बालेन ब्रो आफ्नै कर्मचारीसँग धुन्धुकारी शैलीमा सिगौंरी खेल्छ । काम गर्न सक्दैनन् । बालेनका मान्छेहरु आक्रोशित हुन्छन् । भन्छन्, ‘एमालेका नेता मुर्दावाद ।’ रवि लामिछानेहरु सहकारीका अरबौं रकम हिनामिना गर्छन् । संसदीय समितिले कारबाही गर भन्छ । कारबाही हुन्छ । उद्येलित हुन्छन् । भन्छन्, ‘एमालेहरु मुर्दावाद ।’
सबै-सबैको मुर्दावाद, ‘एमाले, एमालेका अध्यक्ष र एमाले नेताहरु किन भइरहेका छन् ?’
यसो हेर्दा लाग्न सक्छ, ‘हैन, एमालेहरु खराबै भए की क्या हो ?’
यसलाई कसरी बुझ्ने ?
समाजशास्त्री/ अर्थशास्त्रीहरुका अनुसार विश्वका आर्थिक केन्द्रहरू तीव्र रूपले पूर्वतर्फ सरिरहेका छन् । विश्व पूँजीवादी प्रणाली स्थानान्तरण हुँदैछ । यूरोप, अमेरिकाबाट एशियातर्फ सर्दैछ ।
एसिया यसको मुख्य क्षेत्र बन्दैछ । माथितिरको चीन यसको केन्द्रभागमा ।
तलतिरको भारत पनि विस्तारै उठिरहेको छ । त्यसको ठ्याक्कै बीचमा नेपाल छ ।
विश्वको इतिहासमा अहिलेको समय तेस्रो चरणको एशियाली युग हो ।
अब यहाँनिर हेर्नुहोस्, काठमाडौंमा उभिएर अमेरिकनहरु बेइजिङतर्फ चियाउन चहान्छन् ।
पश्चिमाहरु काठमाडौंमा आरमसँग उभिएर चीन र भारततर्फ हेर्न चाहन्छन् । भारतीयहरु चाहन्छन्, ‘हाम्रो आदेश मानिरहोस् ।’
यी सबै कारणले पनि माथि उल्लेखित शक्तिहरु स्थायित्व र समृद्धि चाहन्नन् । उनीहरुलाई थाहा छ, 'एमाले बलियो राष्ट्रिय शक्ति भयो भने नेपाल समृद्धिको दिशामा अघि जान्छ ।
एमालेका र एमालेका नेतृत्वकर्ता केपी शर्मा ओली शक्तिशाली बनिरहे भने नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता बलियो हुन्छ । स्वाधिनता र स्वाभिमान अक्षुण्ण रहन्छ ।'
त्यही कारण अनेकन एजेन्सीहरु प्रयोगमार्फत् एमाले र एमालेअध्यक्षको गलत बिम्ब बनाएर कमजोर बनाउन चाहन्छन् ।
नोम चोम्स्की अमेरिकी भाषाविद्, दार्शनिक, इतिहासकार, सामाजिक चिन्तक ।
अमेरिकी साम्राज्यवादको आलोचक उनको अर्को परिचय हो ।
चोम्स्की विश्वका १० चर्चित जीवित विद्वान मध्ये एक मानिन्छन् ।
१० मध्ये जिउँदा विद्वानचाहिँ चोम्स्की मात्र हुन् प्लेटो, अरिस्टोटलबाट सुरु हुने १० को सूचीमा चोम्स्कीमात्रै जीवित छन् ।
मिडियाको सन्दर्भमा पनि चोम्स्की सबैभन्दा पढिने चिन्तक हुन् ।
नोम चोम्स्की र इडवार्ड एस हरम्यानले सन् १९८८ मा प्रकाशित गरेको ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट : द पोलिटिकल इकोनोमी अफ द मास मिडिया’मा मिडियाले उत्पादन गर्ने विषयवस्तु पनि बजारका अन्य उत्पादनजस्तै नाफाका आधारमा हुने गर्छन् भन्ने निचोड प्रस्तुत गरेको छ ।
उनै चोम्स्कीले इराकमाथि अमेरिकाले आक्रमण गर्नुअघि कर्पोरेट हाउस/एजेन्सीहरुले कसरी माइन्ड फ्रेमिङ गर्छ ? यसमाथि गजब बिश्लेषण गरेका थिए ।
अमेरिकाले इराकी मान्छेहरुको नरसंहार गर्नेछ । दुनियाँले उनीहरूलाई मान्छे होइन, आतंककारी देख्नेछन् किनभने दुनियाँका कर्पोरेट मिडियाहरूले उनीहरूलाई आतंककारीका रूपमा माइन्ड फ्रेमिङ्ग गरिदिएका हुन्छन् । तर एउटा अमेरिकन (गोरा) माथि कसैले आक्रमण गर्यो भने त्यहाँ मानवताको प्रश्न उठ्छ । दुनियाँलाई रुवाइदिन्छन् ।’
उता ‘चिसो भनेकै कोकाकोला’ भने जस्तो आतंककारी भनेकै अमेरिका बिरोधी, मानवअधिकार भनेकै अमेरिकनहरुको जसरी एजेन्सीहरुले ‘माइन्ड फ्रेमिङ्ग' गरीदिने गरेका छन् ।
यता ‘चिसो भनेकै कोकाकोला’ भने जस्तो खराब भनेकै ‘एमाले र एमालेका नेताहरु’ भन्ने भाष्य बनाएर ‘माइन्ड फ्रेमिङ्ग’ गर्ने अभियान चलिरहेको छ ।
हो, यसैगरी ‘माइन्ड फ्रेमिङ्ग ’भइरहेको छ । आज अनेकन एजेन्सीहरुले एमालेको अभियान र नेताहरुका खराब भाष्य बनाइदिने गरेका छन् ।
गलत बिम्ब बनाउने अभियान जारी छ । त्यसलाई यसरी बुझन सक्यौं भने मात्रै आक्रमणको रहस्यलाई बुझ्न सकिन्छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।
वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।
ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
तपाईको प्रतिक्रिया