logo

डा. बाबुराम भट्टराईले लेखेको ट्वीटको इज्जत जोगाइदिन नेपाल प्रहरीले मानेन

      4/26/2020 गते 00 00 मा प्रकाशित     1426   पटक पढिएको

काठमाडौं १३ बैशाख 

बाबुराम र विश्वदीपले सांसद् सुरेन्द्र यादवको अपहरण भएको भन्दै सनसनीपूर्ण ट्वीट लेखेका थिए । तर, पछि सुरेन्द्रले आफ्नो अपहरण नभएको बताए भने महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालहरुले पनि आफूहरुले अपहरण नगरेको बताए ।

तर, अपहरण भएको भन्दै बाबुराम र विश्वदीपले ट्वीटरमा लेखिसकेका थिए । बाबुरामले आफ्नो बदनाम गरेको भन्दै महेश बस्नेतले साइबर क्राइममा मुद्दा हाल्ने बताएपछि बाबुरामलाई आपत पर्‍यो । त्यसपछि उनलाई अपहरणको संगीन आरोप गलत सावित भएकोमा पनि लज्जाबोध भयो । त्यसपछि बाबुरामको समूहले अपहरणको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिन गएको थियो । काठमाडौं प्रहरीले राजनीतिक विवादलाई अपहरणको आरोपमा रुपान्तरण गरेको भन्दै जाहेरी दर्ता गर्न नमानेको हो ।

जाहेरी दर्ता गर्न जाँदा पनि बाबुरामले मिडियामा आउने र छाउने अनि स्टन्टबाजी गर्ने मौका छाडेनन् । उनी हूल बाँधेर काठमाडौं प्रहरी परिसर टेकुमा पुगेका थिए । बाबुरामहरुलाई पहिले नै थाहा थियो– राजनीतिक विवादको विषयलाई आधार बनाएर अपहरणको आरोप लगाउँदा जाहेरी दर्ता हुँदैन ।

दर्ता नै नहुने खालको जाहेरी बोकेर जाने, दर्ता हुँदैन अनि उछलकूद गर्दै हल्लाखल्ला गर्ने बाबुरामहरुको योजना रहेको प्रष्ट छ । बाबुरामले प्रहरी परिसरमै बसेर ‘जाहेरी दर्ता भएन, नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वाश गर्ने ?’ भन्दै ट्वीट लेखिहाले । प्रहरीले अपहरणको जाहेरी दिने हो भने महोत्तरीमा दिनु भनेर पठाएको छ ।

दर्ता नै नहुने खालको जाहेरी बोकेर जाने, दर्ता नभएपछि त्यसैलाई ईश्यू बनाएर उछलकूद गर्ने बाबुरामको रणनीति प्रष्टै देखियो ।

सुरेन्द्र यादव पहिले समाजवादी पार्टी फुटाउने पक्षमा थिए । तर, महोत्तरीबाट महेश बस्नेतको टोलीसँग काठमाडौं आए लगत्तै उनले समाजवादी र राजपा एकीकरण हुने सुने । स्रोत अनुसार बार्गेनिङमा पनि सुरेन्द्रलाई चित्त बुझेको थिएन । सुरेन्द्र काठमाडौंको मेरियट होटलमा बसेका थिए । बिहानै उनी होटल छाडेर बाबुरामको टोलीसँग बाबुरामको निवास पुगेका थिए ।

सुरेन्द्र यादवले आफ्नो अपहरण नभएको भनी विभिन्न मिडियालाई भिडियो अन्तर्वार्ता दिइसकेका छन् । 

अनेक खाले उछलकूद गर्ने र चर्चामा आउन चाहने बाबुरामले अपहरणको हास्यास्पद मुद्दालाई मसला किन बनाए भनी प्रश्न उठ्न थालेको छ । कतिपयको टिप्पणी छ– कुनै न कुनै उछलकूद गरेर चर्चा र विवादमा आएर आफ्नो औचित्य सिद्ध गर्न चाहने बाबुरामको स्वभाव छ । अर्काे कुरा, मधेसवादी दलमा पसेपछि उनीहरुले राजनीति गर्न जान्दैनन्, यसरी राजनीति गर्नुपर्छ भन्दै सिकाउने र उनीहरुको नेतृत्व लिने रणनीति अनुसार पनि बाबुरामले यस्ता किसिमका फण्डाहरु गरिरहरहेको हुनसक्ने बताइएको छ ।https://sunrisekhabar.com/

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.