logo

आधुनिक मधेशमा मिथिला छैन

      2/24/2018 गते 00 00 मा प्रकाशित     1659   पटक पढिएको

डा.सि.के.राउत

राजा जनक, सीता र रामायणमा जानु अगाडी पहिला शुरु गरौं प्रामाणिक इतिहासबाट, अर्थात् जतिबेलासम्म वैज्ञानिक रुपमा प्रमाण, शिलालेख, कार्बन डेटिंग आदि द्वारा साबित गर्न सकिनछ।

कथित “मिथिला क्षेत्र”को वैज्ञानिक इतिहास करीब २५०० वर्ष अगाडि वृजि(संघको उदयबाट मात्र मात्रै प्रारम्भ हुन्छ। त्यतिबेला विदेह वा मिथिला थिएन, बरू मधेशमा वृजि र मल्ल गणतन्त्र लगायत काशी र कोसल राज्य थियो। वृजि(संघ पछि त्यो क्षेत्र मगध साम्राज्य (हर्यंक, शैशुपाल, नंद, मौर्य, शुंग, काण्व, आन्ध्र, गुप्त, पुष्यभूति आदि) को हिस्सा रह्यो, त्यसपछि बंगाली राजाहरू (पाल, सेन, कर्णाट वंश आदि), मुस्लिम शासक (तुगलक, सैय्यद, लोदी, मुगल आदि) र अंग्रेजहरूको अधीन, र वर्तमानमा नेपाल तथा भारतको अधीन। कहिले पनि छुट्टै मिथिला र त्यसको स्वतन्त्र शासक थिएन।

प्रायस् उदाहरण दिइने सिम्रौनगढका कर्णाटवंशीय राजालाई पनि मिथिलाको मान्न सकिन्न, सिमरौनगढ़ भोजपुरी क्षेत्र भित्र पर्दछ।त्यसका अलावा, सिम्रौनगढ़ राज्य निकै नै विशाल थियो, कहिलेकाहीं नेपाल उपत्यकासम्म पनि। दक्षिण भारतबाट आएका कर्णाटवंशका संस्थापक नान्यदेवले बंगालका राजालाई हराएर बंगालका राजा भएका थिए, जसभित्र कथित ‘मिथिला क्षेत्र’ पनि पर्दथ्यो। सिम्रौनगढपूर्व उनले नान्यपुरीलाई राजधानी बनाएका थिए।

त्यस्तै नेपाल एकीकरण समयको कुरा गर्ने हो भने त्यतिबेला मधेशमा मकवानी सेन वंशीय राजा थिए, “मिथिला(क्षेत्र” भारतमा पर्थ्यो जहाँबाट बादशाह अकबरले कर उठाउन पंडित महेश ठाकुरलाई ई। १५७७ मा नियुक्त गरेको थियो, उनी मधुबनीको राजग्राममा बस्थे। त्यस ूखांडवालू वंशद्वारा कर वसूली गर्ने “मिथिला क्षेत्र” भारतमा थियो, वर्तमान मधेशमा होईन। मधेशमा आफ्नै सेनवंशीय राजा थियो, मेची देखि महाकाली सम्मको वर्तमान भूभागबाट यिनै सेन(राजाहरुले कर उठाउथे, यो मिथिला (दरभंगा राज) अन्तर्गत पर्दैनथ्यो।

भने पछि, पूरै प्रामाणिक वैज्ञानिक इतिहासमा कम(से(कम आधुनिक मधेश (मेची देखि महाकाली सम्मको वर्तमान भूभाग) मा कहाँ छ त मिथिला ? तपाईं आफैं देखाउनुहोस्। मिथिला राज दरभंगामा थियो, मधेशमा होइन। म मिथिला राज र मैथिली भाषा दुईटैलाई धेरै सम्मान गर्छु, तर त्यो आफ्नो ठाउँमा हुनुपर्छ, दरभंगाबाट ल्याएर मधेशमा लादिनु भएन।

“पृथ्वीनारायण शाह हवाईजहाज उडाउँदै एउटी एक्ली नारीलाई लिएर उडे। श्रीलंका तिर आक्रमण गर्दा पूरै समुद्र सर्लक्क एउटै घूटमा नै पिएर सुकाई दिए। उसले लामखुट्टे बनेर समुद्र राजाको मुखभित्र छीरे र पेटभित्र तलवारले काटे र फेरि मनुष्य रुप धारण गरे। उसले ढुंगामा स्पर्श गरेपछि त्यो ढुंगा नारीमा परिवर्तन भयो। उसले पृथ्वीनारायण शाहलाई १००० वर्षको श्रापबाट मुक्ति दिलाएकोमा धन्यवाद दिइन्। तिब्बत विजय गर्न जाँदा बीचमा रहेका अग्ला(अग्ला हिमाल पहाडलाई क्वाप्प एकै गाँसमा खाई दिए र पूरै भूलोक नै समतल बनाई दिए। त्यसपछि तिब्बतको राजाले लेखेको पूरै पत्रपढेर सेनापति भालुले सुनाए। बाँदर सेना पत्र सुनेर गदगद भए। त्यसपछि एक हजार ८१ वर्ष पृथ्वीनारायणले शासन गरे। अन्तमा स्वर्गबाट देवता विमान लिएर आए र जिउँदै स्वर्गलोक पधारे”। 

के यो इतिहास हो ? प्रामाणिक इतिहास यस्तो हुँदैन। कथा यस्तो हुनसक्छ, साहित्य हुनसक्छ, श्रुति हुनसक्छ तर प्रामाणिक इतिहास यस्तो हुँदैन। रामायण पाठ म पनि गर्छु, सम्मान गर्छु, त्यो निजी आस्था हो, तर रामायण इतिहास होइन। रामायणलाई इतिहास मान्ने हो भन्ने माथिका उटपट्यांग कुरा पनि मान्नै पर्ने हुन्छ, किनकि रामायणमा त समुद्र पिउने, सुकाउने, लामखुट्टे बनेर पेट भित्र छिर्ने मात्रै हैन कस्ता कस्ता कुराहरु छन्। जसरी कुनै कथा उपन्यास लेख्दा केही कुरा वास्तविक जीवनका मिल्न पनि सक्छन्, त्यस्तै रामायणमा उल्लेख केही नाम र घटना मिल्न पनि सक्छन्, तर रामायण इतिहास होईन। हो, हामी भावनात्मक छौं, भावनात्मक रुपमा रामायण सँग हाम्रो यति घनिष्ठ सम्बन्ध छ, कि हामी त्यसलाई नकार्न सकिराखेका छैन्, तर यर्थाथ तीतो हुन्छ र त्यो तीतो सत्य के हो भने रामायण इतिहास होइन। यदि भयो भने, हामीले माथि लेखिएको पृथ्वीनारायण शाहको इतिहास पनि मान्नु पर्ने हुन्छ, उसले पनि लामुखुट्टेको रुप धारण गरेर राक्षसको पेटमा छिरेर तोप हानेको स्वीकार्नु पर्ने हुन्छ, उसले पनि समुद्र पूरे पिएर सुकाएको मान्नु पर्ने हुन्छ ।

अनुश्रुति भनेको प्रामाणिक इतिहास होइन। कथा साहित्य श्रुति अर्थात् सुनेका कुरा हुन्, जसमा ढुंगा पनि मान्छे बनेर उठछ, नारद मुनि तीनै लोकको भ्रमण गर्छन्, लामखुट्टेले पूरै समुद्र पिइ दिन्छ ।।।आदि। त्यही कथा अनुश्रुतिलाई आधार मानेर ।

नभए यिनीहरुले कहिले ब्रह्माको मुख र खुट्टाबाट बच्चा जन्माउँछ, कहिले आगोबाट बच्चा जन्माउँछ, कहिले हावाबाट, कहिले कमलकै फुलमाथि आकाशबाट खसेको भन्छ, र अहिले ूवशिष्ठ ऋषिको श्रापबाट देह बिहिन भएका नीमिको शरीर मंथनबाट उत्पन्न मिथिू भनेर मिथक कथाकहानी फैलाई रहेको छ, त्यसलाई मिथिलाको इतिहास भनेर स्वीकार गरिदिनुपर्ने रु

तैपनि अनुश्रुति काल (कथा) कै कुरा गर्ने हो भने  वैवस्वत मनु मध्यदेशका प्रथम राजा थिए। उनको छोरा इक्ष्वाकु भए, इक्ष्वाकुको निमि र निमिको छोरा मिथि। त्यही मिथिले मध्यदेशको एक क्षेत्र आफ्नो पूर्वजबाट राज्य गर्न पाएका मात्र हुन् र त्यो क्षेत्र मिथिलाको नामबाट परिचित भएको हो।

अर्को कुरा कथाकै मिथिलामा जनकहरूको राज्य हुँदा पनि त्यो प्राय स्वतन्त्र राज्य थिएन, मध्यदेश अन्तर्गत नै थियो र त्यसको आधिपत्य स्वीकारेको थियो। मध्यदेशका मान्धाता, हरिश्चन्द्र, सगर, रघु र दशरथ जस्ता चक्रबर्ती सम्राटहरूको समयमा कथित मिथिलाका जनकहरूको राज्य स्वतन्त्र थियोरु दाशरथि रामदेखि सम्राट दुर्योधन र युधिष्ठिरसम्म कै पालासम्म के मिथिला स्वतन्त्र थियो, कि मध्यदेशकै सम्राटहरूको आधिपत्यमा ?


जानकी मन्दिर देखाएर ब्लैकमेल गर्नेहरूका लागि

मेरो सपनामा हनुमानजी आएर कोशी नदी पहाडबाट निस्केको ठाउँमा गएर हेर्नु, त्यहाँ जुन पहिलो ठूलो ढुंगा भेटाउँछौ, त्यही नै म जन्मेको हूँ, त्यहाँ मेरो मन्दिर स्थापना गर, भनेर भन्यो र मैले त्यहाँ गएर ९ लाखको हैन ९ अर्बको भव्य मन्दिर बनाइ दिए, त्यसठाउँको नाम ुहनुमानपुरु राखिदिए, भने त्यसले हनुमानजी त्यही जन्मेको साबित हुन्छ, त्यसले हनुमानजीको अस्तित्व थियो भनेर साबित हुन्छ ?

नभए मधेशको एकठाउँमा जंगल भित्र आएर १०० वर्ष अगाडि कसैले ९ लाखको मन्दिर बनाउँदैमा र यस ठाउँको नाम “जनकपुर”राखि दिँदैमा“सीता”भन्ने व्यक्ति कथित त्रेता युगमा थियो, मिथिला राज यहीं थियो, भनेर साबित कसरी हुन्छ ? के १००० वर्ष अगाडी यस अहिलेको ठाउँको नाउँ “जनकपुर”नै थियो ?(त्यसो भए तो चन्द्रशमशेरको नामबाट आएको “चन्द्रनिगाहपुर”पनि १००० वर्ष अगाडि देखि आएको मान्नु पर्ने हुन्छ )।

त्यसैले जनकपुरको जानकी मन्दिर देखाएर इमोशनल ब्लैकमेल गर्दै कति न पुरानो ऐतिहासिकता साबित गर्न खोज्नेहरूले के याद गर्नुपर्यो भने त्यो मन्दिर त भारतको टिकमगढका महाराज प्रताप सिंहकी पत्नी रानी वृषभानु कुँवरद्वारा वि.सं.१९५२ मा, यानि केवल १०० वर्ष अगाडि, मात्रै शिलान्यास गरेर बनाइएको हो। त्यसपूर्व महात्मा सुरकिशोरदासले जानकी जन्मस्थल किटान गरे पछि उनलाई मधेशको राजा माणिकसेनले वि।सं। १७८४ मा रामजानकी मन्दिरका लागि १४०० बिघा जमीन उपलब्ध गराएको थियो, कुनै मैथिल जमीन्दारले हैन। यसको त ऐतिहासिक दस्तावेज र विर्तापत्र जानकी मन्दिर मै पनि छ, केही शिलालेख राममन्दिर भित्र अझै छ, यो नेपाली इतिहासमा समेत स्थापित तथ्य हो। अहिले चिनिने जनकपुर क्षेत्र यदि मिथिला राज ९दरभंगा राज० को भएको भए, यो भूमि दरभंगा राजाले उपलब्ध गराउँथ्यो, मधेशको राजा माणिकसेनले हैन। यसले साबित हुन्छ अहिले जनकपुर नामबाट चिनिने क्षेत्र त्यतिबेला मिथिला राज भित्र पर्दैनथ्यो, मधेश भित्र पर्दथ्यो।

जानकी मन्दिर भन्दा बढ़ी पुरानो, प्रामाणिक र ऐतिहासिक त मधेशी सेनराजाका दरबारहरू वा तिनीहरुद्वारा स्थापित विभिन्न राजदेवी मन्दिर र शक्तिपीठहरू छन्। नेपाली शासकहरूद्वारा मधेशको इतिहास अज्ञात राख्ने षडयन्त्र स्वरूप न तिनीहरू उपेक्षित हुँदै आएका हुन् वा जीर्ण तथा ुसानोु हुनाले नै न मधेशीहरूको ध्यान त्यतातिर नगएको हो।

कथा र इतिहास अलग कुरा हुन्, आस्था र यथार्थ अलग कुरा हुन्। आस्था, कथा, कहानीलाई इतिहास मान्ने भूल नगरौं।

डा.राउतको फेसबुकबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.