logo

महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा विजयी

      5/27/2017 गते 00 00 मा प्रकाशित     1445   पटक पढिएको

पोखरा, १३ जेठ । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् ।


एमालेका तर्पmबाट महानगर प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । एमालेले २० वडामा समूहसहित र दुई वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै काँग्रेसले सात वडामा समूह र चार वडामा वडाध्यक्ष जितेको छ ।


एमालेले समूह जितेका वडा नं मा १, ५, ७, १३, १४, १५ १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २८, २९, ३०, ३१ र ३३ छन् । ती वडामा वडाध्यक्ष क्रमशः शारदा पराजुली, धनबहादुर नेपाली, रामचन्द्र बराल, लेखबहादुर तामाङ, प्रेम कार्की, प्रकाश पौडेल, जीवनप्रसाद आचार्य, तीर्थराज अधिकारी, रणबहादुर थापा, शोभामोहन पौडेल, सिम गुरुङ, खगराज आचार्य, ओमप्रसाद सुवेदी, शोभाखर तिमिल्सिना, नारायणप्रसाद बराल, निर्मल दियाली सुनार, चेतबहादुर गुरुङ, श्रीराम पोखरेल, कमलबहादुर थापा र शिवप्रसाद आचार्य एमालेका हुनुहुन्छ । त्यस्तै मिश्रित मतपरिणाममा वडा नं ८ मा रुद्रनाथ बराल र २२ मा मित्रराल बराल एमालेका तर्पmबाट वडाध्यक्षमा विजयी हुनुभएको छ ।

यस्तै काँग्रेसले वडा नं २, ३, ४, ९, १०, २३ र २७ मा समूहसहित वडाध्यक्ष जितेको छ । ती वडामा क्रमशः रामेश्वर मल्ल, रवीन्द्रबहादुर प्रजु, शङ्करप्रसाद कोइराला, रामराज लामिछाने, राजकुमार गुरुङ, विष्णुप्रसाद पराजुली र पूर्णकुमार गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।


काँग्रेसले मिश्रित मत परिणाममा जित्न हासिल गरेका वडा नं ६ मा जगतबहादुर पहारी, ११ मा मोहनप्रसाद बाँस्तोला, १२ मा रामबहादुर कार्की र ३२ मा अक्कलबहादुर कार्की हुनुहुन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.