logo

गर्व गर्न लायक कहिले होला हाम्रो प्रदेश ? 

      6/6/2020 गते 00 00 मा प्रकाशित     1551   पटक पढिएको

शिवनाथ यादव 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार जेठ २३ गते शुक्रवार साँझ सम्म देशमा जम्मा संक्रमतिको संख्या २९१२ हुदाँ प्रदेश नं. २ मा मात्र ९९३ जना संक्रमित छन । संक्रमितको हिसावले प्रदेश नं. २ पहिलो स्थानमा छ भने ९६५ संख्या सहित प्रदेश नं. ५ ले पछयाईरहेको छ ।  यस हिसावले प्रदेश नं. २ नोवेल कोरोना भार्इंरसको कति जोखिममा छ सहजै अनुमान लगाउन सकिन्छ ।

प्रदेश नं. २ जहिले पनि पछडी रहने प्रदेशको रुपमा चिनिन्छ जस्तै, शिक्षा, स्वास्थ्य, सरसफाई, प्रति व्यतिm आम्दानी आदी ईत्यादीमा तर यो कोरोना भने अगाडी देखियो । कोरोना संक्रमणमा अगाडी देखिए पनि यसको रोकथाम तथा तयारी भने पछाडी नै । प्रदेश नं. २ मा तयार गरिएका क्वारेनटिनको अवस्था हेर्दा कोरोना उत्पादन गर्ने कारखाना जस्तो देखिन्छ ।

न त कुनै तयार गर्नेले कुनै मापदण्ड अनुसार तयार गरेका छन् न त वस्नेले पनि नियम पालना गरेका छन् । सामाजिक दूरी कायम गर्नु पर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, कोरोनासंग लडनका लागि पोषिलो खाना खानु पर्ने, मास्क लगाएर बस्नु पर्ने अहिलेको समान्य नियम नै हो र यसलाई पालना गर्नका लागि सरकारले नागरिकलाई अनुरोध गरिरहेको छ । प्रदेश सरकार र स्थानीय सरकारले यसको प्रचार प्रसारका लागि लाखौ खर्च गरिरहेका छन । आफै आम जनतालाई यस्ता नियम पालना गर्नका लागि अनुरोध गर्ने सरकारले तयार गरेको क्वारेनटिनमा भने यी व्यवस्था भएको देखिदैन । 

समान्यतया सार्वजनिक विद्यालयलाई नै क्वारेनटिन बनाईएको देखिएको छ । जहाँ एउटा मात्र चापाकल, अपुग शौचालय, एउटै कोठामा ५० जना सम्म बस्ने गरी डेस्क ब्रेन्चलाई जोडेर बनाईएको खाट के यहि हो हाम्रो तयारी ? के यहि हो हाम्रो सरकारको अनुभूति ? नियम पालना गर्नका लागि आम जनतालाई अनुरोध गर्नेले स्वयम व्यवस्थापन गर्दा यस्ता कुरामा ध्यान किन जादैन ? हरेक स्थानीय तहमा अधिकृत स्तरमा कर्मचारीहरु छन् । उनीहरुको ध्यान कहाँ गएको छ ? प्रदेश सरकारको अनुगमन खोई ? स–साना कार्यक्रम हुदाँ उद्धघाटनमा जाने हाम्रा विधायक र मन्त्री ज्युहरु कत हुनुहुन्छ अहिले ? के  हाम्रा सरकारले व्यवस्थापन गर्न नसकेकै हुन त की नचाहेका हुन ? की हामी सधै यस्तै हो । हामीले गर्ने कामको गुणस्तरमा कहिले सुधार आउने ?


रोजगारीका लागि भारत गएकाहरु नेपाल फर्किए र उनीहरुलाई स्थानीय तहमा बनाईएको क्वरेनटिनमा राखिएको छ जुन एकदमै अव्यवस्थित छ । हामीलाई पहिला नै थाहा थियो हाम्रा जनताहरु धेरै बाहिर छन् । यो लकडाउन लम्बियो भने उनीहरु बसेको ठाउँमा समस्यामा पर्छन र नेपाल फर्कन्छन तर पनि हामी त्यसका लागि तयारी गरेनौ । न त हाम्रा जनताहरु बसेकै ठाउमा राख्नका लागि पहल ग¥यांै न यहाँ आए पछि व्यवस्थित राख्न सक्यौ त आखिर हामीले ग¥यौ के ? आम जनताले यो प्रश्न गर्नु स्वभाविक नै छ । खोई त हाम्रो तयारी ? हामी के तयार गरयौ । बोर्डरमा पनि हाम्रा जनता दुःख पाएकै हुन् । खान नपाएर ज्यान गुमाएकै हुन् ।

पैदल हिडेर घर आएकै हुन् त हाम्रा सरकार, हाम्रा प्रदेश के का लागि ? हाम्रा विधायक, हाम्रा मन्त्री के का लागि ?
कतिपय प्रदेशले आफ्ना जनतालाई लिनका लागि बोर्डरमा गए, आफैले गाडी पनि चलाए, मुख्य मन्त्री संक्रमितसँग फोनमा कुराकानी गरेर कोरोनासँग लड्नका लागि हौसला बढाए, सामाजिक विकास मन्त्री क्वारेनटिनको अनुगमन गरे त्यहाँका वसेकाहरुसँँग भालकुसारी गरे तर हाम्रा प्रदेश २ का ले के गरे ? स्थानीय सरकरले प्रदेश सरकारलाई, प्रदेश सरकारले संघीय सरकारलाई गाली गरे, संघीय सरकारले नसुनेको जस्तो गरे, चर्का चर्का कुरा गरे हामीले देखेको त यति न हो ! अनि आम जनताले किन गाली नगरुन ! शुरु शुरुमा त भयंकर तयारी गरेको जस्तो गरेर सामाजिक संजाल फोटो हाले । ५ बेडको क्वारेनटिन बनाएर स्थानीय तहको बजेट सके । जिल्लामा केही थान आईसोलोशन बनाएर भयंकर तयारी गरेको गफ मारे तर  संक्रमित भेटन थाले तव सम्म जना कुन दुलोमा पसे ।

त्यती मात्र होईन जव केही थान पत्रकार साथीहरु आईसोलेशनमा गएर त्यहाका बेतिथि बाहिर ल्याए  अनि मात्र जनताले वास्तविक तयारीको बारेमा थाहा पाए । आफैले पौष्टिक आहार खानु भनेर सिकाउने डाँक्टरहरुकै निगरानीमा रहेको आईसोलोशनमा भुजा पकौडा खान दिईयो । कालो प्लास्टिकमा खाना दियो अनि हाम्रो तयारी कहाँ भनेर बाहिर आयो । के यहि हो हाम्रो तयारी ? के यहि हो हामीले हाम्रा जनताका लागि गरेका काम ?
बैदेशिक रोजगारीका लागि बाहिर जानेको संख्या पनि प्रदेश नं. २ मा धेरै छ । शुक्रवारबाटै सरकारले विदेशमा समस्यामा परेकालाई उद्दार गर्न शुरु गरिसकेको छ ।

पक्कै पनि त्यसमा प्रदेश नं. २ जनता पनि आउने छन । अव तिनीहरुको समेत व्यवस्थापन प्रदेशले कसरी गर्छ किन भने संघिय सरकारले त सकेसम्म विदेशीकै सहयोगमा विमान मगाउने र एक दिन सम्म काठमाडौको होल्डिगमा राख्ने प्रदेशको जिम्मा नै लगाउने नीति बनाएको छ । अव प्रदेश सरकारल कसरी व्यवस्थापन गर्ने हो ? विषयमा अहिले प्रदेश तथा स्थानीय सरकारले यसको बारेमा बोलेका छैनन् । तयारी गरेको देखिदैन । आखिर हामी तयारी गर्नमा किन पछाडी ? के हामी यस्तै त हो नि ब्रो गित गाउने हो की ?


कुनै ठाउको पिसिआर मेशिनले गल्त रिपोर्ट दिने, कुनै ठाउँ पिसिआर मेशिन महिनौ दिन सम्म थन्केर बस्ने, कुनै ठाउमा मेशिन भए पनि आवश्यक सामाग्रीको अभावमा परिक्षण बन्द गर्नु पर्ने, कुनै मेशिनले रिपोर्ट नै गलत दिने आखिर यी सव हाम्रै प्रदेशमा किन हुन्छ ? परिक्षणका लागि आन्दोलन गर्नुपर्ने, क्वारेनटिनमा बसेकाहरुले स्वास्थकर्मीको टाउको फुटाई दिने यसले नै हामी कति व्यवस्थित छौ र हाम्रा सरकार जनताप्रति कति जवाफदेहि छ भनेर उजागर गर्छ । कोरोना महामारीले धेरै नै संकट निमत्याएको छ । तर, कतिपय राम्रो अवसर पनि प्रदान गरेको छ ।

वातावरणको स्वच्छता लगायत कतिपय सकारात्मक परिवर्तन पनि ल्याएको छ । यो महामारीले जनप्रनिधिहरुको परिक्षा लिने काम गरिरहेको छ । जनताको लागि राजनीति गर्ने भनेका जनप्रतिनिधिले जनताको लागि के गरे ? भनेर जनताले परिक्षा पनि संगसंगै लिईरहेको छ । सरकार चाहे जुन तहको होस, स्थानीय, प्रदेश वा संघ जनताले सवैको कामको मुल्यांकन गरिरहेका छन् । आखिर सरकार बनाएर जनताको काम नगरी जनतलाई सन्तुष्ट पार्न नसक्ने अनि कार्यकर्ता खुशी भए मात्रै सरकार सफल भयो भन्ने भ्रमबाट सरकार मुक्त हुन जरुरी छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.