logo

सामाजिक सदभावलाई बिन्यास हुन दिन्न -उम्मेदवार गुप्ता

      11/24/2017 गते 00 00 मा प्रकाशित     2145   पटक पढिएको

नेवार समुदायमा कन्या रजस्वला हुनुभन्दा अगाडि बेलविवाह गर्ने प्रचलन छ । नारायणको प्रतीक बेलसँग विवाह गरिसकेपछि गुफा बस्ने काम गरेमा राम्रो हुने धार्मिक विश्वास रहिआएको हुँदा नेवार समुदायका कन्याको बेलसँग विवाह गर्ने प्रचलन रहेको हो।

शास्त्रीय विधानअनुसार रजस्वला नहँुदै नारायणको प्रतीक बेलसँग विवाह गर्ने चलन परम्परादेखि नै रहिआएको सामाजिक अगुवाहरु बताउछन ।  बीरगंजको माइस्थान मन्दीर अगाडि  मंसिर ६ गते इही शुरु भयो र ७ गते सकियो ।  

अरुवेला भन्दा यसपटक वेलबिवाहको महोल पनि अर्कै बन्यो । सम्विधान जारी भएपछिको पहिलो आम निर्वाचनको संघारमा भएको वेलबिवाह चुनावमय पनि भयो । बीरगंज आफैमा बिविध संस्कृतिको विविधताले भरिपूर्ण छ । नेपालका सबै ठाउमा एक समुदायको संस्कृति अर्को समुदायले पनि उत्तीकै आदरभावका साथ ग्रहण गर्ने भएकोले सामाजिक एकता अदभूत छ ।

त्यसैको एउटा नमुना बेलविवाहमा पनि देख्न पाइयो । त्यो आकर्षणका केन्द्र थिए वामगठबन्धनको तर्फबाट पर्सा चुनाव क्षेत्र नं १ को “ख”का प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ता ।

बीरगंजका रैथाने गुप्ताको साथीसंगी नेवार समुदायका पनि थुप्रै छन । त्यही संगतकै कारण उनले नेपाल जेसीजको राष्ट्रीय उपाध्यक्षको नेतृत्व सम्हाले । बीरगंजको नेवार समुदायसंगको संगत नभएको भए गुप्ताको जेसीज यात्रा यसै हुन्थ्यो भन्न सकिन्नथ्यो ।

त्यसैले त होला सामाजिक कर्म, अ‍ैचो पैचोमा गुप्ता र उनका साथीहरुको ब्यवहार अनुकरणीय देखिन्छ । आफनै साथी उम्मेदवारको रुपमा आउदा उनका साथीसंगी पनि उत्साहित छन । हामीमा उमंग आएको छ आफनै साथी उम्मेदवार भएकोले हाम्रो दुःख सुखको कुरा बुझ्ने मान्छे भएकोले ठिक लागेको छ उनका एक साथीले भने । 

 बीरगंजमा मधेश आन्दोलन हुदा सामाजिक रुपमा रहेको एकतामा ठुलो दरार आयो । मनोबिज्ञान त्रसित बन्यो । एकै आँगनका छिमेकी एकले अर्कोलाई हेर्दा संशयका नजरले हेर्ने अवस्था थियो । कहिले काही अवान्छीत तत्वले घरका ढोका हानेको सम्झनेहरु अहिले पनि बीरगंजमा छन ।

सुरक्षीत थाँतथलो खोज्दै हामी त हिड्यौ भन्ने पनि छन । यही अवस्थामा एकले अर्कोलाई मजवुत साथ दिनेहरुको पनि कमी थिएन । सदभाव बिगार्न खोज्नेहरु जति थिए त्यो भन्दा बढी जोगाउन खोज्नेहरु पनि थिए ।

यही माटोमा जन्मी हुर्की बढेको साथी संगी र दौतरीहरुको मनमा त्यस्तो बिभेद थिएन । थियो त केवल माया प्रेम  । यही मध्यका हुन थिए गुप्ता पनि । त्यसैले त होनी वेलविवाहको पावन कर्ममा मुल पुरोहितले गुप्ताको निम्ति पूजा गरे बिजय पाउनु भन्दै उनले गरेको पूजा अर्चनाले पनि हाम्रो समाजको एकताको सुत्रलाई देखाउछ ।

म सदभावको सेतु नै हु उम्मेदवार गुप्ता भन्छन । हाम्रो समाज सप्तरंगीपूर्ण छ । याहा हामी जो छौ सबै छौ यो सबै नै हाम्रो समाजको सौन्दर्यता र शक्ति हो ।  यसलाई बिन्यास हुन दिने पक्षमा आफू नरहेको  गुप्ताको भनाई  छ ।    उनकोलागि मुल पुरोहितले पूजा गरिरहदा उनका अग्रज र साथीहरुपनि उत्साहका साथ संगै थिए ।

मोहन प्रधान,रामश्रेष्ठ,गणेश श्रेष्ठ,अमित श्रेष्ठ संदीप श्रेष्ठ,प्रविण मान्नधर ,दीपक शम्भू बिनोद मान्नधर लगायतको सहभागिता रहेको थियो । पुराना दिन ताजा भए जनमत लिएर जनताको सेवा गर्न साथी हिडेकोमा आफूहरु खुशी रहेको उनीहरुको प्रतिक्रिया थियो ।

नेकपा एमालेका तर्फबाट चुनाव क्षेत्र नं १ को प्रदेश सभा “ख”का उम्मेदवार गुप्ताको सामाजिक जवीनमा रहेको संलग्नताले उनलाई जनताकोवीचमा प्रिय बनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.