logo

नीतिमा कृषि क्रान्तीका कुरा तर, व्यवहार कृषक सधैं पिडित 

      6/10/2020 गते 00 00 मा प्रकाशित     1644   पटक पढिएको

शिवनाथ यादव 
देशमा कयौ क्रान्तीहरु भए, क्रान्तीकै जगमा टेकेर व्यवस्था परिवर्तन भयो । लोकतन्त्र,गणतन्त्र हुदै देशमा संघियता आयो । क्रान्ती गर्नेहरु सत्तामा आए । देशमा तीन तहको सरकार आयो । क्रान्ती गर्ने बेला देखि केषि क्रान्ती गर्ने भन्नेहरुको नीतिमा त कृषि क्रान्ती आयो तर व्यवहारमा कहिले आए । नीति तथा कार्यक्रममा कृषि क्रान्तीका कुरा गरे पनि त्यसको लाभ कृषकले लिन सकेन भन्दा पनि सरकारले दिन चाहेन । दिनेहरु नियतले दिएन । कृषि प्रधान देश भनिए पनि कृषिलाई प्राथमिकतामा राखिएन । संघ वा प्रदेश सरकार नीतिमा कृषि क्रान्तीका कुरा गरे पनि कृषक सधे पिडित नै भए । 


रोपाई गर्ने बेलामा मल विउमा लफडा, धान फल्यो मुल्यमा लफडा, मकै रोप्यो व्यापारीको मनोमनी उचित मूल्यको अभाव, तरकारीमा पनि विचौलीयाको मनोमनी । कृषिमा गरेको लगानी पनि उठाउन नसक्ने भएपछि कसरी हुने हो कृषिमा क्रान्ती ? सधै किसानलाई समस्या भईरहने तर विचौलीया र व्यवसायी मोटाईरहने यस्तो छ यहाँको चलन । खेती गर्ने पनि उही पुरानो तरिका । नयाँ प्रविधि भनौ वा जे भनौ जनताका लागि ट्र्याक्टर एउटा साथी बनेको छ । त्यसमा पनि गरिबलाई राहत भन्दा पनि धनिका लागि कमाई खाने धन्धा । 


अहिले देशमा तीन तहको सरकार छ । सरकारहरुको नीतिमा त कृषि क्रान्तीका कुरा हुन्छ तर व्यवहारमा हुदैन । व्यवस्था परिवर्तन त भयो तर नीतिमा भएका कुराहरु व्यवहार देखिएन । व्यवस्था परिवर्तन होस अरु कुनै आन्दोलन, कुनै कार्यक्रमको भाषण होस वा मन्त्रीको पदभार ग्रहण भाषणमा क्रान्तीको कुरा नहुने कुरै छैन तर बजेट छुट्याउने र त्यसको कार्यान्वयन गर्ने बेलामा अनेको समस्या देखाईन्छ र कार्यान्वयन रोकिन्छ । तराइमा  धान, गहु, मकैको खेती गरेर देश भरी अनाज पु¥याउने काम हुन्छ । तराई मधेशलाई अन्नको भण्डार भनेर पढदै आईरहेका छौ ।

हामीले पढने बेला देखि नै स्ुन्दै आएको यो कुरा अहिले पनि परिवर्तन भएको छैन । हुन त यो भनाई मात्र परिवर्तन नभएको होईन यो खेती शैली पनि परिवर्तन भएको छैन । पानी पर्ने समयमा धान लगाउने, काटने बेच्ने र साहुनको पैसा तिर्ने । बर्षमा दुई बाली मात्र लगाउने परम्परा अहिले पनि गएको छैन । परम्परा नगएको भन्दा पनि कृषिलाई आधुनिकिकरण गरिएन । किसानका लागि क्रान्ती भएन । सवैको लागि आधुनिकता आयो तर किसानका लागि आएन । बर्षको आधा दिन बाझो रहने जमिनका लागि कुनै पनि सरकारले सोचेन । असार १५ मा हलो जोत्नेहरु फर्केर कहिले पनि खेतमा गएनन ।

वर्षमा एक पटक फोटो खिचाउनका लागि हलो समात्नेहरु किसानका हात समातेन्न । किसानले उब्जाएको ताजा तरकारी मन पराउनेहरु किसानको समस्याको बारेमा कहिले ताजा बहश गरेनन अनि कसरी हुन्छ कृषिमा क्रान्ती ? कसरी हुन्छ किसानको पीडा कम ? अहिले कोभिड १९ को संक्रमणका बेला सवै उधोग धन्धाहरु बन्द भएका छन । बिदेशमा आफनो भविष्य उज्वल देख्नेहरु नेपालको भूमिमा आउनका लागि छटपटाईरहेका छन भने छिमेकी मुलुकमा गएकाहरु लामो संघर्ष गर्दै स्वदेश फर्केका छन ।

सवै कुरा बन्दा हु्दाँ सवैको आशाको केन्द्र बनेको छ कृषि ।  एउटा गमलामा भए पनि तरकारी रोप्नेहरु ठुलै काम गरेको झै सामाजिक संजालमा पोष्ट गरिरहेका छन । बाहिरबाट आएकाहरु पनि अव खेतीकिसानी गरेर भए पनि खाने तर बाहिर नजाने भनिरहेका छन । संघ देखि स्थानीय सम्म पनि कृषि क्रान्तीका चर्चाहरु चलिरहेका छन । कृषि प्रधान देशमा कृषिको चर्चा हुनु सुखद कुरा भए पनि चर्चामा आए जस्तो बजेट आएन । नारा त आयो तर कार्यक्रम आएन अनि कसरी हुन्छ कृषिमा क्रान्ती । अहिले अवस्थाामा पनि असारे विकास शुरु भएको छ ।

सडकमा माटो पुरी ग्रेवल गर्ने, प्रवेश द्धवार बनाउने र एक महिना भित्र बजेट सिध्याउने ? अहिले अवस्थामा खोई त धानको विउ वितरण गरेको ? खोई राहतमा मल खाद उपलब्ध गराएको ? संघिय सरकारले बजेट ल्याई सकेको छ भने प्रदेश सरकारहरुको आउने प्रकृयामा छ । स्थानीय सरकाहरुले भने कागजी रुपमा मिलाउने प्रकृयामा छन । संघिय सरकारले कृषमा ल्याएको कार्यक्रम प्रति स्वयम कृषि मन्त्री नै असन्तुष्ट रहेको कुरा बाहिर आईसकेकोले यसमा धेरै चर्चा नै गर्नु परेन ।

कतिपय प्रदेशहरुले किसानका लागि राहत दिने , कृषिमा क्रान्ती गर्ने,  स्थानीय तहमा कृषि आधुनिक उपकरण केन्द्र स्थापाना गर्ने, मल खाद तथा नगद सहित राहत दिने भनिएको छ । नारा हेर्दा त क्रान्ती होला जस्तो देखिन्छ तर व्यवहार हेर्दा कागज मात्र क्रान्ती होला जस्तो लाग्छ । संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रममा सोचेको र चर्चा भएको जस्तो न त कार्यक्रम आयो न त बजेट नै अब स्थानीय सरकरको हेर्न बाकी छ ।

हुन त स्थानीय सरकारले मात्र के नै गर्न सक्छ र । सबैको आशा स्थानीय सरकारमा हुन्छ तर बजेट भने संघिय सरकारमा । वास्तमा अहिलेको अवस्थामा कृषिमा क्रान्ती गर्न चाहेको भए सम्भव पनि थियो किन भने हामीलाई चाहिने जनशतिmको अभाव अहिले छैन न त बजार नै नपाउने समस्या । नीतिमा कृषिका कुरा गर्ने तर व्यवहारमा गिटटी र बालुवाका कुरा गर्नेहको ध्यान यस तर्फ जाओस । कागजमा भन्दा पनि व्यवहारमा कृषि क्रान्ती होस् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.