ।)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.