logo

कोभिड १९, विश्लेषण र भावी कार्ययोजना 

डा.निरज सिंह

      4/5/2020 गते 00 00 मा प्रकाशित     1713   पटक पढिएको

नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो । संख्या ९ पुग्यो त्यो त्यति महत्वपूर्ण कुरा हैन मुख्य कुरा त देश दोश्रो चरणमा प्रवेश गर्यो । यो चॉंहि  खतराको घंटी हो ।


अहिले सम्म जति पनि नेपालमा संक्रमण भेटिएको थियो ति सबै संक्रमण  “आयातित” थियो, बिदेशबाट घर फर्किएका नेपाली दाजु भाई बहिनी हरूमा मात्र संक्रमण देखिएको थियो । तर हिजो पुष्टि भएकी नवौं संक्रमित धनगढीकी महिला यस अघि संक्रमित दुबईबाट घर आएका चौथो संक्रमीत ब्यक्तिको आफन्त हुन।


 त्यसैले अब नेपालमा पनि  “लोकल ट्रान्समिसन” अर्थति बिदेश नगई गॉंउ घरमै बसेकाहरुमा पनि संक्रमण शुरु भयो। यो डरलाग्दो कुरा हो।किनकि हिजो सम्म बिदेशबाट आएकाहरुबाट मात्र संक्रमणको खतरा थियो र हाम्रो कार्ययोजना र सतर्कता त्यसैमा केन्द्रित थियो। अब स्थिति त्यस्तो रहेन। अब उच्च सतर्कता नअपनाए गुणात्मक बृद्दि सम्भावना प्रवल रहनेछ 
हाम्रो दायित्व
 नागरिकले  लकडाउनको पूर्ण पालना गरौं। घर भित्रै बसौं। सुरक्षित रहौं।सचेतना अपनाऔं, आतंक नमच्चाऔं। जो इमान्दार थिए, उनीहरु विदेशबाट आएपछि इमान्दारीपूर्वक क्वारेन्टाइनमा बसे, अस्पताल गए र उपचार गराए।

 

तर संसारमा सबै मानिस इमान्दार हुँदैनन्। त्यसैकारण समाजिक र सरकारी तहबाट पनि निगरानी कडा पारिनुपर्छ।

 सरकारलाई(तिनै तह)  बैठक मात्र गरेर,  निर्णय र  निर्देशन मात्र नदेउ।निर्णय इमान्दारीपूर्बक कार्यान्वयन गर। कसैले औंला ठड्याउन नसक्ने गरि स्वास्थ्य सामाग्रीको तत्काल पूर्ति गर।यो बेला भ्रष्टाचार को आरोप लाग्नू लज्जास्पद हो ।

 

स्वास्थ्यकर्मी लाई आवश्यक  पर्ने सुरक्षा उपकरण एन एन ९५ मास्क,पर्सन प्रोटेक्टीव इक्वीपमेन्ट (पिपई) गोल्बस चश्मा जुत्ता  अधिक्तम पिसीआर र भिटिएम गर्न मिल्ने  वातवरण यथासिघ्र बनाउने ।

 स्वास्थ्यकर्मीलाई आफ्नो सुरक्षाको लागि आवश्यक स्वास्थ्य सामाग्रि जे जे चाहिन्छ सरकारसंग मागौं।प्राप्तिको लागि दबाब दिऔं तर संकटको बेला कर्तब्यच्यूत नबनौं। पिपीईको  दुरुपायोग न गरौ, पिपीई लगाएर सामाजिक संजालमा फोटो पोष्ट गर्ने काम बन्द गरौ ।

 

न्यूनतम पिपीईको प्रयोग गरेर अधिक्तम प्रतिफल निकाल्ने गरि मितब्ययी भएर कार्ययोजना बनाएर काम गरौ 
 दलहरुहो  संकटको बेला राजनीति नगरौं। राष्ट्रिय सहमति कायम गरौं।राजनीति चुनाब आए पछि गरौंला अहिले ¥यापीड टास्क फोर्स  बनाउन मदत गरौ  ।

 


राष्ट्र लाईइ ठुलो आर्थिक भार पर्ने भएको हुनाले, ठोस आर्थिक नीति अवलम्बन  गर्ने सल्लाह सुझाव दिने ।
पत्रकार मित्रहरु सुरक्षित रहौं।

 

जिम्मेवार पत्रकारिता गरौं। फोटो खिन्च्न लाई भिडभाड नगरौ। अहिले सामान्य समस्या हरू लाई इमरजेन्सी सूचीमा राखेर हेर्न सकिन्न । त्यस्कारण अनावयस्यक स्वास्थ्यकर्मी लाईइ बदनाम  गर्ने गलत समाचार सम्प्रेशण न गरौ । कृपया स्वास्थ्यकर्मी को मनोवल उच्च राख्न मदत गरौ ।

डा.सिंहको सामाजिक संजालबाट लिइएको

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.