logo

कोरोना भाइरस संक्रमण विरुद्धको लडाईमा प्रदेश २ सरकार गैर जिम्मेवार भयोः अध्यक्ष साह 

      4/11/2020 गते 00 00 मा प्रकाशित     1416   पटक पढिएको

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् । 

शनिवार सामाजिक संजाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले प्रदेश सरकारभन्दा पनि स्थानीय सरकार अग्रभागमा रहेको र प्रदेश सरकारले आफ्नो बजेट अन्य तहलाई दिएर पन्छिन खोजेको बताउनु भएको हो  ।

 

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा प्रदेश २ सरकार पुरै उदासीन देखिएको छ उहाँ लेख्नुहुन्छ “ यस महासंकटको घडीमा आफ्नो मातहतको संरचना मार्फत अग्रभागमा रहेर तयारीको काम युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा प्रदेश २ सरकार अनुदान दाताको भूमिकामा मात्र सीमित छ ”।

 

गाउँपालिका र नगरपालिका तथा संघ मातहतका जिप्रका, प्रहरी, जेललगायतका निकायलाई आफ्नो बजेट बाँड्ने तर आफु भने केही पनि देखिने काम नगर्ने प्रदेश सरकारको रवैया महाराज शैलीको देखिन्छ ।

 प्रदेश सरकारले आफु जिम्मा लिएका ५ वटा सुविधा सम्पन्न अस्पताल समेतमा तयारीको कार्य शुन्य बराबर भएको हेर्दा प्रदेश २ सरकार कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ ।

 

भारतसंग रोटीबेटीको परस्पर सम्बन्ध एवं खुल्ला सिमाका कारण पनि अन्य प्रदेशको तुलनामा यो प्रदेश थप जोखिमयुक्त र विशेष संवेदनशील छ तर विडम्बना संघीय सरकारले उपलब्ध गराएको पिसीआर परिक्षण प्रविधिका अलवा हालसम्म प्रदेश सरकारले कोआरटी पिसीआर ल्याव  निर्माण गर्न त परै जाओस् , सामान्यतया यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सरसफाइ कर्मचारीहरूलाई अहिलेसम्म गुणस्तरिय सुरक्षा सामग्री उपलब्ध भएको छैन । 

बाहिरबाट के कति मानिसहरू आए ? त्यसको सहि पहिचानको कुनै तथ्याङ्क छैन । यस्तो गैरजिम्मेवार एवं लाचार स्थितिको तुरन्त अन्त्य होस। यस महाविपदको घडीमा प्रदेश सरकारलाई अग्रभागमा रहेर काम गर्न पूर्वमत्री समेत रहनु भएका अध्यक्ष साहले समाजिक संजाल मार्फत विशेष आग्रह गर्नु भएको छ  । 

अध्यक्ष साहले प्रदेश नेतृत्व प्रदेशवासीप्रतिको उत्तरदायित्व बिर्सेको भन्दै चर्को आलोचना गर्दै आउनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.