logo

एक नर्स भएको नाताले कुनै पनि बिरामीको मृत्युको हामी कल्पान समेत गर्न सक्दैनौः नर्सिङ संघ

      5/28/2021 गते 00 00 मा प्रकाशित     3383   पटक पढिएको

२१  माघ २०७३ मा नारायणी अस्पतालबाट नवजात शिशु चोरी भयो । लालसा देवी नामकी महिलाले बिवाह भएको पाँच वर्ष बित्दा पनि  सन्तान नभएपछि चोरी गरेकी थिइन ।

 

चोरी भएको ४८ घण्टामा शिशु फेला पर्यो । तर शिशु पक्षले नारायणी अस्पतालका नर्सहरुको मिलोमतोमा शिशु चोरी भएको भनेर तथानाम भने । त्यतीबेलाको त्यो ०४८ घण्टा  ति नर्सिङ स्टाफलाई मर्नु न बाँच्नु भयो ।

 

अनेकौ आरोप र भौतीक आक्रमणका धम्कीहरु सहनु पर्यो । त्रास र अपमानको मनोबिज्ञानमा ति ०४८ घण्टा उकुसमुकुसपूर्ण अवस्थामा बित्यो । त्यसको स्मरण अहिले पनि नर्सिङ स्टाफले गरिरहेको शुक्रवार जारी गरेको बिज्ञप्तिले पनि देखाएको छ । 


पछिल्लो पटक हास्यकलाकार आदर्श मिश्रले आफनो बुबा बिनोद मिश्रको ज्यान जानुमा नर्सिङ स्टाफको पनि दोष रहेको भन्दै टिप्पणी गरेपछि नारायणी अस्पतालको डायलासिस बिभागका नर्सहरुले आफूहरु माथि लगाईएको आरोप मिथ्या भएको जनाएका छन ।

 

नेपाल नर्सिङ संघ बीरगंज  शाखाको तर्फबाट अहेमा थापाले एक बिज्ञप्ति जारी गरेर आफूहरु माथिको आरोपमा सत्यता नभएको स्पष्ट पार्नुृ भएको छ । एक नर्स भएको नाताले कुनै पनि बिरामीको मृत्युको हामी कल्पान समेत गर्न सक्दैनौ बिज्ञप्तिमा लेखिएको छ बिरामीको सेवा गरेर बिरामीलाई निको बनाई सकुशल घर फर्काउने एक मात्र उद्धेश्य लिएर आफनो सेवा प्रदान गर्दछौ ।


यस अघि नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंज र नारायणी अस्पतालले बिज्ञप्ति निकालेर बिनोद मिश्रको उपचारको क्रममा भएका तथ्यहरु सार्वजनीक गरिसकेका छन । 

हास्य कलाकार आदर्श मिश्रलेले सामाजिक सञ्जाल मार्फत भिडियो बनाएर आफ्नो बुवा विनोद मिश्रको मृत्युको दोष नेशनल मेडिकल कलेज नारायणी अस्पताल  र डा.निरज सिंह माथि लगाउनु भएको थियो । 


डा.निरज सिंहले पनि सामाजिक संजालमा एक भिडियो सन्देश मार्फत यर्थाथ कुरा सार्वजनीक गर्नु भएको छ । सबैले मिश्रको निधन प्रति दुःख ब्यक्त गरेका छन । तर मृत्युकोलागि आफू कारक नभएको प्रष्ट पारेका छन ।

 कोभिड १९ का संक्रमीत मिश्रको जेठ १० गते नारायणी अस्पतालमा डायलासिस भएको र त्यसपछि उहाँलाई थप उपचारकालागि चितवन लगिएको थियो ।

 

उहाँको चितवनमै उपचारको क्रममा मृत्यु भएको थियो । बीरगंजमा राम्रो उपचार नभएकै कारण आफनो बुबाको ज्यान गएको आर्दश मिश्रले सामाजिक संजाल मार्फत सार्वजनीक गर्नु भएको थियो । उहाँले नर्सिङ स्टाफलाई समेत डायलासिस मेशीनको टाइमर घटाएको आरोप लगाउनु भएको थियो । 


घटनाको सम्बन्धमा छानविन गर्न नर्सिङ संघले माँग गरेको छ । मृत्युको तथ्य यकिन गर्न माँग गर्दै संघले नर्सिङ स्टाफलाई आक्षेप लगाउने , बिरामीको उपचार सेवामा असर पुर्याउने र जनमानसमा भ्रम सृजना गराउन खोज्नेलाई कारवाही गर्न माँग गरेको छ । संघले फ्रन्टलाईनर योद्धाहरुलाई काम गर्ने सहज वतावरण बनाईदिन सरोकारवाला निकायसंघ माँग गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.