logo

राजनीतिले घर बिग्रयो ,टाउकोमा चोट छदैछ: महिला नेतृ साह

      11/14/2017 गते 00 00 मा प्रकाशित     2101   पटक पढिएको


प्रहरीले  हानेको लाठीले लागेको चोट देखाउदै उनले भनिन “हाम्रा घाउका खाटाहरु पनि बसीसकेका छैन टिकटहरु भने पैसावालालाई दिइयो ” । मधेश आन्दोलनका बेला सबैभन्दा अघिल्लो पंक्तिमा देखिने आन्दोलनकारी महिला रेखा साहको भनाई हो यो । आन्दोलनमा लागेर उनले पाएको केही छैन गुमाउनलाई बाँकी पनि केही रहेन । रहर लाग्दो परिवार एक रहन सकेन । राजनीतिकै कारण श्रीमानसंग उनको सम्बन्ध दिगो रहेन । 

०६२/०६३ को आन्दोलनमा साहका श्रीमान श्रीमती सगै आन्दोलनमा उत्रिए । मधेशी जनताप्रतिको बिभेद बिरुद्धको बिद्रोहलाई परिणाममा पु¥याउने अभिलाषा थियो । त्यो त पुरा भएन भएन । अनेकौ समस्याहरु आए । त्यसमा पनि आन्दोलनको मोर्चामा संगै रहेकाहरुको ब्यवहारले दुखीत बनायो उनलाई ।

मधेशी जनअधिकार फोरमको पहिलो बिभाजन पछि उनी भाग्यनाथ गुप्ताको पार्टीमा लागिन । श्रीमान केदार साह जिल्ला अध्यक्ष उनी महिला फोरमको जिल्ला अध्यक्ष । हामीले राम्रै गरेका थियौं उनी अतितलाई सम्झिन थालीन । त्यतीबेला भाग्यनाथ गुप्ताले आफना श्रीमानलाई “तिम्रो श्रीमती नेता भएपछि तिम्रो कुरा मान्दिन भनेर उकासेको सुनीन । त्यतीवेला देखी श्रीमानले आफूलाई शंकाको नजरले हेर्न थालेको उनले बताइन ।  

कहिले जिल्ला प्रशासन कहिले जिल्ला प्रहरी जनता र खासगरि महिलाहरुको कामलिएर जानु पर्ने राजनीतिमा लागेको मान्छे जनताको काममै लाग्ने त होनी तर श्रीमानलाई चित्त बुझेन । म राजनीतिक कर्मबाट पछि फर्कन नसक्ने उहाँ मलाई बिश्वास नगर्नेे भएपछि घर परिवार बिग्रयो । त्यसपछि किशोरी यादवको सहयोगमा उनी लोकतान्त्रिक फोरममा लागिन । लोकतान्त्रिक फोरम पनि संग्लो रहेन ।

उनी शरत सिहं भण्डारीले खोलेको रामसपामा लागिन । तर त्याहा पनि उनले राम्रो वतावरण पाउन सकिनन । रामसपाका हर्ताकर्ता थिए राजेशमान । उनको ब्यवहारले रेखा त्यहा बस्ने बतावरण बनेन । मधेशका सबै पार्टीमा सहभागि भएकी रेखालाई बिरक्त पनि लाग्यो उनी निष्क्रिय बस्न थालिन । लालाबाला पालन पोषनको दायित्व त थियो नै । 

सन्तोष पटेल,ओमप्रकाश सर्राफ,पुरुषोत्तम दुवे ,इश्वर यादवले आएर फेरी राजनीतिमा सक्रिय हुनकालागि पहल गरे त्यस पछि उनी सदभावना पार्टीमा लागिन । त्यहा पनि उनी महिला मंचको जिल्ला अध्यक्ष भइन । राजेन्द्र महतोले शुरुमा आफूलाई छोरी जस्ती छ अगाडि बढाउनु पर्छ भनेका थिए । तर राजनीतिमा राजेन्द्र  बेइमान मान्छे रहेको उनले सुनाइन । 

मधेशका हरेक आन्दोलनमा लाठा बोकेर प्रहरी बुट लाठी बन्दुकको प्रवाह नगरि अग्रभागमा रहने साहको प्रहरीसंग परेको झडपमा हात भाच्चियो । भाच्चिएको हात समाएर राजेन्द्र महतो उनकी श्रीमतीले साहसंग तस्विर समेत लिएका छन । आफना लालाबाला लिएर नाकाबन्दीताका मितेरी पुलमा कैयौ रात बिताईन । आन्दोलन र पार्टीमा कसैको भन्दा कम भूमिका नभएकी रेखाको पार्टीमा मूल्याकंन चाही भएन । आन्दोलनमा नदेखिएकी रम्भा मिश्रले बीरगंज महानगरको टिकट पाउदा उनलाई राजनीतिक नेतृत्वप्रति बितृष्णा नै जागेर आयो ।

श्रीमानसंगको सम्बन्ध बिच्छेद, लालाबालाको पालन पोषण,राजनीतिमा क्रियाशिलता हारेको क्षण ,सहकर्मीहरुले दिएको अपमान र धोखाले उनलाई पोल्यो । पार्टी आफैले न्याय गर्न सक्दैन आफना कार्यकर्तालाई भने त्यो पार्टीले जनताको सुख सुविधाकोलागि केही गर्न सक्दैन । उनले यसो भन्दै गर्दा उनका आँखा रसाएका थिए ।

गला अवरुद्ध भएको थियो । उनले आफूलाई सम्हालीन एमाले माओवादीको तर्फबाट चुनाव लडन प्रस्ताव नआएको होइन । तर उनको निष्ठाले दिएन । त्यही एमालेका बिरुद्ध आन्दोलनको अग्रभागमा रहेको म टिकटकै लागि एमालेमा गईहाल्ने आँट गर्न सकिन उनले भनिन ।

टिकट बितरणमा महन्थ ठाकुर बाहेकका नेताहरुले १२/१२ लाख रुपैया लिएको उनले खुलासा गरिन । पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले ६ लाख रुपैया लिएर दिल्ली गएको उनले बताइन ।ओमप्रकाश सर्राफ,सन्तोष पटेल र सुरेश गुप्ताले ५०/५० हजार रुपैया लिएर घुम्न गए । रम्भा मिश्रले आफूले चुनाव जितेपछि उनीहरुको कार्यालयमा इन्र्भटर लगाउने बचन दिएकी थिइन ।

“जित्नेके बाद सब सुविधा देंगे” मिश्रले भनेको उनले सम्झिइन । उनी पार्टीभित्र बिमल श्रीवास्तवले टिकट पाउनु पर्ने कुराको लविङ गर्दै थिइन । राजेशमान टिकट पाएपछि फेरी निष्क्रिए भएकी रेखा नमस्कार छापमा फेरी सक्रिय भइन । मिश्रले पनि टकट पाएपछि रेखालाई सहयोग गर्न आग्रह गरेकी थिइन । खर्चवर्च ब्यवस्था समेत गर्छु भनेकी थिइन मैले उनको प्रस्ताव अस्विकार गरे रेखाले भनिन ।  अहिले मिल श्रीवास्तव संघीय समाजवादी पार्टीमा प्रवेश गरेपछि  रेखा साहले 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.