logo

गर्व गर्न लायक कहिले होला हाम्रो प्रदेश ? 

      6/6/2020 गते 00 00 मा प्रकाशित     1636   पटक पढिएको

शिवनाथ यादव 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार जेठ २३ गते शुक्रवार साँझ सम्म देशमा जम्मा संक्रमतिको संख्या २९१२ हुदाँ प्रदेश नं. २ मा मात्र ९९३ जना संक्रमित छन । संक्रमितको हिसावले प्रदेश नं. २ पहिलो स्थानमा छ भने ९६५ संख्या सहित प्रदेश नं. ५ ले पछयाईरहेको छ ।  यस हिसावले प्रदेश नं. २ नोवेल कोरोना भार्इंरसको कति जोखिममा छ सहजै अनुमान लगाउन सकिन्छ ।

प्रदेश नं. २ जहिले पनि पछडी रहने प्रदेशको रुपमा चिनिन्छ जस्तै, शिक्षा, स्वास्थ्य, सरसफाई, प्रति व्यतिm आम्दानी आदी ईत्यादीमा तर यो कोरोना भने अगाडी देखियो । कोरोना संक्रमणमा अगाडी देखिए पनि यसको रोकथाम तथा तयारी भने पछाडी नै । प्रदेश नं. २ मा तयार गरिएका क्वारेनटिनको अवस्था हेर्दा कोरोना उत्पादन गर्ने कारखाना जस्तो देखिन्छ ।

न त कुनै तयार गर्नेले कुनै मापदण्ड अनुसार तयार गरेका छन् न त वस्नेले पनि नियम पालना गरेका छन् । सामाजिक दूरी कायम गर्नु पर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, कोरोनासंग लडनका लागि पोषिलो खाना खानु पर्ने, मास्क लगाएर बस्नु पर्ने अहिलेको समान्य नियम नै हो र यसलाई पालना गर्नका लागि सरकारले नागरिकलाई अनुरोध गरिरहेको छ । प्रदेश सरकार र स्थानीय सरकारले यसको प्रचार प्रसारका लागि लाखौ खर्च गरिरहेका छन । आफै आम जनतालाई यस्ता नियम पालना गर्नका लागि अनुरोध गर्ने सरकारले तयार गरेको क्वारेनटिनमा भने यी व्यवस्था भएको देखिदैन । 

समान्यतया सार्वजनिक विद्यालयलाई नै क्वारेनटिन बनाईएको देखिएको छ । जहाँ एउटा मात्र चापाकल, अपुग शौचालय, एउटै कोठामा ५० जना सम्म बस्ने गरी डेस्क ब्रेन्चलाई जोडेर बनाईएको खाट के यहि हो हाम्रो तयारी ? के यहि हो हाम्रो सरकारको अनुभूति ? नियम पालना गर्नका लागि आम जनतालाई अनुरोध गर्नेले स्वयम व्यवस्थापन गर्दा यस्ता कुरामा ध्यान किन जादैन ? हरेक स्थानीय तहमा अधिकृत स्तरमा कर्मचारीहरु छन् । उनीहरुको ध्यान कहाँ गएको छ ? प्रदेश सरकारको अनुगमन खोई ? स–साना कार्यक्रम हुदाँ उद्धघाटनमा जाने हाम्रा विधायक र मन्त्री ज्युहरु कत हुनुहुन्छ अहिले ? के  हाम्रा सरकारले व्यवस्थापन गर्न नसकेकै हुन त की नचाहेका हुन ? की हामी सधै यस्तै हो । हामीले गर्ने कामको गुणस्तरमा कहिले सुधार आउने ?


रोजगारीका लागि भारत गएकाहरु नेपाल फर्किए र उनीहरुलाई स्थानीय तहमा बनाईएको क्वरेनटिनमा राखिएको छ जुन एकदमै अव्यवस्थित छ । हामीलाई पहिला नै थाहा थियो हाम्रा जनताहरु धेरै बाहिर छन् । यो लकडाउन लम्बियो भने उनीहरु बसेको ठाउँमा समस्यामा पर्छन र नेपाल फर्कन्छन तर पनि हामी त्यसका लागि तयारी गरेनौ । न त हाम्रा जनताहरु बसेकै ठाउमा राख्नका लागि पहल ग¥यांै न यहाँ आए पछि व्यवस्थित राख्न सक्यौ त आखिर हामीले ग¥यौ के ? आम जनताले यो प्रश्न गर्नु स्वभाविक नै छ । खोई त हाम्रो तयारी ? हामी के तयार गरयौ । बोर्डरमा पनि हाम्रा जनता दुःख पाएकै हुन् । खान नपाएर ज्यान गुमाएकै हुन् ।

पैदल हिडेर घर आएकै हुन् त हाम्रा सरकार, हाम्रा प्रदेश के का लागि ? हाम्रा विधायक, हाम्रा मन्त्री के का लागि ?
कतिपय प्रदेशले आफ्ना जनतालाई लिनका लागि बोर्डरमा गए, आफैले गाडी पनि चलाए, मुख्य मन्त्री संक्रमितसँग फोनमा कुराकानी गरेर कोरोनासँग लड्नका लागि हौसला बढाए, सामाजिक विकास मन्त्री क्वारेनटिनको अनुगमन गरे त्यहाँका वसेकाहरुसँँग भालकुसारी गरे तर हाम्रा प्रदेश २ का ले के गरे ? स्थानीय सरकरले प्रदेश सरकारलाई, प्रदेश सरकारले संघीय सरकारलाई गाली गरे, संघीय सरकारले नसुनेको जस्तो गरे, चर्का चर्का कुरा गरे हामीले देखेको त यति न हो ! अनि आम जनताले किन गाली नगरुन ! शुरु शुरुमा त भयंकर तयारी गरेको जस्तो गरेर सामाजिक संजाल फोटो हाले । ५ बेडको क्वारेनटिन बनाएर स्थानीय तहको बजेट सके । जिल्लामा केही थान आईसोलोशन बनाएर भयंकर तयारी गरेको गफ मारे तर  संक्रमित भेटन थाले तव सम्म जना कुन दुलोमा पसे ।

त्यती मात्र होईन जव केही थान पत्रकार साथीहरु आईसोलेशनमा गएर त्यहाका बेतिथि बाहिर ल्याए  अनि मात्र जनताले वास्तविक तयारीको बारेमा थाहा पाए । आफैले पौष्टिक आहार खानु भनेर सिकाउने डाँक्टरहरुकै निगरानीमा रहेको आईसोलोशनमा भुजा पकौडा खान दिईयो । कालो प्लास्टिकमा खाना दियो अनि हाम्रो तयारी कहाँ भनेर बाहिर आयो । के यहि हो हाम्रो तयारी ? के यहि हो हामीले हाम्रा जनताका लागि गरेका काम ?
बैदेशिक रोजगारीका लागि बाहिर जानेको संख्या पनि प्रदेश नं. २ मा धेरै छ । शुक्रवारबाटै सरकारले विदेशमा समस्यामा परेकालाई उद्दार गर्न शुरु गरिसकेको छ ।

पक्कै पनि त्यसमा प्रदेश नं. २ जनता पनि आउने छन । अव तिनीहरुको समेत व्यवस्थापन प्रदेशले कसरी गर्छ किन भने संघिय सरकारले त सकेसम्म विदेशीकै सहयोगमा विमान मगाउने र एक दिन सम्म काठमाडौको होल्डिगमा राख्ने प्रदेशको जिम्मा नै लगाउने नीति बनाएको छ । अव प्रदेश सरकारल कसरी व्यवस्थापन गर्ने हो ? विषयमा अहिले प्रदेश तथा स्थानीय सरकारले यसको बारेमा बोलेका छैनन् । तयारी गरेको देखिदैन । आखिर हामी तयारी गर्नमा किन पछाडी ? के हामी यस्तै त हो नि ब्रो गित गाउने हो की ?


कुनै ठाउको पिसिआर मेशिनले गल्त रिपोर्ट दिने, कुनै ठाउँ पिसिआर मेशिन महिनौ दिन सम्म थन्केर बस्ने, कुनै ठाउमा मेशिन भए पनि आवश्यक सामाग्रीको अभावमा परिक्षण बन्द गर्नु पर्ने, कुनै मेशिनले रिपोर्ट नै गलत दिने आखिर यी सव हाम्रै प्रदेशमा किन हुन्छ ? परिक्षणका लागि आन्दोलन गर्नुपर्ने, क्वारेनटिनमा बसेकाहरुले स्वास्थकर्मीको टाउको फुटाई दिने यसले नै हामी कति व्यवस्थित छौ र हाम्रा सरकार जनताप्रति कति जवाफदेहि छ भनेर उजागर गर्छ । कोरोना महामारीले धेरै नै संकट निमत्याएको छ । तर, कतिपय राम्रो अवसर पनि प्रदान गरेको छ ।

वातावरणको स्वच्छता लगायत कतिपय सकारात्मक परिवर्तन पनि ल्याएको छ । यो महामारीले जनप्रनिधिहरुको परिक्षा लिने काम गरिरहेको छ । जनताको लागि राजनीति गर्ने भनेका जनप्रतिनिधिले जनताको लागि के गरे ? भनेर जनताले परिक्षा पनि संगसंगै लिईरहेको छ । सरकार चाहे जुन तहको होस, स्थानीय, प्रदेश वा संघ जनताले सवैको कामको मुल्यांकन गरिरहेका छन् । आखिर सरकार बनाएर जनताको काम नगरी जनतलाई सन्तुष्ट पार्न नसक्ने अनि कार्यकर्ता खुशी भए मात्रै सरकार सफल भयो भन्ने भ्रमबाट सरकार मुक्त हुन जरुरी छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.