logo

कसका कारण आज वीरगंजको यस्तो अवस्था आयो ?ढेर साधु मठ उजाड भनेको यही हो

      8/3/2020 गते 00 00 मा प्रकाशित     2000   पटक पढिएको

शिवनाथ यादव 
वीरगंजमा अहिले नोवेल कोरोना भाईरस ( कोभिड १९ ) समुदाय स्तरमा फैलि सकेको छ । प्रत्येक दिन ५० जना जति संक्रमित भेटिने र २ जना सम्मको मृत्यु भईरहेको छ । त्रासको महौल छ ।

 

पिडाको महौल छ । कोरोनका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि प्रहरी प्रशासन तीन तीन घण्टा समुदायसंग भिडनु पर्ने छ ।

शदगतका लागि पनि शव तीन तीन दिन अस्पतालमै विताउनु पर्ने अवस्था छ । त्यस भन्दा पनि एक अर्कामा दोषारोपण गर्ने तर कोरोनासंगको लडाईका लागि तयारी नगरिएका कारण नेतृत्व प्रति आम मानिसको आक्रोस छ । वीरगंजमा बसेर अहिले वीरगंजको अवस्था हेर्दा सव थोक भएर पनि नभएको जस्तो देखिन्छ ।

 

हुन पनि हो यसो हेर्दा वीरगंजमा के को कमी छ ? प्रदेश २ कै सुविधा सम्पन्न अस्पताहरु छन । देशकै अर्थतन्त्रलाई चलायमान बनाउन क्षमता राख्ने उधोगपति, राष्ट्रिय स्तरको सरकारी अस्पताल । पैसा, पावर, सुविधा सवै थोक छ यहाँ तर । काम लागिरहेको छैन । संक्रमितहरु अस्पताको आईशोलोसनमा स्थान नपाएर घरमै वस्न बाध्य भएका छन । कतिपय बाहिर घुमिरहेका पनि होलान ।

 

आखिर के भएको हो वीरगंजलाई ? यहाँको व्यवस्थापन गर्ने जिम्मेवारी कसको हो । संघिय सरकारको क्षेत्र भित्र पर्देन र ? के प्रदेश सरकारको दायित्व होईन ? भोजपुरीमा एउटा उखान छ  ढेर साधु मठ उजार  यस्तै भएको छ यहाँ । नाम चलेकै उधोगपति वीरगंज महानगरको मेयर, प्रदेश २ का मुख्या मन्त्री यहीका स्थानीय र संघिय सरकारका निर्वाचित नेताज्यूहरु । यहि भएको यहाँ स्थानीय सरकारले प्रदेश र संघिय सरकारलाई आरोप लगाउने, प्रदेश सरकारले संघिय सरकारलाई यति भए पछि संघिय सरकारले यता फर्केर किन हेर्ने ? ।


२०७६ साल चैत्र ३० गते वीरगंजमा ३ जनामा कोरोना भाईरस संक्रमण भेटिएको थियो । त्यो समय देखि नै वीरगंजमा चुनौती छ । यसका लागि तयार रहने कुरा सवैले गरे तयारी भएन । न त गण्डक बाहेकका कोभिड अस्पताल नै बन्न सके न त अरु नै कुनै ठोस काम हुन सक्यो । त्रास विस्तारै बानीमा परिवर्तन हुदै गयो र सरकारहरुको वाचा, बैठक र भाषण ईतिहास बन्दै गयो । एक महिना पछि पुन २०७७ साल वैशाख ३० गते दुई जना पत्रकार सहित ५७ जना कोरोना भाइरसबाट वीरगंजमा संक्रमित भेटिएपछि एकाएक वीरगंज क्षेत्र अझ त्रसित बन्यो ।

 

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा शान्ति सुव्यवस्था कायम गर्न थप कडाइ ग¥यो । धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय ग¥यो । फेरी हाम्रा सरकारहरु बैठक र छलफलमा जुटे, तयारी गर्ने वाचा गरे र आफनो काममा लागे । सरकारका नीतिहरु परिवर्तन भए ।

 

क्वारेन्टिमा बसेका बाहेको कोरोना परिक्षण गरिएन । विस्तारै क्वारेन्टिनका व्यतिmहरु कम हुदै गएर र संक्रमितको संख्या पनि कम हुदै गयो । असारको अन्तिम सम्म आउदा वीरगंजमा जम्मा २ जना संक्रमित उपचारमा  थिए र स्थानीय स्तरमा बनाइएका क्वारेन्टिनहरु रितो हुन थालेका थिए ।

 

सरकारहरु पनि कोरोना भन्दा पनि असारे विकासमा लागेका थिए । लकडाउन हटेको थियो । बजारहरु खुलेका थिए । सीमा नाका बन्द गरिए पनि आउने आएकै थिए जाने गएकै थिए । विभिन्न बहानामा ओहोर दोहोर भईरहेको थियो । उता प्रचण्ड र ओलीको ओहोर दोहोर जस्तै । प्रदेश सरकार पनि कोरोनाका लागि अस्पताल भन्दा पनि असारे विकासको अनुगमनमा  लागे । मलाई त के लाग्छ भने असारे विकासका लागि कोरोना नै क्वारेन्टिनमा वस्यो । 

 


साउनको पहिले हप्ताबाट शुृरु भयो कोरोनाका कहानी । सरकारले पैसा तिरेर कोरोना परिक्षण गराउन सक्ने नीति ल्याए पछि वीरगंजमा पनि त्यो सेवा उपलब्ध भयो । काम विशेष र उपचारका लागि राजधानी जानेहरु परिक्षण गराउन गए त्यस पछि पोजेटि केश निस्कन थाले । २/२ गर्दै अहिले सरदर दैनीक ५० जनामा पोजेटिभ देखिएको छ । कोरोना उन्मुख रहेको वीरगंज एकाएक हट स्पोट बनेको छ ।

 

साउन ८ गते एक जना कोरोना संक्रमितको मृत्य भयो त्यस पछि वीरगंजको अवस्था भयावह नै छ । त्यस पछि क्रमश थुनुवा, प्रहरी, अस्पतालका कर्मचारी, सेना , डाँक्टर, पसलवालामा पनि संक्रमण देखियो र लक्षण सहितको । साउन १० गते देखि वीरगंजमा निषेधज्ञा जारी गरी समुदाय स्तरमा परिक्षणको कामलाई अगाडि बढाईयो । अहिले महानगरका नगरप्रमुख, सांसद, पालिका प्रमुख लगायत ५०० जना भन्दा बढीमा संक्रमण देखिएको छ । संक्रमितको संख्या बढे पनि तयारीको अवस्था उस्तै थियो । ५० बेडको गण्डक कोभिड अस्पताल । 


यसरी वीरगंजको अवस्था भयावह भईरहदा पनि यहाका नेतृत्वले नेतृत्व गर्न सकेनन । वीरगंजले अभिभावकीय भुमिकामा कसैलाई पाउन सकेन । स्थिति भयाव हुदाँ सम्म पनि ठोस कदम चालिएन । सीमा नाका बन्दा हुदाँ पनि मानिसहरु कसरी ओहोर दोहोर गरे । कारखाना सम्म भारतीय मजदुर कसरी पुगे ? यसको जवाफ कसले दिने ।

 

प्रदेश २ सरकारले वीरगंजका लागि के गरे । यतिका दिन भईसक्दा सम्म वीरगंजमा सरकारी स्तरको कोरोना विशेष अस्पताल निर्माण किन हुन सकेन ? जवाफ दिने कोही छ ? के अरुलाई लगाउन वितिक्कै आफनो जिम्मेवारी सकियो ? राजधानी प्रवेश गर्नेलाई सडकमै कोरोना परिक्षण गर्न तर वीरगंजको अवस्था यस्तो भईसक्दा पनि चिकित्सक सहितको विशेज्ञ टोली वीरगंज आउन नहुने ?२०७६ साल चैत्र ३० गते पहिलो पटक संक्रमित भेटिदाँ जस्तो तयारी थियो । अहिले पनि अवस्था त्यस्तै छ । विचको समयमा सम्बन्धित निकायले के गरेर वसे ।

 

यहाँका विधायक ज्यू, सांसद ज्यु, पार्टीका वरिष्ठ ज्यूहरु के लागि ? वीरगंज वासीसंग चन्दा लिएर किनिएको मेशिन के का लागि ?एउटा काम हुलाँ जस लिने अनुहार पुस्तिकामा फोटो राख्ने आफना नजिकका संचार माध्यमा समाचार लेखाउने तर हुन नसकेका कामको जिम्मेवारी कसले लिने ? कसका कारण आज वीरगंजको यस्तो अवस्था आयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.