logo

बर्दियाका छ स्थानीय तहमा प्रमुख दलबाट उम्मेदवार टुङ्गो (नामावली सहित)

      5/26/2017 गते 00 00 मा प्रकाशित     1720   पटक पढिएको


बर्दिया, १२ जेठ । यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लका प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।


छ नगरपालिका र दुई गाउँपालिका गरी आठ स्थानीय तह रहेको बर्दियामा नेपाली कांँग्रेसले दुई नगरपालिकाबाहेक सबैमा उम्मेदवार छनोट गरेको जिल्ला सभापति सञ्जय गौतमले जानकारी दिनुभयो । दुई वटामा यही जेठ १४ गतेसम्म टुङ्गो लाग्ने बताइएको छ । यसैगरी नेकपा ९एमाले०ले नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष र सदस्य गरी सबै उम्मेदवार टुङ्गो लगाएको एमाले जिल्ला अध्यक्ष हरि ज्ञवालीले जानकारी दिनुभयो ।


यसैगरी नेकपा९माओवादी केन्द्र०ले लामो समयको छलफलपछि राजापुर नगरपालिकाबाहेक अरु सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखसहित वडाध्यक्ष र सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ ।


त्यस्तै राप्रपाले सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखसहित वडाध्यक्ष र सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । राप्रपा बर्दियाका प्रवक्ता सुशीलकुमार लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आफ्ना उम्मेद्वारको नामावली प्रकाशन गरिएको हो ।

उम्मेदवारको नामावली

काँग्रेस
गुलरिया नगरपालिका प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सुशीला गिरी, बाँसगढी नगरपालिका प्रमुखमा गङ्गाधर पौडेल र उपप्रमुखमा रत्ना थारु, बारबर्दिया नगरपालिका प्रमुखमा पर्शुराम थारु र उपप्रमुखमा कोपिला गिरी, राजापुर नगरपालिका प्रमुखमा दीपकजङ्ग शाह र उपप्रमुखमा तारा चौधरी, गेरुवा गाउँपालिका अध्यक्षमा जवानसिं केसी र उपाध्यक्षमा हेमा थारु, बढैया गाउँपालिका अध्यक्षमा मानबहादुर बुढा र उपाध्यक्षमा भगनदैया थारु ।

एमाले
गुलरिया नगरपालिका प्रमुखमा हरि ज्ञवाली र उपप्रमुखमा टीका सम्सेली मगर, बाँसगढी नगरपालिका प्रमुखमा शालिकराम अधिकारी र उपप्रमुखमा सुष्मा चौधरी, ठाकुरबाबा नगरपालिका प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा बिना भट्टराई, मधुवन नगरपालिका प्रमुखमा दुर्गाबहादुर वली र उपप्रमुखमा हिरा चौधरी, बारबर्दिया नगरपालिका प्रमुखमा रामबहादुर चौधरी र उपप्रमुखमा पुष्पा वली, राजापुर नगरपालिका प्रमुखमा पहाडी थारु र उपप्रमुखमा कृष्णी चौधरी, गेरुवा गाउँपालिका अध्यक्षमा नुतनकुमार चौधरी र उपाध्यक्षमा मञ्जु शर्मा, बढैया गाउँपालिका अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा दीपा गौतम ।

माओवादी केन्द्र
गुलरिया नगरपालिका प्रमुखमा गेहेन्द्र ढकाल र उपप्रमुखमा मिथिला फुयाँल, बाँसगढी नगरपालिका प्रमुखमा बिनाराम थारु र उपप्रमुखमा भूमि विक, ठाकुरबाबा नगरपालिका प्रमुखमा नेत्रराज आचार्य र उपप्रमुखमा कृष्ण कुष्माथारु, मधुवन नगरपालिका प्रमुखमा गणेश केसी र उपप्रमुखमा सुगरानी थारु, बारबर्दिया नगरपालिका प्रमुखमा दुर्गाबहादुर थारु र उपप्रमुखमा अञ्जु दहित, गेरुवा गाउँपालिका अध्यक्षमा बेहगराज चौधरी, र उपाध्यक्षमा लीला थारु, बढैया गाउँपालिका अध्यक्षमा लल्लुराम थारु र उपाध्यक्षमा राधा आचार्य ।

राप्रपा
गुलरिया नगरपालिका प्रमुखमा मनोजकुमार बर्मा, मधुवन नगरपालिका प्रमुखमा नरेशजङ्ग शाह र उपप्रमुखमा शारता सिंह, राजापुर नगरपालिका प्रमुखमा जीवराज रेग्मी र उपप्रमुखमा रामकली थारु, ठाकुरबाबा नगरपालिका प्रमुखमा श्रीराम थारु र उपप्रमुखमा अमृता खड्का, बारबर्दिया नगरपालिका प्रमुखमा हरिश्चन्द्र शाह र उपप्रमुखमा उपप्रमुखमा जयन्ती विष्ट, बाँसगढी नगरपालिका प्रमुखमा रामचरण चौधरी र उपप्रमुखमा धनादेवी थापा, गेरुवा गाउँपालिका अध्यक्षमा टेकलाल थारु र उपाध्यक्षमा सरस्वती चौधरी, बढैयाताल गाँउपालिका अध्यक्षमा कलबहादुर हमाल र उपप्रमुखमा सीता पौडेल ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.