logo

मधेशमा आक्रमणको केन्द्रमा रहेका ओली एकै पटक राजनीतिको केन्द्रमा, घृणा मायामा रुपान्तरित

      6/4/2021 गते 00 00 मा प्रकाशित     2334   पटक पढिएको

मधेश हाम्रो हो भनेर जिम्मा लिएको ठान्नेहरुकोलागि सबैभन्दा घृणाका पात्र थिए के.पी.ओली । । ०७२ को मधेश आन्दोलनमा मुलुकको शासनको बागडोर थियो सुशील कोइरालाको हातमा तर आक्रमणको निशानामा थिए के.पी.ओली । ०७२ असोजमा के.पी.ओली प्रधानमंत्री भएपछि त कुरा बेग्लै हुने नै भयो ।

 

“के.पी ओली हाय हाय मार जुत्ता ढाय ढाय ” नारा यस्तै खालका थिए । ट्रयाक्टरको अगाडि के.पी.ओलीको तस्विर राखेर जुत्ताले हान्दै मितेरी पुल सम्म जाने उपक्रम निकै दिन चल्यो ।

 

०७२ को संबिधान प्रति असहमती राखेर आन्दोलनमा उत्रिएका मधेश केन्द्रीत दलले गाउँ गाउँ बाजा बजाएरु नेकपा एमालेलाई लखेटे एमालेको कार्यक्रम हुन दिएनन । एमालेका कुनै नेता बीरगंज आउने हल्ला के मात्र चल्थ्यो ।

 

लोकतानित्रक मधेशी मोर्चाको नाममा बिज्ञप्ति जारी हुन्थ्यो एमालेको कोही नेतालाई पर्सा जिल्ला प्रवेशमा निषेध गरिएको छ । प्रवेश गरे प्रतिकार गरिनेछ । यस्तै यस्तै । लोकतन्त्रको नाममा लोकतन्त्रको यस्तो हुर्मत लिइदा पनि कोही लोकतन्त्रवादीलाई लज्जाबोध भएन ।

 

 जसको लाठी उसको भैसी भन्ने मान्यता नै लोकतन्त्र हो भने जस्तो भयो । समयको गतीसंगै नेपाली राजनीतिमा घृणाको त्यो प्रवृति “माया” रुपान्तरण भयो ।

 

“अभि नही तो कभी नही” भन्नेहरु पालै पालो सत्तारोहण गरे । शायद त्यसैलाई भनिएको होला अभि नही तो कभी नही । मधेशका धुरन्धर बिद्वानहरुले के.पी.ओलीले त्यतीबेला दिएको अभिब्यक्तिलाई मधेशी स्वाभिमान संग जोडेर ब्याख्या मात्र गरेनन राजनीतिमा स्थायी शत्रु र मित्र हुदैनन भन्ने स्थापीत मान्यताको खिलाफमा गएर सामुदायिक रुपमा घृणालाई बढावा दिने काम गरे । 

 


जुन रुपमा के.पी.ओली मधेशमा आक्रमणको केन्द्रमा थिए आज तिनै के.पी. ओली मधेशको राजनीतिको केन्द्रमा छन जाहा घृणा होइन सम्मान देखिन्छ । उपेन्द्र यादवको सत्तारोहण अहिले महतोको नेतृत्वमा भएको सत्तारोहण त्यसकै अनुपम नमुना हो । 


राज्यले मधेश आन्दोलनका क्रममा समातिएका ,मुद्धा चलाइएका कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने सम्झौता आन्दोलनकारी दलहरुसंग वा मोर्चा संग गरेको छ ।

 

त्यो सम्झौतालाई पालना गर्ने इमान्दार प्रयास बरु के.पी.ओलीले नै गरे । नागरिकताको बिषमा संबिधानले गरेको ब्यवस्थालाई अध्यादेश मार्फत भएपनि के.पी.ओलीले नै एने ल्याउने  आँट गर्दै मधेशी नागरिकको सम्मान र पहिचानको बिषयलाई सम्बोधन गरे ।

 

बिस्तारित मंत्रीमण्डलमा आधा आधीको हैसियतमा मधेश मंत्रीमण्डलमा समावेश भएको छ । आजको दिनमा आइपुग्दा सबै भन्दा घृणाको पात्रको रुपमा रहेका ओली सबै भन्दा प्रिय हुन सकेका छन । यो उनको राजनीतिको जीत हो । सत्ता त प्राविधिक कुरा हो । त्यसमा आज ओली अरु कोही भोली । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.