logo

पर्यवेक्षककै पनि आयोगले अनुगमन गर्नेछ - आयुक्त शर्मा

      5/8/2017 गते 00 00 मा प्रकाशित     1609   पटक पढिएको

काठमाडौँ, २५ वैशाख । निर्वाचन आयुक्त इला शर्माले स्थानीय तहको आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सबैको सहयोगको आह्वान गर्नुभएको छ ।
 

आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले राष्ट्रिय तथा जिल्लास्तरमा खटाउने पर्यवेक्षकका लागि यहाँ आज आयोजित प्रशिक्षणमा उहाँले भन्नुभयो – “मतदाताको घरको छेउको सरकार गठनका लागि हुने यो निर्वाचनमा महिला, दलित, अल्पसङ्ख्यकले निर्भयका साथ मतदान गर्न पाउने अवसर दिलाउन पर्यवेक्षकले ध्यान दिनुहुनेछ ।”

 

सम्पूर्ण निर्वाचन प्रक्रियाको पर्यवेक्षण गर्ने पर्यवेक्षकै गतिविधि पनि आयोगबाट अनुगमन हुने जानकारी दिँदै आयुक्त शर्माले आयोगका काममा असर पर्ने गरी पहाडी र दुर्गम स्थानमा समेत समानरूपमा पर्यवेक्षक परिचालन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो–“निर्वाचनअघि, मतदानको अवधि र मतदानपछि हुने गतिविधिलाई पनि पर्यवेक्षकले ध्यान पु¥याउनुहुनेछ ।”

 

आयोगले निर्वाचन पर्यवेक्षण गर्न राष्ट्रिय पर्यवेक्षण गर्न ४९ संस्थालाई अनुमति प्रदान गरेको छ । आयोगले ३४ वटै जिल्लामा सहसचिव र सूक्ष्म अनुगमनकर्तालाई पनि सबै जिल्लामा परिचालन गरेको छ । नेपालकै इतिहासमा यो पहिलो समावेशी चरित्र बोकेको निर्वाचन हो ।


आयोगले मतदानका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक, सुत्केरी महिला, अशक्त मतदाताका लागि विशेष व्यवस्था गरेको जानकारी दिँदै उहाँले भन्नुभयो – “सबै मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनु नैसर्गिक अधिकार हो । स्वतन्त्र, निष्पक्ष निर्वाचनले जनतामा उच्च सम्मान बढाउने हुँदा त्यस कार्यमा राष्ट्रिय पर्यवेक्षकबाट महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा आयोगले लिएको छ ।”

 

आयोगले यसपटकको निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आमन्त्रण नगरिए पनि नेपालस्थित कूटनीतिक नियोग तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिले काठमाडौँ उपत्यकाभित्र अध्ययन चाहेमा आवश्यक व्यवस्था मिलाएको जनाएको छ । नेपालको इतिहासमै पहिलोपटक स्थानीय सरकारको अधिकार प्रयोग गर्नका लागि यो निर्वाचन हुँदैछ ।

सो अवसरमा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचनको आधारमा लोकतन्त्रको मापन गरिने हँुदा निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र भयरहित तुल्याउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।
 

आयोगका सहसचिव नवराज ढकालले आगामी स्थानीय तहको निर्वाचनको समग्र तयारी र आचारसंहिता, पर्यवेक्षकको भूमिकाबारे प्रकाश पार्नुभयो । आयोजक संस्था नियोकका अध्यक्ष हिमालयशम्शेर राणाले र सदस्य कृष्णमान प्रधानले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि तटस्थ भएर पर्यवेक्षकको भूमिका निर्वाह गर्न सुझाव दिनुभयो । नियोगले राष्ट्रिय पर्यवेक्षकका रूपमा करिब ८० जनालाई परिचालन गर्ने जनाएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.