logo

आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि संविधान कार्यान्वयन आवश्यक ः सभासद अमात्य  

      6/29/2017 गते 00 00 मा प्रकाशित     1778   पटक पढिएको

वीरगन्ज, १५ असार । 
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का संसद राजेन्द्र बहादुर अमात्यले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चितताका लागि पनि संविधान कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति पर्साद्वारा आज आयोजना गरेको खेलाडीहरुलाई पोशाक वितरण कार्यक्रममा बोल्दै अमात्यले नेपालका आदिवासी समुदायका मागहरुलाई सम्बोधन गर्न र लोकतन्त्र गणतन्त्रको उपलब्धि रक्षाका लागि रिनन्रत प्रयासरत रहनुपर्ने बताउनुभयो । उहाँले आफ्नो अधिकार उपयोग गर्न सधैं अग्रपंत्तीमा रहनुपर्ने बताउदै बच्चा नरोए सम्म आमाले पनि स्तनपान नगराउने भएकोले आदिवासीहरुले पनि आफ्नो अधिकार प्राप्त गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । नेपाल आदिवासी जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष किरण डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका सामाजिक विकास अधिकृत धर्मराज थापाले राज्यले आदिवासी जनजातिहरुको उत्थानका लागि सबै आदिवासी जनजातिहरुले सदुपयोग गर्न सकोस भन्ने उद्देश्यले केही निश्चित रकम उपलब्ध गराएकोले जिल्लाका आदिवासी जनजाति समुदायले त्यसको सदुयोग गर्नुपर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर विठाकोटे मगरले स्वागत गर्दै पर्सामा बसोवास गर्ने सबै आदिवासी जनजाति समुदायहरुले आफ्नो पहिचानका लागि संघर्ष गर्नुपरेको बताउँदै संघर्षलाई उपलब्धीपूर्ण बनाउन सबै आदिवासी जनजाति समुदायको एकताको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेवार, राई, मगर, गुरुङ्ग, तामाङ, धानुक, उरावँ, थारु समुदायका ७० जना खेलाडीहरुलाई खेलकुद पोशाक वितरण गरिएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव निरज पिठाकोटे मगरले संचालन गरेको कार्यक्रमा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष बालेश्वर गौरो, धानुक समाजका जंगी महतो धानुक, उरावँ समाजका प्रभु उरावँ, तमु गुरुङ समाजका आश बहादुर गुरुङ, किराँत राई यायोक्खाका जगत राई लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.