भरतपुर । क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका हुन् ।
वीरगञ्ज । सोल्टी ग्रुप अफ होटलले सञ्चालन गरेको होटल क्लार्क तथा होटल भिस्वाको भान्सामा खाद्य स्वच्छता मापदण्डको न्यूनतम पालना नभएको अनुगनको क्रममा पाइएको छ ।
वीरगंज । वीरगंज महानगरपालिकाले मासु माछा तथा मासुजन्य पर्दाथको उत्पादन भण्डारण ढुवानी तथा बिक्री बितरण गर्ने ब्यवसायीलाई ब्यवसाय दर्ता र दर्ता भएकोलाई नविकरण गर्न अपिल गरेको छ ।
वीरगन्ज । सशस्त्र प्रहरी बलको विशेष अभियान अन्तर्गत पर्सामा आयोजित निःशुल्क आँखा शिविरबाट छनोट भएका २२ जना मोतिबिन्दुका बिरामीहरूको आँखाको सफल शल्यक्रिया गरिएको छ।
वीरगंज । सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाट स्थित श्री वविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।
पोखरिया । लायन्स क्लब अफ बीरगंज परिवार, लायन्स क्लब अफ पोखरिया तथा लायन्स क्लब अफ बीरगंज प्रभुको संयुक्त आयोजनामा शनिवार पर्साको पोखरिया नगरपालिका अन्तर्गत बैरिया गाउँमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया छनोट तथा सुगर र ब्लड प्रेसर चेकअप कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
वीरगंज । वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको “क्षयरोगमुक्त वीरगंज अभियान” अन्तर्गत वडा नं. २५ स्थित सिर्सिया स्वास्थ्य चौकीमा आज क्षयरोगी खोजी तथा परीक्षण शिविर सम्पन्न भएको छ।
वीरगञ्ज ।वीरगंज महानगर क्षेत्रमा खसीको मासु प्रति केजी १ हजार १ सय रुपैया निर्धारण गरिएको छ ।
वीरगञ्ज । अस्पताल भित्र संचालीत मापदण्ड अनुपको नपाइएपछि ५० हजार रुपैया जरिवाना गरिएको छ । वीरगंज महानगरको वडा नं.१३ मा रहेको तराई हस्पिटल भित्र संचालीत क्यान्टिनलाई दण्डीत गरिएको हो ।
कलैया । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरकण भट्टराईको नेतृत्वमा कलैयामा उपभोक्तालाई बस्तु र सेवा प्रवाह गर्दै आएका पसल र प्रतिष्ठानहरुको अनुगमन शुरु गरिएको छ ।
वीरगंज । पर्सागढी नगरपालिकाको बढनियारमा आज दोस्रो सप्ताह पनि“घरदैलो मा डक्टर”कार्यक्रम सम्पन्न भएको छ।
बर्दिबास । बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक उक्त उपकरणको रु २५ लाख बराबरको भएको बताइएको छ ।
वीरगञ्ज । विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्तलाई अर्पण गरिएको छ ।
वीरगंज । पर्सा जिल्लाको ठोरी गाउँपालिकाको आयोजनामा चौथो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको आज भव्य रूपमा उद्घाटन गरिएको छ।
पोखरिया । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ मा निर्माण सम्पन्न प्रादेशिक अस्पताल पोखरियाको मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णप्रसाद यादवले शनिबार एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन गरेका छन।
वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।
निजगढ । आँखाको उपचार पहुँचबाट टाढा रहेका हजारौँ नागरिकका लागि बाराको निजगढमा आयोजित निःशुल्क आँखा शिविर जीवन बदल्ने अवसर बनेको छ।
जनकपुरधाम । सरकारले तोकेको मापदण्ड विपरीत दर्ता नगरी अवैध रूपमा सञ्चालनमा रहेका एक अस्पतालसहित चार वटा औषधि पसलमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ।