logo

अनेमसंघको भेला सम्पन्न सूर्यध्वजाबाहकलाई जीताउन अभियान चलाइने

      7/27/2017 गते 00 00 मा प्रकाशित     1459   पटक पढिएको

वीरगंज १२ साउन। नेकपा एमाले निकट अखिल नेपाल महिला संघ वीरगंज महानगरपालिकाको नगर स्तरिय महिला भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीको वीरगंज महानगरपालिकाको निर्वाचन परिचालन कार्यालयमा भएको भेलालाई सम्बोधन गर्नु हुदै अनेमसंघका केन्द्रिय सदस्य निर्मला देवकोटाले महिलाहरुले आ–आफ्नो वडामा गएर सूर्य छापमा मतदान गर्न सर्वसाधारण महिलाहरुलाई सिकाउनको लागि आग्रह गरेकि छन ।उनले नेपाली महिलाको शसक्तिकरणमा नेकपा एमालेको भूमिका महत्वपूर्ण रहेको चर्चा गरिन । उनले  सबै वडामा अनेमसंघको कमिटि गठन गरी मतदान गर्ने तरिका र मतपत्र मोडने लगायतका बारेमा सिकाउनका लागि समेत सहभागी महिलाहरुलाई आग्रह गरिन । 
पार्टीका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साहले नेतृत्व स्थापित गर्न निर्वाचन राम्रो अवसर रहेको चर्चा गर्र्दैवीरगंजको नाला, बिजुली बत्ति, बाटो लगायत पूर्ण रुपले अव्यवस्थित हुदै गएकोमा नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई जिताए मात्र नगरको चौतफी विकास हुने दाबी गरे ।
 नेकपा एमालेबाट वीरगंज महानगरपालिकाको मेयरको प्रस्तावित उम्मेदवार बसरुदिन अंसारीले देशको ६ वटै प्रदेशमा भएको चुनावमा एमाले अग्रस्थानमा रहेको र  २ नम्बर प्रदेशमा मा पनि एमालेलाई जिताई देशकै शक्तिशाली पार्टी बनाउनु पर्नेमा जोड दिए । 
अखिल नेपाल महिला संघका नगर अध्यक्ष उर्मिला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सांसद जुनैद अंसारी, सांसद बिचारी यादव, पार्टीका जिल्ला संयोजक प्रभु हजरा, नेताहरु नवराज शर्मा, मानदेव हजरा, पार्टीका नगर संयोजक उसमान अंसारी, प्रभा खडका, प्रेमा पौडेल, बिना शर्मा, उषा चौधरी, त्यसैगरी अनेमसंघका नगर उपाध्यक्ष अम्बिया खातुन, सचिव खुल्ताना खातुन, कोषाध्यक्ष विद्या सत्याल, कार्यालय सचिव मिथिला खतिवडा लगायतले स्थानिय तहको निर्वाचनमा आफ्ना उम्मेदवरहरुलाई कसरी जिताउने र आगामी कार्ययोजनाको बारेमा बृहत छलफल गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.