logo

विदेशी एजेण्डाको ल्याण्डमाइन माथि नेपाल

      3/26/2018 गते 00 00 मा प्रकाशित     1782   पटक पढिएको

राजकुमार रेग्मी

अब नेपालमा केके हुन्छ ? सरकार सरर चलिरहन्छ ? शान्ति र स्थिरता भइरहन्छ ? साँच्चै नै समृद्धिको बाटोमा देश जान्छ ? यस्ता प्रश्न उठाइनुका कारण छन् । 

संविधान बन्यो, चुनाव भयो, अहिले बहुमतको सरकार छ । एउटा लोकतान्त्रिक देशमा हुनुपर्ने यही हो । आजको विश्वमा प्रगति र उन्नति गर्न चाहिने न्यूनतम आधार यही हो । तैपनि हामी शंकापूर्ण प्रश्न उठाउन बाध्य छौं– सरर सरकार चलिरहन्छ ? शान्ति र स्थिरता भइरहन्छ ? 

आयातित विचार

व्यापार घाटामा चलिरहेको देश हो नेपाल । नेपालको निर्यातभन्दा आयात कैयौं गुणा धेरै छ । सामान आयात धेरै भएकोले नेपालको यो बेहाल भएको होइन । अनावश्यक र अनियन्त्रित रुपमा विचार आयात भएकाले नेपालले भोग्नसम्म दुर्गति भोगिसकेको छ र भोगिरहेको पनि छ । व्यापारमा हुने घाटा पूर्ति गर्न सकिन्छ, तर, विचार आयातबाट हुने क्षतिलाई पूर्ति गर्न सजिलो छैन ।

विचार आयातलाई अर्काे शब्दमा एजेण्डा आयात पनि भन्न सकिन्छ । विचार तथा एजेण्डा आयात गर्ने, त्यस्ता विचार एजेण्डालाई जबर्जस्ती नेपालीकरण गर्ने काम वर्षाैंदेखि भइरहेछ । आयात गरेर जबर्जस्ती नेपालीकरण गरिएका विदेशी एजेण्डाहरुले देशलाई स्थिर बन्न नदिने ठूलो खतरा दृष्टिगोचर हुन्छ ।

प्लान ‘ए’ र ‘बी’

यो सत्य हो– नेपालको राजनीतिक स्थिरता उपर देशभित्रैबाट खतरा छ । तर, सत्य यतिमै सीमित छैन । यो सत्यको अन्तर्यमा पनि पसेर हेर्नुपर्छ । देशभित्र सर्वत्र नेपालीकरण गरिएका विदेशी एजेण्डाहरुको ल्याण्डमाइन विच्छ्याइएको छ । जात, थर, धर्म, लिङ्ग, गाई, सुँगुर, बंगुर, राँगा, हाँस ‍‍....... अनेक खालका ल्याण्डमाइन विच्छ्याइएको छ । यस्ता ल्याण्डमाइनको रिमोट कन्ट्रोल विदेशीको हातमा छ । उताबाट विदेशीले रिमोट दबाउँछन्, यता नेपालमा तमासा सुरु हुन्छ ।

तसर्थ, राजनीतिक अस्थिरता र अशान्तिका लागि देशभित्रकै कारणहरु जिम्मेवार जस्तो देखिए पनि त्यसको जरा विदेशतिर हुने गरेको छ । 
नेपाललाई स्थिर संवैधानिक राजनीतिक बाटोमा जान नदिन अनेक एजेण्डाका ल्याण्डमाइन विष्फोट गराइएको हामीले विगतमा देखेभोगेकै हौं । त्यस्ता ल्याण्डमाइन छल्दै र प्रतिरोध गर्दै स्थिर संवैधानिक बाटोमा नेपाल गयो । फलतः विदेशी योजनाकारहरु र तिनका स्वदेशी कारिन्दाहरुको प्लान फेल खायो ।

चुनाव भयो, सरकार बन्यो, राज्यका अवयवहरु अब स्वचालित हुन थाले । नेपालमा समस्या र द्धन्दको खेति गर्ने प्लान ‘ए’ फेल भइसक्यो । अब प्लान ‘बी’ ल्याउँछन् । नेपाल स्थिर बाटोमा गयो भने के गर्ने भन्ने प्लान ‘बी’ उनीहरुसँग नहुने कुरै भएन ।

प्लान ‘बी’ का सम्भावित स्वरुपहरु

आज विश्वका कुनै पनि ठाउँमा भइरहेको कुनै पनि किसिमका द्धन्द, अस्थिरता र अशान्तिका लागि स्थानीय कारण मात्र जिम्मेवार छैनन्, वाह्य कारण पनि जिम्मेवार छन् । झन, नेपालको त कुरै भएन । 

नेपालमा विदेशीले एनजीओलाई पैसा दिन्छ, खुलेआम दिन्छ । एजेण्डा पनि दिन्छ । त्यो पैसा र एजेण्डा बोकेर एनजीओले आन्दोलन गर्न पाउँछ । अनि, त्यस्तो एनजीओसँग सरकारले झुकेर सम्झौता गर्छ । सम्झौता कार्यान्वयन गर भनेर विदेशीले खुलेआम सरकारलाई दवाब दिन्छन् । यस्तो लाजमर्दाे तमासा हामीले अनेक पटक भोगिसक्यौं । 

विदेशी एजेण्डा र पैसाले नेपालका विभिन्न चेतना, विभिन्न वर्ग, जाति, थर, धर्म, लिंग तथा क्षेत्रका धेरै मानिसको दिमागलाई फरकफरक तरिकाले प्रदूषित बनाइदिएको छ । उत्तेजना, हिंसा, अराजकताको पक्षमा लाग्न धेरैको ‘ब्रेन वास’ गरिएको छ । 

नेपाली समाजमा उत्तेजना कसरी फैलाउने, उत्तेजनालाई नेपालको स्थिरता विरुद्ध कसरी प्रयोग गर्ने, नेपाली समाजलाई कसरी विभाजित गर्ने भन्ने परीक्षण विगतमा बारम्बार गरेकै हुन् । अब पनि यही गर्छन् । यही हो प्लान ‘बी’ ।

संसदभित्र खेलेर तथा राजनीतिक दलहरुभित्र खेल रचेर मात्र नेपाललाई समस्या र अस्थिरतामा फसाउन चुनावपछि गाह्रो हुने अवस्था आएको छ । त्यसैले अब उनीहरुले नेपाली समाजलाई विभाजित गर्ने, द्धन्द र हिंसा सिर्जना गर्ने काम गर्न सक्छन् । विगतमा प्लान ‘ए’ का लागि पनि जातीय र धार्मिक विविधताको दुरुपयोग गरिसकेका छन् । जातीय तथा धार्मिक विविधताको क्षेत्रमा उनीहरुले अनेक ल्याण्डमाइन विच्छ्याइसकेका छन् । तिनै ल्याण्डमाइन विष्फोट गराउने दुष्प्रयास गर्न सक्छन् । जसको संकेत देखिन पनि थालेको छ ।

नेपालजस्तो मुलुकले स्थिर राजनीतिक संरचनामा अग्रसर हुँदा अनेक साइड इफेक्ट भोग्नुपर्ने पूर्वानुमान गरिएको हो । अब केही साइड इफेक्ट देखिन सक्छ । जस्तो कि नामै किटेर भन्न पर्दा विप्लव माओवादीलाई अगाडि सारिन सक्छ, भारतमा बसिरहेका ज्वाला र गोइतहरुको गतिविधि फेरि सुरु गराइन सक्छ । अन्य पात्रहरु उत्पति गराइन सक्छ । अनेक काण्डहरुको रचना गरिन सक्छ ।

प्लान ‘बी’ को हो भनेर उनीहरुले भन्ने छैनन्, हामीले बुझ्नुपर्छ । उखान नै छ, जुँगा चल्यो कुरा बुझ्यो ! यूरोपियन यूनियनले चुनाव पर्यवेक्षण प्रतिवेदनको बहानामा चलाएको जुँगाबाट पनि उनीहरुको प्लान ‘बी’ कस्तो हुन्छ भन्ने आँकलन गर्न सकिन्छ ।

तर, सक्दैनन्

एउटा देशको मानिसले अर्काे देशको सम्पूर्ण तथ्य बुझ्न सक्छ तर आत्मा बुझ्न गाह्रो हुन्छ । विदेशीले नेपाली समाजको तथ्य बुझे, विविधता बुझे, विविधतालाई विभाजनमा रुपान्तरण गर्ने योजना बनाए, योजना कार्यान्वयन गर्न खोजे तर सकेनन् । 

विदेशीहरुको समस्या के हो भने नेपाललाई समस्यामा फसाउने औजार सीमित मात्र छ । नेपाललाई अर्काे कुनै मुलुकसँग प्रत्यक्ष युद्धमा भिडाउन सकिने अवस्था छैन । नेपालको छिमेकी भारत र चीन हुन्, यी दुई मुलुकसँग लडाईं गर्ने मानसिकता नेपालीमा छैन । विश्वका विभिन्न मुलुक कम्युनिष्ट अतिवादमा फसे, नेपाललाई पनि त्यस्तो अतिवादमा फसाउन नखोजिएको होइन । तर, नेपाली कम्युनिष्टहरु शान्तिपूर्ण र लोकतान्त्रिक बाटोमा आइसकेका छन् । नेपाललाई कम्युनिष्ट अतिवादको सिकार बनाउन पनि सकिँदैन, अब लालयुद्धमा फसाउन पनि सकिँदैन ।

उनीहरुले अनेक विकल्प सोचेका होलान् तर सर्वाेत्तम विकल्प जातीय र धार्मिक विविधता भाँड्नु नै हो । संविधानसभा यताको कालखण्डमा विदशी हर्कतहरु नियाल्दा पनि उनीहरुले जाति र धर्ममा नै खेल्न खोज्छन् भन्ने बुझ्न सकिन्छ । किनभने तिनीहरुले नेपाली समाजको आत्मा बुझेनन् । नेपाली समाजको विविधता छोटो समयमा निर्माण भएको होइन, हजारौं वर्षको निरन्तरताले आजको विविधता रचना भएको हो । नेपाली समाजको आत्मामा हिंसा छैन, विभाजन छैन । नत्र, यति सुन्दर विविधता फस्टाउन सक्दैनथ्यो ।

पश्चिमी विश्वको समाज अतिवादी पृष्ठभूमिबाट आएको हो, नेपाली समाज शान्तिपूर्ण पृष्ठभूमिमा निर्माण भएको छ । नेपाली समाजमा अतिवादले केही समय टाउको उठाउन सक्ला तर लामो समय टिक्न सक्दैन । यो कुराको पुष्टि विगत तीन दशकमा निकै राम्रोसँग भइसकेको छ ।

दह्रो खुट्टा

नेपाललाई अस्थिरतामा लैजाने विदेशीहरुको चलखेल अब कुनै गुप्त कुरा रहेन, खुलेआम भइसकेको विषय हो । यसको प्रतिकारका लागि केके गर्न सकिन्छ ? यसमा मुख्य रुपमा समाज चनाखो हुनुपर्छ । नेपालीकरण गरिएका विदेशी एजेण्डाको फन्दामा परेको छु कि ? हरेक नेपालीले आत्मनिरीक्षण गर्नुपर्छ । आफ्नो मोवाइल फोन र कम्प्युटरको कीबोर्ड वैमनस्य बढाउने औजार बनिरहेको छ कि ? हरेक मानिस सचेत हुनुपर्छ । मुख्य सचेतना चाहिँ सरकारले अपनाउनुपर्छ । 

ओली सरकारले कति दह्रो खुट्टा टेक्छ भन्ने निरन्तर परीक्षण र अनुगमन गरिनुपर्ने विषय हो । यूरोपियन यूनियनको दुष्चेष्टाको ओली सरकारले कडा प्रतिकार गरेको छ । सरकारले के भुल्नु हुँदैन भने पर्दा अगाडिबाट भएको भन्दा पर्दा पछाडिबाट हुने आक्रमण घातक हुन्छ । नेपालमा जेजस्ता ल्याण्डमाइन विगतमा विच्छ्याइएको छ, त्यो पर्दा पछाडिबाट हुने आक्रमणको कोटीमा पर्छ ।

ओली सरकारसँग नागरिकका, विभिन्न दलका अनेकौं मतभेद हुनसक्छन् । लोकतन्त्र भनेकै मतमतान्तरको राजनीतिक व्यवस्था हो । मतभेदको सीमा हुन्छ, घरेलु मामिलामा मतान्तर आवश्यकता नै हो । तर, राष्ट्रिय साझा स्वार्थमा मतभेद घातक हुन्छ । राष्ट्रिय स्वार्थमा समेत दलीय मतभेद भएकाले नै नेपालमा विदेशीहरुले अनेक खालका ल्याण्डमाइन विच्छ्याउन सकेका हुन् । तसर्थ, ओली सरकारले दह्रो खुट्टा टेक्नुपर्छ र उसले प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि परराष्ट्र मामिलामा सहमतिमा ल्याउनुपर्छ । कांग्रेसले पनि आफ्नो ओरालो गति नियन्त्रण गर्न नेपाललाई विदेशी स्वार्थको चंगुलबाट जोगाउन सत्तापक्षसँग सहकार्य गर्नुपर्छ ।

यूरोपियन यूनियनले जेजस्तो हर्कत अहिले देखाएको छ, त्यसको विरोधमा सत्तापक्षको भन्दा प्रतिपक्षी कांग्रेसको धारणा र भत्सर्ना पहिले आउनुपर्ने थिएन र ? अर्थात्, सत्तापक्षले मात्र होइन, कांग्रेसले पनि दह्रो खुट्टा टेक्नुपर्यो ।

सभारः सरलपत्रिका डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.