logo

छाताले “ठोरी”लाई ओत देला ? प्रमुख मुद्धा के हुन्छ ?

      12/14/2017 गते 00 00 मा प्रकाशित     2834   पटक पढिएको

सुदिप थापा 

ईतीहासमा पहिलो पटक ठोरी क्षेत्रको संसदमा प्रतीनिधित्व फरक पार्टिले गर्दैछ । पर्सा क्षेत्र नं ४ बाट राष्ट्रिय जनता पार्टिका उमेद्वार लक्ष्मणलाल कर्णले जित हात पारेका छन्। उनले नेपाली काग्रेशका रमेश रिजाल र बाम गठबन्धनका उमेद्वार उर्मीला अर्याललाई हराउदै आफुले जित हासील गरे । उनको जित संगै ठोरी गाँउपालीका भित्रका जनतामा गहिरो अन्योलताले स्थान जमाएको छ । पर्सा क्षेत्र नं ४ मा रहेको ६ गाँउपालीका मध्य अन्तीम र हरेक कोणबाट पछाडी परेको भनीदै आईरहेको गाउँपालीका हो “ठोरी गाँउपालीका “ जहाँ ९५ % नागरीक पहाडीया समुदायका समाज बसोबास गर्दछन् । यस स्थानबाट बिजयी बनेका कर्णलाई बिशेहष ठोरी गाँउपालीकाको भोट भन्दा पनी अन्य गाँउपालीक मतले बिजयी गराएको हो भन्दा फरक पर्दैन । पछिल्लो समय मधेश आन्दोलनपछि मधेशी समुदाय र पहाडीया समुदायमा केहिन केहि तिक्तता आएको सबैले स्विकार गर्नै पर्छ । जहाँ देशभर गठबन्धनको लहर आउदा अझ भनौ यो क्षेत्रमा गठबन्धनको मत केहि बलीयो ( पुरानो चुनाबको आधारमा) रहदापनी झिनो मतमा खुम्चिन पुग्यो । यो क्षेत्रमा गठबन्धनबाट अन्तरधात भएकै हो भन्दा फरक पर्दैन ।प्रतिशपर्धामा रहेको काग्रशको पनी केहि लागेन । यसका कारण हरु राजनैतीक पार्टिहरुलेनै समीक्षा गरुन । बिजयी उमेद्वारले ठोरीको मुद्धालाई के गर्लान भन्ने मुख्य चिन्ता हो ।

प्रमुख जनताका मुद्धा के हुन्छन् ।

लामो समयबाट बस्ती बसेपनी ठोरी गाँउपीलीकाले कहिले बिकासको राम्रो अनुभुती गर्न पाएन । जिल्ला बाट जती दुरीमा यो स्थान रह्ययो जिल्लाको माया पनी त्यतीनै दुरीमा परीरह्यो । तरपनी ठोरी क्षेत्रका जनता समृद्धको आशबाट भने बिचलन भै सकेका छैनन् ।ठोरीलाई माया गर्ने र यहाँको जनतको भावना बुझ्दै प्रतिनिधित्व गर्ने मौका यसपटक फरक पार्टिले पाएको छ । यहांको प्रमुख मुद्धाहरुलाई पक्कैपनी बिजयी उमेद्वारले पहलकदमी गर्ने छन् वा छैनन् भन्नेमा फेरी एकपटक ठोरीका जनताको मतिष्कमा शंका उत्पन्न भएको छ । खास गरी सामान्य पुर्बधारको तिब्र बिकाश ,पर्यटन बिकाश , सिमाकंन संरचना र राज्यले भनीराखेको नाका बिस्तारनै ठोरीको जनताको प्रमुख मुद्धा रहदै आएको छ । यहाँको समाजको रितीरीवाज , भाषा ,सस्कृती भुगोल सबैजसो समानता चितवन संग भएकाले यहाँका जनता पटक -पटक प्रदेश नं ३ सहितको चितवनमा समयोजन हुनकालागी कहिले आन्दोलन त कहिले अभियान चलाईरह्का छन् । यस गाँउपालीकालाई प्रदेश नं ३ मा समायोजन गर्नकालागी गाँउपालीकाको पहिलो बैठकले नै यो मुद्धा केन्द्रमा सिफारीस गर्ने निर्णय समेत गरीसकेको छ । यो स्थानसमेत रहेको क्षेत्र नं ४ बाट राजपाका लक्ष्मणलाल कर्णले जित हासील गरेपछि यो मुद्धालाई सहयोग गर्छन कि गर्दैनन् भन्ने यहाँको जनताको मुख्य चिन्ताको बिषय बनेको छ । यस्तै नाका बिस्तारको मुद्दालाई पनी बिजयी सासंदले कतीको प्रथामीतामा पार्लान भन्ने अर्को चिन्ताको बिषय हो । यस्तै अब सांसदसगं समग्र ठोरीको सकरात्मक मुद्धको लागी स्पर्ष गर्दै अगाडी बढ्न सकिन्छ की सकिदैन भन्ने मुख्य पाटो हो । आशा गरौं बिजयी उमेद्वारले यो स्थानलाई महत्वपुर्णको साथ नियाल्ने छन् । एउटा राजनैतीक ब्यक्तीलाई त्यस क्षेत्रको भोट संग मुख्य ख्याल हुन्छ ठोरीमा उनको र रजपा पर्टिको बास्तबिक भोट कती छ भनेर सायद अनुमान गरे होला । यसले भोलीको राजनीतीलाई के असर गर्छ भन्ने बिश्लेशण पक्कै पनी गरीएको छ । राजपाको राजनीतीलाई भोली ठोरी गाँउपालीकाकै भोट टाउको दुखाईको बिषय बन्न सक्छ । जसकारण पनी उनले ठोरीको प्रमुख मुद्धालाई साथ दिनेछन् । 
आशा गरौं , जितको शुभकामना ।एसएनएम श्रेष्ठको फेसबुक पेजबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.