logo

राजनीतिका नाममा जनतलाई भ्रममा पार्दैछन दलहरु ः नेता यादव

      3/22/2017 गते 00 00 मा प्रकाशित     1848   पटक पढिएको


पोखरिया ९ चैत ।
अधिकार र पहिचान विरोधी नेताहरूको हानीकारक राजनीतिक तस्विर जनताले हेरीसकेको नेपाल संघीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवले बताएका छन  । पर्साको पोखरिया नगर पालिकामा आज नेपाल संघीय समाजवदी पार्टीको वडा स्तरीय पार्टी भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले जनता बिरोधी र भ्रष्टनेताहरू आफ्नो ब्यक्तिगत स्वार्थको लागी जनतालाई भ्रममा पार्न प्रयासरत रहेको बताए । उनले नेताहरुको नक्कली बिचार जनताको बिचमा लाने प्रयासमा लागेको आरोप लगाएका छन । त्यसको मुल्याकंन जनताले गरी बहिष्कार गर्नु पर्नेमा उनले जोड दिएका छन । समानता र सम्मानका लागी दलित आन्दोलन अगाडी बढी रहेको बताउदै उनले दलित आन्दोलन प्रजातांत्रिक आन्दोलन जतिकै पुरानो रहेको  जिकिर गरे । नेता यादवले ००७ सालको राजनितिक परिर्वतन भएता पनि गरिब, दलित, मुसलिम , असाय र उत्पिडनमा परेक जनताहरूको लागी खासै परिर्वतन नआएको दावी गरे । दलितहरूको आन्दोलन आठौ चरणमा अगाडी बढी रहेको बताउदै उनले प्रथम २०२९ सालमा राष्ट्रिय दलित परिषद गठन भएको , आरक्षण छुवाछुतलाई दण्डनिय बनाउने निति २०४७ सालको संविधानमा उलेख भएको बताउदै उनले २०६८ सालमा छुवाछुत कसुर सजाय तोकेको बताए । अव आठौ चरणमा समानताकालागि र सम्मानपूर्ण पहिचानकालागि लडाई हुने बताए ।  कार्यक्रमलाईसंबोधन गर्दै राजनितिलाई सपिङ सेन्टर र पार्क बनाउने निति जनता बिरोधी भएको नेता दिप नारायण रौनियारले बताए । कार्यक्रमको सभापति अदालत मियाँले गरेका थिए  । कार्यक्रममा  प्रसाद कुशवाहा ,  अजय मिश्र , योगेन्द्र चौरसीया लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।   सो कार्यक्रममा नेपाली काँगेस ,एमाले लगायत पार्टी परित्याग गरि बिभिन ब्यक्तिहरू नेपाल संघिय समाजवादि पार्टीमा  प्रवेश गरेका थिए । प्रवेश गर्नेहरूमा हिरामन महतो , बालाझी राम , बिरेन्द्र महतो , अदालत मिया , बिशाल महतो, राजकिशोर चौहान , श्रीराम चौहान , चन्द्रदेव चौहान , शिवनाथ राम यसै गरी डमरापुर टोल बाट अयोध्या प्र। कुर्मीको नेतृत्वमा प्रभु पासवान , देवनारायण पासवान लगायत  नेपाल संघिय समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.