logo

चीनीले सहयोग माँग गर्दा युरोप र अमेरिका ठट्टा गर्दैथिए

युवराज संग्रौला

      3/22/2020 गते 00 00 मा प्रकाशित     1711   पटक पढिएको

हामी सबैले गंभिर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा रास्ट्र हौं। तेसैले हामिले एउटा रास्ट्रको जस्तो ब्याबाहार गर्न पनि जान्नु पर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ। धेरै कुराहरु बाहिर प्रकट भएका छन र देख्न सकिन्छ। मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ।

१. जब चीन कोरोना भाइरसका विरुद्ध लंडाइ लडिरहेको थियो। वुहान बन्द गरिएको थियो, चिनियाँ जनता आतंकित थिए, चीन बिश्वलाई सहयोग र सद्भावकालागि आह्वान गरिरेहेको थियो। तर तेस्बेला युरोप र अमेरिका ठट्टा गर्दैथिए। ट्र्म्पले पटक पटक चिनियाँ भाइरस भनी व्यंग्य गरे। युरोपका शहरमा चिनियाँ मानिसहरु कुटिए। नेपालमा एउटा पत्रीकाले मजाक गर्दै माओको मुखमा मास्कलगाएको तस्बिर छाप्यो। नेपाल सरकारले मानवताका आधारमा सिमाना जोडिएको छिमेकीलाई सहयोग गर्नुपर्छ भनेर मैले लेखें। स्वमसेवक, आफ्नो इच्छाले जान चाहाने एउटा चिकित्सकको समूह चिन पठाउनु पर्थ्यो। नेपालले चीन सङ्गको कुटनितिमा ठूलो त्रुटी देखायो, तेस्बला। चीन गएका नेपाली बिद्यार्थीलाई घर आउने अधिकार थियो। तर सरकारले रेस्कु, इभ्याक्युएसन वा उद्धार जस्ता गलत शब्द प्रयोग गर्यो। चिनियाँ जनता प्रती तेसबेला जुन संवेदना हामीले देखाउनु पर्थ्यो, हामिले देखाएनौं। हामिलाई तेस्ले कतै छोएन। तर जब माहामारी पश्चिम पुग्यो, हाम्रा आँखा अचानक खुले।

२. यो भाइरस रोग थियो। यस्को रास्ट्रीयता थिएन। यो मानिसको विरुद्ध थियो रास्ट्रीयताको बिरुद्ध थिएन। तर युरो-अमेरिकन संचारमाध्यमले यसलाइ राजनीति ठट्टामा बदले। साप र चमेरो खाएर तेस्तो भको भनेर लेखे। पस्चिमी संस्थाले जनाबार मारेको पाप कराएको भनेर लेखे। केही नेपाली संचार माध्यामले पनि यहिकुरा दोहोर्याए। अब व्हिन सकियो भनेर पस्चिमले खुसी देखायो। जब रोगका विरुद्ध लंडाइ शुरु गर्यो चिनले, अधिनायकवादको कुरा उठाए। कुटिकुटी मानिस थुनेको आरोप लगाए। अर्थात रोगलाई राजनितिकरण गरे। तेस्को नक्क्ल गर्ने नेपालमा पनि थिए। पश्चिमी मुलुकले तेसबेला चीनलाई यस माहामारीका विरुद्ध सहयोग गर्नुपर्ने थियो। रोगमा राजनीति गर्नु हुने थिएन।

३. अहिले चीनले बद्ला लिएन। चीनले अन्तरास्ट्रिय दाइत्वलाई राम्रो सङ्ग आगाडी बढाइरहेको छ। उस्ले अहिले संवेदना र मानवीयताका आधारमा युरोपलाई सहयोग गर्नु पर्छ भन्ने ठान्यो। उस्ले सहयोगका हात अगाडि बढायो। अहिले नेपालि पत्राकार माओका मुखमा टांसेको मस्कले युरोपिएन जनताका मुखमा पस्नबाट भाइरस रोकिरहेका छन। यस माहामारीले बिश्वका थुप्रै लुकेका कुराहरुलाई पनि बाहिर ल्याएको छ।

क. युरोप र अमेरिकामा भएको बिज्ञानको बिकास मानिसको जीवन बचाउने क्षमता, प्रबिधि र औषधीको खोज, अनुसन्धान र निर्माण भन्दा हातहतियार र अन्यथा प्रयोगका कुराहरुमा भएको रहेछ। जुन क्षमता चीन, कोरिया र जापानले कोरोना रोक्न देखाए, जस्ता उपकरणहरु प्रयोग गरे, त्यो युरोप र अमेरिकामा देखिएन। यो भ्रष्ट पुंजिबादी उपभोक्ताबादी अर्थतन्त्रको विशेषता रहेछ।

ख. पुजिंबाद र समाजबादको बिचको फरक प्रष्ट देखिएको छ, अहिले। चीनमा जब यो भाइरसका विरुद्ध लंडाइ चलिरहेको थियो, सबैलाइ सरकारले गर्ने सहयोग उस्तै थियो। गरिबले काम गर्न नपाएर मर्नु पर्ने र धानीले अलिसान महलमा आइसोलेसनमा बस्ने स्थिती देखिएन। तर पुजिंबादि अमेरीकामा धनिकालागि महंगा अस्पताल छन, सबै सुबिधा छ्न। तर तल्लो आर्थिक अवस्था भएका जनताको हालत खराब छ। त्यांहाका संचार माध्यामले त्यो कुरा किन बाहिर ल्याउदैनन? किनभने सबै संचार माध्याम कर्पोरेट हाउसका आधिनमा छ्न र उनिहरुको स्वार्थ भ्रष्ट पुंजिबादको सेवा गर्नु हो। यता नेपालमा पनि उन्को प्रभाव छ, तेसैले ट्र्म्पको मुखमा मास्क लगाएको तस्बिर छाप्दैनन। माहामारीको सामाना गर्न पुंजिबाद असफल हुने रहेछ भन्ने कुरा, २० हजार मनिसमा संक्रमण हुदां ६००० मरेका घटनाले पुष्ठि गर्छ्न। नेपालमा पनि धनीहरुको यो माहामारी रोक्ने सहयोग देखिएन। धनिका अस्पतालमा ज्वोरो आएका मानिस छिर्नै नपाउने अवस्था पो आयो।

ग. पस्चिमी पुजिवादी अर्थतन्त्रका लागि यो माहामारी त्रासधीपुर्ण हुने देखियो। एसिया खासै प्रभाबित नहुने पनि देखियो। एसियामा माहामारीलाई रोक्न चीनको सहयोगले भुमिका खेल्ने पनि देखियो। तर पस्चिमी प्रभाबमा रहेको नेपालको राजनीति र कर्मचारीतन्त्रले चीनला माहामारीका समयमा नेपाल हाम्रो असल मित्र हो भन्ने भाव देखाउन सकेन।यो कुरा सरकार र दलहरुलाई अहिले पनि महसुस भएको जस्तो लाग्दैन। यस्ले नेपालको चीन सङ्गको कुट्नितीमा धमिरा लागेको आंशका गरिएको छ।

घ. चीनले अहिले जसरी WHO र UN सङ्ग समन्वय गर्दै सहयोग आगाडि ल्यायो, तेस्बाट कुटनितीमा उस्को परिपक्वता प्रकट भयो। उस्को उत्पादन प्रणाली पुन संचालनमा आयो। उस्को अर्थतन्त्रले क्षेती ब्योहोर्नु पर्ने अवस्था अब रहेन, तर बिकसित देशको अर्थतन्त्रले ठूलो क्षेती ब्यहोर्नु पर्ने देखियो। चीनले एक अर्थमा छंलाङ्ग मार्यो भन्दा हुन्छ।अन्तरास्ट्रिय संबन्धमा चिनको भुमिकालाई बर्खास्त गर्न अब संभब छैन।

४. के हुन्छ नेपालमा चिनको ससक्त उदयको यो अवस्था र पश्चिमको यो संकटले? थुप्रै प्रभाब पर्ने कुरा टडकारो छ। भारत यदि यस माहामारीको प्रकोबमा चीनकै तहमा आयो भने, भारतलाई यो समस्या संबोधन गर्न संभब हुँदैन, पैसा र बिज्ञान नभएर होइन। भारतको जनसंख्या सचेत छैन र नेपालमा जस्तै अनुसासन हिन अल्पज्ञानको सिकार भएको छ। यहाँ पनि कालोबजारी र भ्रष्टाचारको बिग्बिगी छ। भारतमा माहामारी फैलियो भने, नेपाल तहसनहस हुन्छ। के सहयोग माग्ने हक छ हाम्रो चीन सङ्ग अझै? शहयोग त चीनले फरि पनि गर्छ। तर उनिहरु हामीलाई सहयोग दिनु अगाडि एक पट्क हाम्रो प्रवृत्ति देखेर मुस्कुराउने छ्न। के पस्चिमले हामीलाई चिकित्सक र औषधी ल्याउने छ? तेसैले भनेको होला नि, श्रेमती श्रीमान छोडन सकिन्छ छिमेकी बदल्न सकिन्न भनेर। हामिले भुकम्पमा चीनले लगाएको गुन स्मरण सम्म गरेका छौँ ? सरकारमा बस्नेहरुले मुल्यांकन गर्दा राम्रो होला।

५. यो समस्यालाई सरकारले हेलचेक्राइ नगरोस। तत्काल निम्न कुरा गर्नु गर्नु पर्ने देखिन्छ।

क. चीन सङ्ग सहयोग मागोस। चिकित्सक, औषधि र प्रबिधि तत्काल ल्याओस। आइसोलेसन गृह निर्माणमा सेनाको प्रयोग गरोस। बांचे मात्र पछि प्रगति गरिने हो।

ख. कालाबजारी रोक्न र माहामारीका नाममा देखिएको कालाबजारी र स्थानीय तहमा देख्न थालिएको अपब्यय रोक्न आपात्काल घोषणा गरियोस।

ग. सिमाना बन्द गरियोस र तराइका सबै शहरमा उच्चस्तरिय स्वास्थ समुहहरु पठाइयोस। तराइका जनतालाई आतंक बाट जोगाइयोस।

घ. घनी र ठुला मानिस बेइमान हुन्छ्न भन्ने प्रष्ट देखिसकियो। गरिब हरुलाइ रासन बाड्ने धेरैवटा स्टोरहरु शुरु गरियोस।
ङ. गरिबहरु छिर्न पाउने अस्पताल तोकियोस।

६. हरेक समस्याले पाठ सिकांउछ्न। हाम्रो संघियता कति सफल छ भन्ने यसले नै देखाउने छ। सरकारले राम्रो सङ्ग डेलिभेरी गरेन भने, र दलहरुले आफ्नो औचित्यता प्रमाणित गरेनन भने बिद्धुतको तालिमकेन्द्रमा नेताहरुले पुग्नु पर्ने हुन सक्छ। भित्र र बाहिर दुबैतिर घेराबन्दी भएको देख्नु भएकै होला। निरो रोम जल्दा बांसुरीमा आफ्नो गीतको लय बनाउदै थिए। अहिले पो थाह भयो उनी रोम जलोस भन्ने चांहादा रहेछ्न। उनी त्याहां ठुलो महल बनाउन चाहादा रहेछ्न। जति बेला रोम जल्दै थियो, उनले बार्द्लिमा उभिएर हेरेछ्न, रातमा उज्यालो। उनलाई खुब मन परेछ। तेसपछि जुन अराजकता रोममा जन्मियो, तेस्ले रोम नै मासियो। हामिले आँखा खोल्नु अवास्यक छ। भुकम्प पछि मानिसमा अराजकता झन मौलायो। यो माहामारीले अराजक पराबलियनहरुको तांती झन झन बढ्ने छ। अहिलेको मोजमस्ती महङो हुनेछ।

 

उहाँको फेसबुकबाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.