logo

विदेशी एजेण्डाको ल्याण्डमाइन माथि नेपाल

      3/26/2018 गते 00 00 मा प्रकाशित     1664   पटक पढिएको

राजकुमार रेग्मी

अब नेपालमा केके हुन्छ ? सरकार सरर चलिरहन्छ ? शान्ति र स्थिरता भइरहन्छ ? साँच्चै नै समृद्धिको बाटोमा देश जान्छ ? यस्ता प्रश्न उठाइनुका कारण छन् । 

संविधान बन्यो, चुनाव भयो, अहिले बहुमतको सरकार छ । एउटा लोकतान्त्रिक देशमा हुनुपर्ने यही हो । आजको विश्वमा प्रगति र उन्नति गर्न चाहिने न्यूनतम आधार यही हो । तैपनि हामी शंकापूर्ण प्रश्न उठाउन बाध्य छौं– सरर सरकार चलिरहन्छ ? शान्ति र स्थिरता भइरहन्छ ? 

आयातित विचार

व्यापार घाटामा चलिरहेको देश हो नेपाल । नेपालको निर्यातभन्दा आयात कैयौं गुणा धेरै छ । सामान आयात धेरै भएकोले नेपालको यो बेहाल भएको होइन । अनावश्यक र अनियन्त्रित रुपमा विचार आयात भएकाले नेपालले भोग्नसम्म दुर्गति भोगिसकेको छ र भोगिरहेको पनि छ । व्यापारमा हुने घाटा पूर्ति गर्न सकिन्छ, तर, विचार आयातबाट हुने क्षतिलाई पूर्ति गर्न सजिलो छैन ।

विचार आयातलाई अर्काे शब्दमा एजेण्डा आयात पनि भन्न सकिन्छ । विचार तथा एजेण्डा आयात गर्ने, त्यस्ता विचार एजेण्डालाई जबर्जस्ती नेपालीकरण गर्ने काम वर्षाैंदेखि भइरहेछ । आयात गरेर जबर्जस्ती नेपालीकरण गरिएका विदेशी एजेण्डाहरुले देशलाई स्थिर बन्न नदिने ठूलो खतरा दृष्टिगोचर हुन्छ ।

प्लान ‘ए’ र ‘बी’

यो सत्य हो– नेपालको राजनीतिक स्थिरता उपर देशभित्रैबाट खतरा छ । तर, सत्य यतिमै सीमित छैन । यो सत्यको अन्तर्यमा पनि पसेर हेर्नुपर्छ । देशभित्र सर्वत्र नेपालीकरण गरिएका विदेशी एजेण्डाहरुको ल्याण्डमाइन विच्छ्याइएको छ । जात, थर, धर्म, लिङ्ग, गाई, सुँगुर, बंगुर, राँगा, हाँस ‍‍....... अनेक खालका ल्याण्डमाइन विच्छ्याइएको छ । यस्ता ल्याण्डमाइनको रिमोट कन्ट्रोल विदेशीको हातमा छ । उताबाट विदेशीले रिमोट दबाउँछन्, यता नेपालमा तमासा सुरु हुन्छ ।

तसर्थ, राजनीतिक अस्थिरता र अशान्तिका लागि देशभित्रकै कारणहरु जिम्मेवार जस्तो देखिए पनि त्यसको जरा विदेशतिर हुने गरेको छ । 
नेपाललाई स्थिर संवैधानिक राजनीतिक बाटोमा जान नदिन अनेक एजेण्डाका ल्याण्डमाइन विष्फोट गराइएको हामीले विगतमा देखेभोगेकै हौं । त्यस्ता ल्याण्डमाइन छल्दै र प्रतिरोध गर्दै स्थिर संवैधानिक बाटोमा नेपाल गयो । फलतः विदेशी योजनाकारहरु र तिनका स्वदेशी कारिन्दाहरुको प्लान फेल खायो ।

चुनाव भयो, सरकार बन्यो, राज्यका अवयवहरु अब स्वचालित हुन थाले । नेपालमा समस्या र द्धन्दको खेति गर्ने प्लान ‘ए’ फेल भइसक्यो । अब प्लान ‘बी’ ल्याउँछन् । नेपाल स्थिर बाटोमा गयो भने के गर्ने भन्ने प्लान ‘बी’ उनीहरुसँग नहुने कुरै भएन ।

प्लान ‘बी’ का सम्भावित स्वरुपहरु

आज विश्वका कुनै पनि ठाउँमा भइरहेको कुनै पनि किसिमका द्धन्द, अस्थिरता र अशान्तिका लागि स्थानीय कारण मात्र जिम्मेवार छैनन्, वाह्य कारण पनि जिम्मेवार छन् । झन, नेपालको त कुरै भएन । 

नेपालमा विदेशीले एनजीओलाई पैसा दिन्छ, खुलेआम दिन्छ । एजेण्डा पनि दिन्छ । त्यो पैसा र एजेण्डा बोकेर एनजीओले आन्दोलन गर्न पाउँछ । अनि, त्यस्तो एनजीओसँग सरकारले झुकेर सम्झौता गर्छ । सम्झौता कार्यान्वयन गर भनेर विदेशीले खुलेआम सरकारलाई दवाब दिन्छन् । यस्तो लाजमर्दाे तमासा हामीले अनेक पटक भोगिसक्यौं । 

विदेशी एजेण्डा र पैसाले नेपालका विभिन्न चेतना, विभिन्न वर्ग, जाति, थर, धर्म, लिंग तथा क्षेत्रका धेरै मानिसको दिमागलाई फरकफरक तरिकाले प्रदूषित बनाइदिएको छ । उत्तेजना, हिंसा, अराजकताको पक्षमा लाग्न धेरैको ‘ब्रेन वास’ गरिएको छ । 

नेपाली समाजमा उत्तेजना कसरी फैलाउने, उत्तेजनालाई नेपालको स्थिरता विरुद्ध कसरी प्रयोग गर्ने, नेपाली समाजलाई कसरी विभाजित गर्ने भन्ने परीक्षण विगतमा बारम्बार गरेकै हुन् । अब पनि यही गर्छन् । यही हो प्लान ‘बी’ ।

संसदभित्र खेलेर तथा राजनीतिक दलहरुभित्र खेल रचेर मात्र नेपाललाई समस्या र अस्थिरतामा फसाउन चुनावपछि गाह्रो हुने अवस्था आएको छ । त्यसैले अब उनीहरुले नेपाली समाजलाई विभाजित गर्ने, द्धन्द र हिंसा सिर्जना गर्ने काम गर्न सक्छन् । विगतमा प्लान ‘ए’ का लागि पनि जातीय र धार्मिक विविधताको दुरुपयोग गरिसकेका छन् । जातीय तथा धार्मिक विविधताको क्षेत्रमा उनीहरुले अनेक ल्याण्डमाइन विच्छ्याइसकेका छन् । तिनै ल्याण्डमाइन विष्फोट गराउने दुष्प्रयास गर्न सक्छन् । जसको संकेत देखिन पनि थालेको छ ।

नेपालजस्तो मुलुकले स्थिर राजनीतिक संरचनामा अग्रसर हुँदा अनेक साइड इफेक्ट भोग्नुपर्ने पूर्वानुमान गरिएको हो । अब केही साइड इफेक्ट देखिन सक्छ । जस्तो कि नामै किटेर भन्न पर्दा विप्लव माओवादीलाई अगाडि सारिन सक्छ, भारतमा बसिरहेका ज्वाला र गोइतहरुको गतिविधि फेरि सुरु गराइन सक्छ । अन्य पात्रहरु उत्पति गराइन सक्छ । अनेक काण्डहरुको रचना गरिन सक्छ ।

प्लान ‘बी’ को हो भनेर उनीहरुले भन्ने छैनन्, हामीले बुझ्नुपर्छ । उखान नै छ, जुँगा चल्यो कुरा बुझ्यो ! यूरोपियन यूनियनले चुनाव पर्यवेक्षण प्रतिवेदनको बहानामा चलाएको जुँगाबाट पनि उनीहरुको प्लान ‘बी’ कस्तो हुन्छ भन्ने आँकलन गर्न सकिन्छ ।

तर, सक्दैनन्

एउटा देशको मानिसले अर्काे देशको सम्पूर्ण तथ्य बुझ्न सक्छ तर आत्मा बुझ्न गाह्रो हुन्छ । विदेशीले नेपाली समाजको तथ्य बुझे, विविधता बुझे, विविधतालाई विभाजनमा रुपान्तरण गर्ने योजना बनाए, योजना कार्यान्वयन गर्न खोजे तर सकेनन् । 

विदेशीहरुको समस्या के हो भने नेपाललाई समस्यामा फसाउने औजार सीमित मात्र छ । नेपाललाई अर्काे कुनै मुलुकसँग प्रत्यक्ष युद्धमा भिडाउन सकिने अवस्था छैन । नेपालको छिमेकी भारत र चीन हुन्, यी दुई मुलुकसँग लडाईं गर्ने मानसिकता नेपालीमा छैन । विश्वका विभिन्न मुलुक कम्युनिष्ट अतिवादमा फसे, नेपाललाई पनि त्यस्तो अतिवादमा फसाउन नखोजिएको होइन । तर, नेपाली कम्युनिष्टहरु शान्तिपूर्ण र लोकतान्त्रिक बाटोमा आइसकेका छन् । नेपाललाई कम्युनिष्ट अतिवादको सिकार बनाउन पनि सकिँदैन, अब लालयुद्धमा फसाउन पनि सकिँदैन ।

उनीहरुले अनेक विकल्प सोचेका होलान् तर सर्वाेत्तम विकल्प जातीय र धार्मिक विविधता भाँड्नु नै हो । संविधानसभा यताको कालखण्डमा विदशी हर्कतहरु नियाल्दा पनि उनीहरुले जाति र धर्ममा नै खेल्न खोज्छन् भन्ने बुझ्न सकिन्छ । किनभने तिनीहरुले नेपाली समाजको आत्मा बुझेनन् । नेपाली समाजको विविधता छोटो समयमा निर्माण भएको होइन, हजारौं वर्षको निरन्तरताले आजको विविधता रचना भएको हो । नेपाली समाजको आत्मामा हिंसा छैन, विभाजन छैन । नत्र, यति सुन्दर विविधता फस्टाउन सक्दैनथ्यो ।

पश्चिमी विश्वको समाज अतिवादी पृष्ठभूमिबाट आएको हो, नेपाली समाज शान्तिपूर्ण पृष्ठभूमिमा निर्माण भएको छ । नेपाली समाजमा अतिवादले केही समय टाउको उठाउन सक्ला तर लामो समय टिक्न सक्दैन । यो कुराको पुष्टि विगत तीन दशकमा निकै राम्रोसँग भइसकेको छ ।

दह्रो खुट्टा

नेपाललाई अस्थिरतामा लैजाने विदेशीहरुको चलखेल अब कुनै गुप्त कुरा रहेन, खुलेआम भइसकेको विषय हो । यसको प्रतिकारका लागि केके गर्न सकिन्छ ? यसमा मुख्य रुपमा समाज चनाखो हुनुपर्छ । नेपालीकरण गरिएका विदेशी एजेण्डाको फन्दामा परेको छु कि ? हरेक नेपालीले आत्मनिरीक्षण गर्नुपर्छ । आफ्नो मोवाइल फोन र कम्प्युटरको कीबोर्ड वैमनस्य बढाउने औजार बनिरहेको छ कि ? हरेक मानिस सचेत हुनुपर्छ । मुख्य सचेतना चाहिँ सरकारले अपनाउनुपर्छ । 

ओली सरकारले कति दह्रो खुट्टा टेक्छ भन्ने निरन्तर परीक्षण र अनुगमन गरिनुपर्ने विषय हो । यूरोपियन यूनियनको दुष्चेष्टाको ओली सरकारले कडा प्रतिकार गरेको छ । सरकारले के भुल्नु हुँदैन भने पर्दा अगाडिबाट भएको भन्दा पर्दा पछाडिबाट हुने आक्रमण घातक हुन्छ । नेपालमा जेजस्ता ल्याण्डमाइन विगतमा विच्छ्याइएको छ, त्यो पर्दा पछाडिबाट हुने आक्रमणको कोटीमा पर्छ ।

ओली सरकारसँग नागरिकका, विभिन्न दलका अनेकौं मतभेद हुनसक्छन् । लोकतन्त्र भनेकै मतमतान्तरको राजनीतिक व्यवस्था हो । मतभेदको सीमा हुन्छ, घरेलु मामिलामा मतान्तर आवश्यकता नै हो । तर, राष्ट्रिय साझा स्वार्थमा मतभेद घातक हुन्छ । राष्ट्रिय स्वार्थमा समेत दलीय मतभेद भएकाले नै नेपालमा विदेशीहरुले अनेक खालका ल्याण्डमाइन विच्छ्याउन सकेका हुन् । तसर्थ, ओली सरकारले दह्रो खुट्टा टेक्नुपर्छ र उसले प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि परराष्ट्र मामिलामा सहमतिमा ल्याउनुपर्छ । कांग्रेसले पनि आफ्नो ओरालो गति नियन्त्रण गर्न नेपाललाई विदेशी स्वार्थको चंगुलबाट जोगाउन सत्तापक्षसँग सहकार्य गर्नुपर्छ ।

यूरोपियन यूनियनले जेजस्तो हर्कत अहिले देखाएको छ, त्यसको विरोधमा सत्तापक्षको भन्दा प्रतिपक्षी कांग्रेसको धारणा र भत्सर्ना पहिले आउनुपर्ने थिएन र ? अर्थात्, सत्तापक्षले मात्र होइन, कांग्रेसले पनि दह्रो खुट्टा टेक्नुपर्यो ।

सभारः सरलपत्रिका डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.