logo

आफ्नो स्वार्थकोलागि अनैतिक र गैरकानुनी काम गर्ने छैनः पूर्व महानिरिक्षक खनाल

      4/23/2020 गते 00 00 मा प्रकाशित     1340   पटक पढिएको

आदरणीय दाजु भाइ दिदि वहिनीहरु !
सादर नमस्कार

सत्य , सेवा सुरक्षणमको मूल मर्म अनुसार देश र जनताको सेवामा लाग्ने सोच सहित नेपाल प्रहरीको निरिक्षक रुपमा भर्ना भएर आफ्नो लगन , संगठन र सरकारको विश्वास अनि यहाँहरुको माया र आशिर्वादले प्रहरी सेवाको सर्वोच्च पद प्रहरी माहानिरिक्षकसम्म केहि समय अगाडी देखि सेवा निवृत जीवन विताइ रहेको छु ।

 

सेवा अवधिको विद्धमान कानुनि व्यवस्थाले गर्दा अझै केहि गरौँ भन्ने जोश , जाँगर र उत्साह रहँदै सेवा निवृत भएकोले कहाँ कसरि आफ्नो जीवनको आगामी दिनहरु आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ भन्ने चिन्तन मनमै भए पनि लामो प्रहरी सेवाको दौरान हतपत कहिले आराम गर्न नपाएको र परिवारसंग समय विताउन पनि नपाएकोले गर्दा केहि समय घर परिवार र आफ्नै निम्ती खर्च गरौँ भन्ने सोचबाट निर्दिष्ट रहेर त्यसै अनुसार बसिरहेको थिएँ ।

 

तर यस्तैमा सारा सँसारलाइ नै दुख दिने कोरोना भाइरसको महामारी सुरु भएर त्यसको प्रभावले हाम्रो मुलुकलाइ पनि आक्रान्त पार्दै लगेपछि यो समस्याको दौरान देश र जनताको हितमा केहि गर्न सकिन्छ कि रु भन्ने चिन्ता हुनु स्वाभाविक थियो ।

त्यसै दौरान विभिन्न साथीभाइहरु संग छलफल र कुराकानी हुँदै गर्दा संघीय संसदका माननीय सदस्यद्वय महेश बस्नेत र किसान श्रेष्ठसंग पनि कुराकानी भयो र कुराकानीको दौरान वहाँहरुले लक्डाउनले अलपत्र परेकाहरुको उद्दार गर्न वा उनिहरुलाइ सुरक्षित घर पुर्याउन कसरि सकिन्छ भन्ने अध्ययन गर्नको लागि सुरुमा बनेपा बर्दिवास सडकबाट घर जानेहरुको के कस्तो अवस्था छ भनेर हेर्न जाने योजनामा रहेको जानकारी दिनु भएपछि म पनि त्यस विषयमा केहि सुझाव , सल्लाह दिन सक्ने , योजना निर्माण गर्न सक्ने छु भन्ने ठानेर वहाँहरुसंगै गएको थिएँ ।

 

नेपाल प्रहरीको पुर्व महानिरिक्षेकको हिडडुल यसै पनि सवैलाइ थाहा हुन्छ , त्यसमा पनि मैले जाँदै गर्दा बाटोमा परेको काभ्रे जील्ला एसपीसंग त फोनमा कुरा नै गरेर जाम हटाउन भूमिका खेल्न अनुरोध नै गरको थिएँ ।

संकटमा मानवीय सहयोग अनि राजकीय रुपमा उद्दार के कसरि हुनसक्छ भन्ने प्रमुख लक्ष्य सहितको त्यो यात्राको दौरान पनि माननीयज्युहरु निरन्तर जस्तै राजनीतक कुराकानी पनि गर्नु हुन्थ्यो जुन मलाई अस्वाभाविक पनि लागेन ।

 

यसैक्रममा हामि सवैको चिनजानका साथी मनानिय डाक्टर सुरेन्द्र यादवजीको जनकपुर स्थित् घरमा गएर खाना खाएका थियौं र त्यहाँ माननीयज्युहरुसंग आपसी कुराकानी गर्ने क्रममा माननीय सुरेन्द्र यादवजीले पार्टीको आन्तरिक अवस्थाहरु अवगत गराउनु भयो र त्यहीं क्रममा धनुषामै वहाँले आफ्ना सहकर्मी उमाशंकर अडगरिया लगायतसंग कुराकानी गरेपश्चात वहाँ हामीसंगै काठमान्डौ आउने कुरा भयो जस अनुसार हामि अत्यन्त सोहाद्रता साथ संगसंगै काठमान्डौ आयौं ।

 

आफ्नो ड्राइभर , बडीगार्ड , स्वकीय सचिव अनि आफन्त सहित आउनु भएका माननीय सुरेन्द्र यादवज्युलाइ नक्सालमा अवस्थित वहाँ बस्ने होटेलमा छोडेर म आफ्नो घर आएर सुतेको थिएँ ।

 

जव केहिबेर आराम गरेर उठें तव बिभिन्न अनलाइन देखि कतिपय सामाजिक संजालमा माननीय सुरेन्द्र यादवजिको अपहरण भएको भन्ने मात्रै हैन त्यस काममा म समेत सहभागी भएको भन्ने जस्ता भ्रमपूर्ण समाचारहरु पढन पाएँ ।

 

माननीय सुरेन्द्र यादवजी अपहरित भएको वा त्यस्तो केहि हैन भनेर वहाँ स्वयमले प्रष्ट पारिसक्नु भएकोले त्यस बारेमा अरु केहि भन्न आवश्यक नै छैन तर हुँदै नभएको कुरालाइ आधार मानेर जे जसरि म समेतलाइ अपहरणकारीको रुपमा प्रचार गर्ने काम गरिएको छ त्यसको निन्दा र भर्त्सना गर्दछु ।

 

मानवीय सेवा भाव र राजकीय जिम्मेवारी वोध सहितको कामको योजना लिएर हिंडनु भएका माननीय सदस्यज्युहरुले त्यसो गर्दै गर्दा आफ्ना सारा राजनीतिक सम्पर्क र कुराकानीहरु रोक्नु पर्थ्यो भन्ने कुरा पनि भएन र वहाँहरु उद्दार र सहयोगको बारेमा चिन्तित रहँदै गर्दा पनि आफ्नो नेतृत्वसंग सम्पर्कमा रहने र गतिविधिको जानकारी दिने अनि संयोगले नै भएको भएपनि भएका राजनीतिक कुराकानीहरुको विषयमा आवश्यक समन्यव र जानकारी दिने कुरालाइ अस्वाभाविक मान्ने पनि कुरा थिएन ।

 

म देश र जनताको सुरक्षामा आफ्नै ज्यान खतरामा हालेर खटेको एक सिपाही हुँ , जे गरें त्यो सवै यहाँहरु सवैलाइ थाहा छ , प्रहरी सेवाको समय सकिए पनि जीवन सकिएको छैन , फेरी पनि कुनै न कुनै रुपमा देश र जनताको हित हुने काममा लागी रहनेछु तर कुनै पनि दिन आफ्नो स्वार्थको खातिर कुनै अनैतिक र गैरकानुनी काम गर्ने छैन ।

 

जनताको साथ् , समर्थन र मायाको आडमा हिजो जसरि प्रहरी भएर अपराधीहरुको दोहोलो काढेको थिएँ, अव पनि समाजमा व्याप्त थुप्रै विकृति विसंगतिहरुको विरुद्ध कुनै न कुनै रुपमा भूमिका निर्वाह गर्नेनै छु ।

 

मलाइ विश्वास छ , सदाझैं जव सत्यले असत्यलाइ विस्थापित गर्नेछ तव अफवाह , भ्रम र नियोजित रुपमा चालिएका वदनामीका योजनाहरु विगतमा जस्तै पानीको फोका सावित हुनेछन ।
धन्यवाद

(सर्वेन्द्र खनालको फेसबुकबाट )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.