logo

कति चाहिन्छ भनेकी थिए त्यो लाख करोड जति भएपनि तयार थिए-महिला नेतृ घिमिरे

      11/12/2017 गते 00 00 मा प्रकाशित     1930   पटक पढिएको

शारदा देवीको कानुको संगठबाट मधेश राजनीतिमा लागेकी रेखा घिमिरेको २६ बसन्त सदभावना पार्टीको इति श्रीमै बित्यो । धेरैले उनलाई आश्चर्य ब्यक्त गर्दै जिज्ञासा राखे “तपाई सदभावना पार्टीमा ?” । रेखालाई यस्ता प्रश्नहरुले खासै अप्ठयारो पारेको थिएन । ०१५ सालमा पर्साको औराह गाविसको बहुवरी प्रसौनीमा जन्मिएकी घिमिरेको बिवाह पनि यही भयो । मधेश मै जन्मे हुर्केकाले उनलाई सदभावना पार्टीमा हुनुमा कुनै संकोच र समस्या थिएन । तर राजनीतिक जीवनका २६ वसन्त पार गर्दै गर्दा उनलाई “आफू पहाडिया भएर बिभेदामा” परेको अुनभव भयो ।
    

नेपाल सदभावना मंचबाट राजनीतिक शुरु गरेकी घिमिरे पछिल्लो पटक मधेश केन्द्रीत ६ पार्टी एक भएर बनेको राजपाको केन्द्रीय सदस्य पनि हुन ।  मधेश आन्दोलनको “इपिसेन्टर”को रुपमा रहेको बीरगंजको मितेरी पुलमा अरु झै रेखाको पनि सहभागिता हुन्थ्यो । त्यो बाहेक संगठनको निर्माण र परिचालन उनले राम्रोसंग गरेकी थिइन । थुनामा गइन ,बन्द हड्तालमा सहभागि भइन राजनीतिमै लाग्दा कपाल फूल्यो । जीवनका उर्जाशिल समय मधेश आन्लोलनमा ब्यतित भयो । तर उनी पार्टीको कुनै मूल्याकंनमा परिनन । 
  

 राजनीतिमा लागेका अन्य महिलाहरुले अवसर पाएको भए समानुपातिकमा टिकट पाएको भए । उनको चित्त पनि दुऋने थिएन । पार्टीले चिन्दै नचिनेको मान्छेलाई आन्दोलनमा सहभागि नभएको मान्छेलाई समानुपातिकमा टिकट दिने पार्टीको ब्यवहारले उनको चित्त फाट्यो । आन्दोलनमा हामीले कहिल्यै नदेखेको मान्छेले समानुपातिकमा टिकट पाए उनले भनिन यस्तो गर्ने पार्टीले सामाजिक न्याय गर्छ भनेर पत्याउने आधार अव रहेन । रेखा घिमिरेसंग जसले टिकट दिने कुरा गरेको थियो । उसलाई काठमाण्डौ जान बाटा खर्च समेत दिएर पठाइन । उनले पार्टीले कामको मूल्याकंनको आधारमा अवसर दिए ठिक छै नत्र पैसा लिने भएपनि कति पैसा लिने हो म दिन्छु पनि भनिन । उनले ति भाइलाई अंक भनिन जति चाहिन्छ त्यती दिने कवुल गरिन  । उनलाई पनि टिकट पक्का भनियो तर अन्तिममा उनले समानुपाति तर्फको टिकट पनि पाइनन । 
  

 त्यतीबेला उनलाई आफना पार्टी अध्यक्ष राजेन्द्र महतोले गैर मधेशी समुदायको भनेर यस्तो गरेको होला भन्ने लाग्यो । मधेशमा हामी काँधमा काँध मिलाएर आन्दोलनमा छौ तर नेतृत्व साम्प्रदायीक बिभाजनलाई बढावा दिने प्रयत्न गर्दैछ जसले गर्दा उनको चित्त दुख्यो ।  लामो समय सम्म पार्टीमा संगठीत भएर काम गर्दा उनले कुनै स्वार्थ ब्यक्त गरेकी थिइनन । केही मागीनन पनि । ब्यूटी पार्लर चलाई सामाजिक संस्था चलाएर दुई पैसा आम्दानी गरेर महिला मंच चलाईन । मंचको अगुवाईमा धेरै महिलाहरुलाई सिलाई कटाई तालिम दिलाएर आत्म निर्भर बनाइन । उनलाई संगठनमा आवद्द हुदाको लामो समय सम्म मानसम्मान पाएको अनुभव भएको थियो । तर पछिल्लो समयमा पार्टीको ब्यवहारले उनको राजनीतिक जीवनप्रति गम्भिर प्रश्न उठाईदिएको छ । उनलाई लागेको थियो पहाडी होस की मधेशी मधेशमा जन्मे पछि सबै मधेशी हुन जस्तो लागेको थियो तर आफै संगठीत पार्टीको ब्यवहारले उनको मथिङ्गललाई हल्लाइदिएको छ । 
    

लामो समयको राजनीति जीवन सदभावना हुदै राजपामा पुगेकी घिमिरेले पार्टी त ब्यपार जस्तो ठान्ने अवस्था सृजना भएछ । त्यो ब्यापारमा मैले अंकको कुरा गरिन कति चाहिन्छ लाख करोड कति करोड ?भनेकी थिए तर मैले पैसाको कमीले तिम्रो भएन भन्न नआउ समेत भनेकी थिए । तर त्यत्रो अफर गर्दा पनि अवसर मैले पाइन । पार्टीले जसलाई दिएको छ त्यो पनि पैसामा नै दिएको हो । पैसा चाहिने भएकोले पनि मुटुमा ढुङ्गा राखेर मैले पनि पैसा दिन्छु भन्नु परेको हो उनले स्पष्ट पारिन । पार्टी मेरो नै थियो नी, पार्टीले मूल्याकंन नगरेकोले जुन बिधि पार्टीले अप्नायो मैले पनि त्यही अफर गरेकी हु । पार्टीको  कामै खरिद बिक्र्री गर्ने  भएपछि म संग अर्को बिकल्प पनि थिएन । तर मूल्याकंन नगर्ने पैसा आफनो इमान बेच्नेका वीचमा रहनुको आवश्यकता पनि छैन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.