logo

अधिवेशन सम्पन्न गर्न पत्रकार महासंघलाई चौतारीको आग्रह

      3/18/2017 गते 00 00 मा प्रकाशित     1494   पटक पढिएको

कलैया, ५ चैत्र ः नेपाल पत्रकार महासंघ बारा शाखाको स्थगित अधिवेशन छिटो सम्पन्न गर्न प्रेस चौतारी नेपाल बाराले आग्रह गरेको छ । 
प्रेस चौतारी बाराको शनिवार कलैयामा सम्पन्न बैठकले सदस्यता विवादको कारण देखाउदै लामो समयदेखी स्थगित भएको अधिवेशन सम्पन्न गर्न पत्रकार महासंघलाई आग्रह गरेको हो । 
नेपाल प्रेस युनियन बाराले नया सदस्यतामा विवाद देखाउदै महासंघको कार्यलयमा तालाबन्दी गरेपछि गत फाल्गुन १७ गतेका लागि तय भएको अधिवेशन स्थगित भएको थियो । युनियनले महासंघले सहमती गरी विज्ञप्तीमार्फत आन्दोलनका कार्यक्रम सबै फिर्ता लिएका कारण अब अधिवेशन सम्पन्न गर्न चौतारीले आग्रह गरेको हो । 
महासंघलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै चौतारीले मिति घोषणा गरेर अधिवेशन सम्पन्न गर्नुको बिकल्प नरहेको बताएको छ । जिल्लास्थित अन्य संघसंगठनले पनि अधिवेशन तत्काल गराउन माग गर्दै आएका छन् । 
यसैगरी चौतारीको बैठकले शाखा अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा सात सदस्यीय समन्वय समिति गठन गरेको छ । समितिको सदस्यमा प्रेस चौतारीका केन्द्रीय सदस्य सुभाष साह, प्रकाश लम्साल, पूर्व केन्द्रीय सदस्य गोकुल घोरसाईने, लक्ष्मी साह, केन्द्रीय पार्षद रमेश सुवेदी र जिल्ला कार्यसमिति सदस्य सुरेन्द्र साह रहेका छन् । 
महासंघको छैठौं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नका लागि सबै संगठनसंग समितिले समन्वय गर्ने बताइएको छ । समितिले जिल्लास्थित पत्रकारहरुको सबै संघसंगठनसंग समवन्य गरी अधिवेशनको वातावरण निर्माण गर्न समेत समिति सक्रिय हुने अध्यक्ष भण्डारीले बताए । 
अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य प्रकाश लम्साल, पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्याय, प्रेस चौतारीका केन्द्रीय पार्षद रमेश सुवेदी, पन्नालाल दास, जिउतप्रसाद यादवलगायत कार्यसमितिका पदाधिकारी र सदस्यको सहभागीता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.