logo

आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि संविधान कार्यान्वयन आवश्यक ः सभासद अमात्य  

      6/29/2017 गते 00 00 मा प्रकाशित     1896   पटक पढिएको

वीरगन्ज, १५ असार । 
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का संसद राजेन्द्र बहादुर अमात्यले आदिवासी जनजातिहरुको अधिकार सुनिश्चितताका लागि पनि संविधान कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति जिल्ला समन्वय समिति पर्साद्वारा आज आयोजना गरेको खेलाडीहरुलाई पोशाक वितरण कार्यक्रममा बोल्दै अमात्यले नेपालका आदिवासी समुदायका मागहरुलाई सम्बोधन गर्न र लोकतन्त्र गणतन्त्रको उपलब्धि रक्षाका लागि रिनन्रत प्रयासरत रहनुपर्ने बताउनुभयो । उहाँले आफ्नो अधिकार उपयोग गर्न सधैं अग्रपंत्तीमा रहनुपर्ने बताउदै बच्चा नरोए सम्म आमाले पनि स्तनपान नगराउने भएकोले आदिवासीहरुले पनि आफ्नो अधिकार प्राप्त गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । नेपाल आदिवासी जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष किरण डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका सामाजिक विकास अधिकृत धर्मराज थापाले राज्यले आदिवासी जनजातिहरुको उत्थानका लागि सबै आदिवासी जनजातिहरुले सदुपयोग गर्न सकोस भन्ने उद्देश्यले केही निश्चित रकम उपलब्ध गराएकोले जिल्लाका आदिवासी जनजाति समुदायले त्यसको सदुयोग गर्नुपर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष कमल बहादुर विठाकोटे मगरले स्वागत गर्दै पर्सामा बसोवास गर्ने सबै आदिवासी जनजाति समुदायहरुले आफ्नो पहिचानका लागि संघर्ष गर्नुपरेको बताउँदै संघर्षलाई उपलब्धीपूर्ण बनाउन सबै आदिवासी जनजाति समुदायको एकताको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेवार, राई, मगर, गुरुङ्ग, तामाङ, धानुक, उरावँ, थारु समुदायका ७० जना खेलाडीहरुलाई खेलकुद पोशाक वितरण गरिएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका सचिव निरज पिठाकोटे मगरले संचालन गरेको कार्यक्रमा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष बालेश्वर गौरो, धानुक समाजका जंगी महतो धानुक, उरावँ समाजका प्रभु उरावँ, तमु गुरुङ समाजका आश बहादुर गुरुङ, किराँत राई यायोक्खाका जगत राई लगायतको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.