logo

मोदी अभिन्नदनमा गल्ती कसको ?

      5/14/2018 गते 00 00 मा प्रकाशित     2980   पटक पढिएको

राकेश यादव
    मोदी अभिन्नदन कार्यक्रममा जाने मन थिएन । जाने भन नभएकै कारण म संग भएको एउटा भिआइपी पास साथीलाई दिएर पठाए । तर एक्कासी मोदीको नागरिक अभिन्नदनको कार्यक्रम हेर्नै रहर जागेर आयो । साथीको आग्रहका कारण पनि मनभित्र यस्तो रहर जागेको हो । त्यसैले मैले जान्न भनेपनि जाने जाँगर चल्यो । दुनियकै  एक महान हस्तीको आगमन जसलाई दुनियाले एक नजर हेर्ने चाहना राख्छ   ।

 

त्यो बाट म अलग हुने कुरा पनि त्यती सहज त थिएन नै । मोदी जी आफनै गाउँ ठाउँमा आएको मौका मैले गुमाउन हुदैन भन्ने अउना साथ मेरो यात्रा पनि जनकपुर तर्फ शुरु भयो । नजाने निष्कर्षमा रहेको म जानै पर्ने भएपछि साथीहरुसंगै रातको १ बजे बीरगंजबाट हिडियो ।  पथलैया पुग्दा मोदी जीको दर्शन पाउने लालशा बोकेका म जस्तै थुप्रै जनहरु बोकेर जनकपुर तर्फ हुइकन तयार भएका दर्जनौ बसहरुको  लहर देखा पर्यो ।  भारतीय प्रधानमन्त्री मोदीको अगमन ठिक ९ः०० बजे हुने र १०ः०० बजे उनले  सम्बोधन गर्ने समय तालिका रहेको सूचना प्रवाह भएको थियो ।

 

त्यसैले जनकपुर पुग्न हामीलाई हतारो भए झै अरुलाई पनि हतारो नै थियो । हामी भ्याई नभ्याई गर्दै बिहान ५ बजे जनकपुर पुग्यौ ।  
    हिन्दु स्यम सेवक संघले संचालन गरेको आमाको माया छात्रावासमा फ्रेस भई हामी कार्यक्रम स्थल तिर लाग्यौ ।  कार्यक्रम स्थल आम मान्छेको लाईन अचम्मको थियो ।  त्यो उपस्थिति ऐतिहासिक थियो । धेरै कार्यक्रमहरु मैले पनि हेर्ने अवसर पाएको छु तर जनकपुरको बा¥ह बिगाह मैदानमा मादीजीको स्वागतमा देखिएको जनशैलाब चाही मैले पहिलो पटक देखेको हु । सभ्य नागरिकको परिचय दिदै म पनि लाइनमा लागे ।लाइनमा लाग्नु पर्दाको पीडा मैले पनि खेपे । तीन ठाउको सुरक्षा चेक पछि बल्ल कार्यक्रम स्थलमा प्रवेश गर्न पाइयो  ।

छिटै प्रवेश गरे जस्तो लागेको थियो तर म भन्दा अगाडि सैयौ मान्छेहरुले आफनो ठाउँ सुरक्षीत पारि सकेका थिए ।

म भन्दा अगाडि धेरै सहभागिहरु पुगी सेकेका थिए । मंचमा नागरिक अभिनन्दन लेखिएको ब्यानर प्रष्ट देखिएको थिएन । बडो दुःख कष्ट झेलेर रात बिरात केही नभनी जनकपुर आएको म पछाडि बस्नु पर्दा मनले सकुन पाएन । हामी दुई जना थियौ  । एउटा  उपायको खोजीमा लाग्यौ । एक जना प्रहरीका अधिकृतलाई मैले चिनेको थिए ।

 उनलाई चिनेको फाइदा लिनु पर्ने मेरो उपाय थियो त्यसले सफलता पनि पायो । तिनै प्रहरी अधिकारीको सहयोगमा म र साथी भिआइपी हरुकोलागि ब्यवस्था गरिएको स्थानमा पुग्र्यौ । प्रहरीको हाकीमलाई पो चिनेका थियौ ।

मैदानमा खटने प्रहरीलाई चिनेको थिइन । तिनै प्रहरीको फन्दामा परे म पनि  । हामीसंगै अन्य एकजना पनि त्यो भिआइपी कक्षमा प्रवेश गरेका थिए । एक जना प्रहरीले उनलाई देखेर निकाल्न खोज्दा ति ब्यक्तिले हामी बिरुद्ध चुक्ली लगाएका थिए । त्यही चुक्लीका आधारमा ति प्रहरी जवानले हामीलाई पनि भिआइपी कक्षबाट निकाल्न खोजे । 


हाम्रो अगाडि पर्साका संघयि समाजवादी फोरमका नेता शशीकपुर मिया  नागेन्द्र यादव सहित अन्य पर्सेली नेताहरु बिराजमान थिए । तर उनीहरुले हामीलाई निकाल्दै गरेको प्रहरीको काम त हेरे ।उनीहरुलाई एक प्रकारले मैले निरिह देखे । उनीहरुले हामीलाई त्यही कक्षमा ब्यवस्थापन गर्न कुने प्रयास गरेनन । हामी मिलेर बसौ न त भन्ने सदाश्यता पनि देखाउने कोशीस गरेनन ।


 उनीहरुले त्यस्तो सहयोगी पारा नदेखाउदा मेरो मनमा केही प्श्नहरु उब्जे । म कांग्रेसको कार्यकर्ता भएकोले उनीहरुले मलाई सहयोग गर्न उचित ठानेन या उनीहरु पनि म जस्तै पास बिना नै त्यो ठाउमा पुगेका थिए ? जसो तसो पछाडि धकेलिदै थियौ । एउटा कुनामा पुगेर अडिन पाइयो ।

 

अव भने सास्तीमुक्त भइयो भनेर के उत्साही भएको थियो पछाडि  बाट दुई तीन जनाको अवाज कान्मा गुन्जीयो उनीहरु भन्दै थिए । अइयो कता जाइछी,यता जगह नै छै मैले पनि अलि अलि मैथीली भाषामै जावाफ फर्काए “ क्यिा एना बाजैछिइ हम विरगज से एयाइल छि आह सब कनी बहरिया लोगीन के  इज्जत करु ” के भनेको थियो उनले आक्रोश मिश्रीत लवजमा जवाफ दि हाले “ अहे के बीरगंजके मुख्यमन्त्री छै पास किया नै लेलिअ मात्र विरगंजहाके पास देने छै आरे कि कहियौ राजधानी त लेलेलिइ अब त मात्र मुख्यमन्त्री के बात अइछ चाइर साल बाद उहो लेलेबई मात्रे राजधानीके आन्दोलनके चल्ते मुख्यमन्त्री गद्धीके बनादेलकइ नै त उहो गाएब छलिअइ” उनको भनाईको बीरगज राजधानी आन्दोनको विकल्पमा लालबाबुलाई मुख्यमन्त्री बनाइयो रे । उनको यो भनाईमा दम छ भन्ने मलाई पनि लाग्यो । बीरगंजका यस्ता धेरै मान्छे भिआइपी कक्षमा थिए । जसलाई देखेर आफनै टाउको तल पार्नुको बिकल्प हामी सगै पनि थिएन । ति मान्छेको भनाईको बिश्लेषण गर्दा म भने  बारा,पर्सा र केही भाग रौतहटका मान्छेहरुको पहिचान,सस्कृती रोजगारी र वृति विकास एक दम धरापमा छ भन्ने निष्कर्षमा पुगे । मलाई लाग्छ अव यस बिषयमा सोच्नै पर्ने बेला आएको छ ।
कार्यक्रमको अवस्था
  प्रदेश सरकारले अवहान गरे अनुसार जनता भेला भए त्यो टन्टलापुर  घाममा र्निधारित समय भन्दा झन्डै ५ घन्टा ढिलो आगमन भयो मोदीजीको  ।जनताको स्वागत ध्यनी गुन्जयो मोदी मोदी हुन पनि हामीले भारतमा मोदीको आगमनमा कसरी नारा लाग्छ भन्ने कुरा थाहा छ त्यास अनुसार नै कपी गर्नु कुनै ठुलो कुरा होइन तर साच्चिकै पानी विनाको माछा कसरी छटपटिन्छ त्यो मेरो आखाले देख्यो जनताले ल्याउन लागेको पानीको बोतल पनि प्रशासनले खोसेको छ ।

 

 कायक्रम व्यवस्थापकले पानीको व्यवस्था गरेको छैन गल्ती कसको मात्र भाषण राम्रो हुदैमा जनता खुशी हुने हो रु दोस्रो तिर मोदीको मन्चमा आगनम हुने वितिकै पछाडी बसेका हजारौ जनता त्यहाबाट हिडन शूरु गरे कारण मोदीको एक झल्क देख्नु थियो त्यो देख्यिो सुकेको त्यो मुख र अन्न विनाको खाली पेट लिएर सहभागिहरु बसमा झोक्रियर बसेको मैले देखे  । बजारमा मोदी आगमन सगै सबै पसलहरु बन्द थिय कसैले पानी नास्ता किनेर खान खोज्दा पाउने अवस्था थिएन । सहभागिहरु विहान पुगेका छन नास्ता छैन फ्रेस हुने ठाउँ छैन त्यहा उपस्थित भएको त्यो निमुखा जनताको कहाली लग्दा दृष्यहरु देखेर साच्चिकै यसको जिम्मेवार को रु भन्ने प्रशनहरु मनमा उब्जे । जे होस कार्यक्रम सम्पन्न भयो तर यसरी जनतालाई निमन्त्रण गरेर वास्ता नगर्दा भोलीको दिनमा तपाई र हामी जस्ता अगुवाहरु प्रति जनताको विश्वास उठने छ र कुने पनि यस्ता कार्यक्रम पूर्णता पाउने छनै ।

 


मैले यो लेखिराख्दा नकारत्मक सोचले होइन की माननीय जिम्मेवार व्यक्तिहरु काहा यि सना सना कमी कमजोरी नपुगेको पनि हुन सक्छ तसर्थ यस्ता गल्तीहरु नदोहोरियोस र तपाईहरु एक नयाँ पार्टीको जिम्मेवार कार्यकर्ताको हैसियतले यि गल्तीहरुलाई नियुनिकरण गर्नुहुनेछ भनि विश्वास छ । साथै तपाईहरुको गल्तीको कारण अन्य पार्टीहरुको पनि जनताको नजर खराब प्रभाव पर्न सक्छ तसर्थ सबैको भलो को लागि यो गल्ती कसको हो त्यो खोज गर्न जरुरी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.