logo

दश दिनमा २३ आचारसंहिता उल्लङ्घन

      5/9/2017 गते 00 00 मा प्रकाशित     1487   पटक पढिएको

काठमाडौँ, २६ वैशाख । प्रेस काउन्सिल नेपालले छापा र अनलाइन सञ्चारमाध्यममा २३ वटा निर्वाचन आचारसंहिता विपरीतका समाचार प्रकाशित भएको जनाएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि काउन्सिललाई अनुगमनको जिम्मेवारी दिएअनुसार यही वैशाख १५ देखि २५ गतेसम्म अनुगमन प्रतिवेदन आज सार्वजनिक गरेको छ ।


काउन्सिलका अनुसार केही साप्ताहिक पत्रिका र केही अनलाइन समाचार प्रोटलले आचारसंहिता उल्लङ्घन गर्दै आफू निकटका दलको पक्षमा प्रचारप्रसार गरेका छन् । ‘स्थानीय निर्वाचनमा भोट माग्न आए कान काट्ने’ भन्ने जस्ता नकारात्मक प्रवृत्तिको समाचारदेखि काठमाडौँ महानगरका मतदातालाई कसलाई भोट दिनहुन्छ भन्ने मतदाताको उत्तरसम्मका विषयमा एकपक्षीयरुपमा समाचार सम्प्रेषण गरिएको काउन्सिलले जनाएको छ ।


यस्तै मत परिणामको विषयमा समेत कही अनलाइनमा समाचार सार्वजनिक भएको भन्दै काउन्सिलले दल विशेषको पक्षमा प्रचार गर्दा अरू राजनीतिक दललाई गाली गर्ने र होच्याउने गरिएको समेत पाइएको उल्लेख छ ।


यस्तै सामाजिक सञ्जालमा पनि निर्वाचन आचारसंहिताविपरीतका सामग्री प्रचारप्रसार गरिएको काउन्सिलले जनाएको छ । यस्तै दमौली एफएम र एभिन्यूज टेलिभिजनले पनि निर्वाचन आचारसंहिता विपरीतको सामग्री प्रसारण गरेको अनुगमनका क्रममा देखिएको छ ।


काउन्सिलले २५ सञ्चारमाध्यममा ३१ सामग्री र सामाजिक सञ्जालमा दुईवटा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्दै आवश्यक सचेतता अपनाउन भनेको छ । काउन्सिलका कायमुकायम अध्यक्ष किशोर श्रेष्ठले निर्वाचनको संवेदनशीलतालाई ख्याल गरेर प्रेस स्वतन्त्रताको उपयोग गर्न आग्रह गर्नुभयो ।


नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान कार्यान्वयन गर्ने र स्थानीय निकाय गठन गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको यस घडीमा निर्वाचन आचारसंहितालाई पालना गर्नु पत्रकार र सञ्चारमाध्यमको प्रमुख कर्तव्य रहेको धारणा राख्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.