logo

सडकबाट ऐन कानुन बनाउन खोज्नु कत्तिको प्रजातान्त्रिक अभ्यास हो

      7/9/2018 गते 00 00 मा प्रकाशित     1711   पटक पढिएको

एकातिर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । जन निर्वाचित संसद छ । भारी मतभार बोकेको सरकार पनि छ ।

जनमत एकातिर छ । संविधान पनि बनेको छ ।  अहिले के.सी. को नामबाट वा अधिकारीको नामबाट वा माइतिघर मण्डलाको नामबाट बालहठ गर्दै कानुन हातमा लिॅदै हुनुहुन्छ । एउटा सरकारी जागिरेले गरेको यो मुर्ख्याई र बालहठका पछि लागेर सडकबाट ऐन कानुन बनाउन खोज्नु कत्तिको प्रजातान्त्रिक अभ्यास हो मैले बुझिॅन ।

 

एउटा जागिरे मान्छे, उसको लिॅढे ढिपी, अनि त्यो बहुलठ्ठी लिॅढे ढिपिका पछिपछि हाहा र हो हो गर्दै कुद्ने विवेकशिल साझा वा चिकित्सक वा अधिकारकर्मी वा नागरिक समाजले  सडकबाट ऐनकानुन बनाउने हो भने त्यो निर्वाचन किन चाहिएको थियो, सांसद किन चाहियो, सदन किन चाहियो, राजनैतिक व्यबस्था किन चाहियो । बरू ति के सी भनिएका डाक्टर सावले जागिरबाट तुरून्त राजिनामा दिउन् एउटा पार्टी खोलुन् ।

 

अव पॉच वर्षसम्म राजनीति गरून् । अनि चुनावमा उठुन् र जनमत लिउन् अनि उनलाई जस्तो जस्तो स्वास्थ्य तथा शिक्षा ऐन बनाउन मनलाग्छ बनाउन् । कुन कुन मेडिकल माफियालाई तह लगाउन मन लाग्छ तह लगाउन् । कुन कुन गरिव जनताका छोराछोरीलाई निशुल्क एम बी बी एस वा एम डी गराउनु छ गराउन् । हैन भने  स्लाइन पनी चढाएर, अक्सिजन लिएर, मेडिकल कियरमा बसेर हस्पिटलमा अनसनको नाटक नगरून् ।

 

उनी नेता हुन् कि सरकारी जागिरे डक्टर हुन् । हिजोसम्म अनसनमा बसेर अधिकारी मर्दा वा के सी ले तथाकथित अनसन बस्दा आज आन्दोलनमा हाहा होहो गरेर अराजकता निम्त्याउने महासयहरू कहॉ कता हुनुहुन्थ्यो । के तपाईहरूले भनेको  कुरा मान्दिनु पर्ने भारी जनमत भएको सरकारले  ? यदि चित्त बुझ्दैनथ्यो भने अस्ति चुनावमा हराउनु पर्थ्यो ओलीलाई, प्रचण्डलाई, वा तिनीहरुको पार्टिलाई ।

 

अस्ति चै नहराउने भारी मत दिने अनि एक वर्ष नपुगी काम नहेरी काम गर्न नदिई हावाको भरमा सत्तोसराप गर्ने र के सी को अराजकतालाई हाहाहोहो गरेर साथ दिने तपाईहरू कसरी चिकित्सक हो कसरी विवेकशील हो कसरी अधिकारकर्मी हो र कसरी नागरिक समाज हो ? काठमण्डौमा बसेर नाना थरीका नाटक देखाउने नाटककारहरू हो यहॉहरू ।

 

म कसैको भक्त वा समर्थक वा विरोधि होइन । म कर्म र मेहनतमा विश्वास गर्ने एउटा नागरिक हुॅ । मैले पनि सरकारले गरेका गल्ति र सरकारले गरेका चित्त नबुझेका कामको फेहरिस्त वा टिपोट गर्दैछु ।

 

अब चार वर्षसम्म टिपोट गर्छु । चुनाव आएपछि ति फेहरिस्त प्रयोग गर्छु । सरकारले धेरै सपना बॉडेको छ । यध्यपि मलाई विश्वास छैन । तर के के गर्दो रहेछ चुपचाप हेर्दैछु । ए काठमाडौॅका सुविधाभोगी सुकिलामुकिला पढेलेखेका भनाउॅदाहरू हो पॉच वर्ष पर्खेर हेर्न सक्दैन । माफिया तिमीहरू हौ कि सरकार हो ?  पॉच वर्ष चुपचाप लागेर आआफ्नो काम गर त्यस पछि जे जे गर्न मनलाग्छ गर ।

 

कान खोलेर  सुन सरकार, काग कराउॅदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्दै गर्छ, हात्ति लम्किॅदै गर्छ, आफुले आॅटेको र सोचेको काम गर्दै जा । कोहि कराएर र भोकै बसेर मर्छन् भने मर्दै जान्छन् । हिजो नन्दप्रसाद अधिकारी पनि मरेकै हुन् । उनी मर्दा कुनै नकचरालाई लाजसरम भएन त ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.