logo

हौसला दिनुको सट्टा  हातोत्साही गर्न अनेकौ आरोपहरु लगाइनु  जायज र न्याय संगत हुदैन

कमल मोहन पोख्रेल

      5/18/2020 गते 00 00 मा प्रकाशित     1544   पटक पढिएको

विश्वव्यापी रुपमा फैलिएको कोरना महामारी जस्तो संवेदनशिल समस्याको सम्बोधनका लागी गर्नुपर्ने टेस्ट,ट्रेस र प्रोटेक्ट  लगायतका मुख्य जिम्मेवारी संघीय सरकार को हो ।

 

        सहायक जिम्वेवारी प्रदेश सरकारको हो । संघ तथा प्रदेश सरकार सँग समन्वय सहकार्य गर्दै उसले दिएको जिम्वेवारी वहन गर्ने, स्थानीय जनशक्ती र स्रोतको परिचालन गर्दै सक्रमण फैलिन नदिन आवश्यक कदम चाल्ने, र रोकथामका प्रयास गरी वस्तुस्थिति को बारेमा प्रदेश तथा संघीय सरकारलाइ जानकारी दिने, स्थानीय स्तरमा क्वारेन्टिनको  व्यवस्था गर्ने, आवश्यकता भएका विपन्न नागरिकलाइ राहत वितरण गर्ने, आइसोलेसन वार्डहरुको व्यवस्थापनको समन्वय गर्ने, कोही संक्रमित भएमा सुरक्षित उपचारको प्रवन्धका निम्ती क्रियाशिल हुने र यस्का निम्ती संघ सरकार र यसका निकायलाइ खबरदारी गर्ने कार्य स्थानीय सरकारको हो ।

 


वीरगंजमा समयमा नै संभावित सक्रमितहरुलाइ परिक्षण नगरिएका कारण यो फैलिदो छ । शंकित व्यक्तीहरुलाइ वेलैमा परिक्षणको दाएरमा ल्याउन नसक्नु र परिक्षणका लागी समयमा नै पिसीआरमेशिन संचालनमा ल्याउन नसक्नु संघीय र प्रदेश सरकारको गंभिर कमजोरी रह्यो ।

 

परिणामतः वीरगंज अहिले कोरनाका कारण आक्रान्त बनिसकेको छ । यस घडिमा कोरना सँग लडन कसले के भुमिका बहन गरे । छातिमा हात राखेर निष्पक्षताका साथ मुल्याङकन गर्नै पर्छ । महानगरपालिकाले आफनो दायित्व पुरा गर्यो की गरेन अथवा के केमा कमजोरी गर्यो इमान्दारीका साथ समिक्षा हुनै पर्छ । गलत गरेको रहेछ भने उ पनि कानूनको दाएरामा आउला नै ।

तर आफनो ज्यान हातमा लिएर निरन्तर जनताका निम्ति खटिरहेको महानगर र यसको नेतृत्वलाइ उचित हौसला दिनुको साटो अनाहकमा अनेका किसिमका झुठा लान्छना र आरोपहरु लगाइनु कतिको जायज र न्याय संगत हुन्छ ?


स्मरणीय छ, लकडाउनको घोषणा हुनभन्दा अगाडि देखी वीरगंज महानगरपालिकाले कोरनाका संक्रमितका लागी छुट्टै अस्पतालको आवश्यक्ता महशुस गरी केन्द्रीय सरकार र प्रदेश सरकार सँग पत्राचार गर्यो तर सुनवाइ भएन ।

 

अन्त्तत महानगरपालिकाले आफनै अगुवाइमा निशुल्क संचालन गर्न पाउने गरी गण्डक अस्पतालको व्यवस्था गरेर संचालन अनुमतिका लागि  संघीय सरकारसँग गरेको निरन्तरको हारगुहार बाट संचालन अनुमति प्राप्त भइ महानगरले त्यो अस्पताल आफना जिम्मामा लिइ नारायणी अस्पताललाइनै संचालनका लागी जिम्मा लगाउँदा सम्म पनि संचालनमा अबरोध सृजना गर्ने गराउने प्रयत्न भइरहेको हल्ला सुनिएको छ । जसका कारण नारायणी उपक्षेत्रिय अस्पताललाइ साधरण अस्पतालकै रुपमा संचालन गर्नुपर्ने भन्ने यहाँका राजनीतिक दल र जनताको भावनामा कुठाराघात भएको छ ।

 

परिणामतः गरिव विपन्न वर्गले उपचार नपाइ छटपटाइ छटपटाइ मर्नु पर्ने अवस्था सृजना भएको छ ।
वीरगंजमा दिनप्रतिदिन कोराना विमारीहरु बढदै छन् ।

 

      यस्तो अबस्थामा थप क्वारिन्टिन र आइसोलेशन सेन्टरहरुको व्यवस्था गर्नु पर्ने भएकाले संभावित ठाउँहरुको खोजि र पहिचान गर्ने प्रयास हुँदा मात्र पनि सम्बन्धीत ठाउँका केही मानिसले विरोध गर्दै आफनो एरिया र क्षेत्रमा आइशोलेशन वा क्वारिन्टिन राख्न नदिने भन्दै महानगरको नेतृत्वलाइ सामाजिक संजाल बाट छेडखानी र गालिगलौज गरिरहेको देखिन्छ । क्वारिन्टिन र आइसोलेशनमा बस्ने पनि हाम्रै दाजुभाइ हुन ।

 

 

   क्वारिन्टिन र आइसोलेशन हाम्रै लागी हो भन्ने सम्म पनि नबुझी यस्तो महामारीमा पनि सर्वसाधारणलाइ भडकाउने गरी सामाजिक संजालमा लेख्ने कार्यले कोरना महामारी रोकथाम  र नियन्त्रण गर्ने कार्यमा कस्तो असर पर्ला ?  वीरगंजका हरेक सचेत नागरिकले सोचौ । सही लाइ सहि र गलत लाइ गलत भन्ने क्षमताको विकास गरौ । करोनाका विरुद् एकताबद्ध भएर लडौ ।(उहाँको सामाजिक संजालबाट )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.