logo

स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा

चार ठाउँमा हेलिकप्टर तयारी अवस्थामा

      5/13/2017 गते 00 00 मा प्रकाशित     1526   पटक पढिएको

काठमाडौँ, ३० वैशाख । आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ ।


निर्वाचनमा नेपाली सेनासहित ९५ हजार सुरक्षाकर्मी खटिने भएका छन् । नेपाली सेना ३१ हजार, नेपाल प्रहरी २२ हजार ६९५, सशस्त्र प्रहरी १७ हजार ३५६, राष्ट्रिय अनुसन्धान विभागका ३८३ र म्यादी प्रहरी २४ हजार ७७७ जना निर्वाचनका लागि परिचालन हुनेछन् ।


प्रदेश नं ३, ४ र ६ अन्तर्गतकशा ३४ जिल्लाका २८३ स्थानीय तहमा १३ हजार ५५६ जनप्रतिनिधि छनौट हुनेछ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताउनुभयो ।


केन्द्रीयतहमा सुरक्षा योजना बनाइ क्षेत्रीय र जिल्ला तहमा समेत सुरक्षा योजना बनेको छ । निर्वाचन हुने सम्पूर्ण गाउँ, क्षेत्र, केन्द्रमा सुरक्षा योजना कार्यान्वयनमा लगिएको उहाँको भनाइ छ । प्रवक्ता पन्थीका अनुसार निर्वाचन अवधिभर पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो बीचको घेरामा सशस्त्र प्रहरी र तेस्रो बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने छ ।


निर्वाचन पूर्वको सुरक्षा, निर्वाचन अवधिको सुरक्षा र निर्वाचनपछिको सुरक्षा गरी तीन चरणको सुरक्षा तयारी गरी कार्यान्वयनमा लगिसकिएको पन्थीले बताउनुभयो । गृह मन्त्रालयले सुरक्षा कमजोरी देखिए तत्काल त्यसलाई सच्याउँदेै संवेदनशीलताको आधारमा जिल्ला र मतदान केन्द्रका लागि आवश्यक सुरक्षा रणनीति बनाएको छ ।

“पूर्ण सुरक्षा योजना निर्वाचन सकिने बेलासम्म बनिरहन्छ । अहिले सामान्य भनिएका ठाउँमा निर्वाचनको समयमा असमान्य हुनसक्छ भने अहिले असमान्य भनिएका ठाउँ निर्वाचनको बेला सामान्य बन्नसक्छ,” उहाँले भन्नुभयो ।


नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि सुरक्षा निकायले उच्च निगरानीमा राखेको छ । पछिल्लो समय आगजनी, बम विष्फोटलगायत निर्वाचन विरोधी गतिविधिमा सो पार्टीको संलग्नता देखिएपछि उक्त पार्टीका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।


प्रवक्ता पन्थीले लुकिछिपी एकाध ठाउँमा निर्वाचन विरोधी गतिविधि भए पनि त्यो समूह प्रभावकारी नभएको बताउनुभयो । निर्वाचन विरोधी कुनै गतिविधि भइहाले तत्काल प्रहरी पुग्नेगरी निर्वाचन सुरक्षा तयारी गरिएको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।


चार ठाउँमा हेलिकप्टर तयारी अवस्थामा:

नेपाली सेनाको प्रवक्ता झङकरबहादुर कडायतले निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौँ, पोखरा, सुर्खेत र हेटौँडामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।


सुरक्षाका लागि आवश्यक काममा मद्दत गर्ने तथा निर्वाचनका लागि आवश्यक बन्दोबस्तीका सामग्री पु¥याउने काममा ती हेलिकप्टर प्रयोग भइरहेको उहाँले बताउनुभयो । पहिलो चरणको निर्वाचनमा करिब ३१ हजार नेपाली सेना सुरक्षाका लागि खटिने र उनीहरुले बाहिरी घेरामा रहेर सुरक्षा दिने छन् ।


सेनाले सुरक्षाको प्रत्याभूति दिन अहिले नियमित गस्ती गरिरहेको छ । त्यस्तै सुरक्षालाई मध्यनजर गर्दै विष्फोटक पदार्थ निष्क्रिय पार्नका लागि समेत विभिन्न जिल्लामा टोली तयारी अवस्थामा राखिएको छ । विमानस्थल, कारागारलगायत कतिपय स्थानमा खटिएका प्रहरी निर्वाचनमा खटिएपछि जिल्ला सुरक्षा समितिको आग्रहमा सो ठाउँको सुरक्षाको जिम्मा समेत सेनाले लिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.