logo

जनताको चाहना बिपरित स्थानीय तहको चुनावः   नेता  यादव 

      7/1/2017 गते 00 00 मा प्रकाशित     1580   पटक पढिएको

पोखरिया १७ असार । पर्सा जिल्लाको पोखरिया नगर पालिकाको वाड नं ९ को  रानीगंज टोलमा आज नेपाल संघिय समाजवादी पार्टी द्वारा आयोजित भेला र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले मधेशी जनताको मर्म र मनोभावना बिपरित स्थानिय तहको पहिलो र दोश्रो निर्वाचन भएको बताए ।  पटक पटकका मधेश आन्दोलन पछि भएका सम्झौताहरुको र  मधेशी जनताको भावना र मर्म बिपरित राजनीतिक नेतृत्वले धोका दिदै आएको बताए ।  सरकार र मधेश बिरोधी तत्वहरू आँखा भएर पनि दृष्टिबिहिन भएको उनको आरोप थियो ।   उनले भने सामन्तवादी अर्थ र समाजिक राजनैतिक ब्यबस्थामा हुर्के बढेका नेपालका राजनितीक दल जति सुकै प्रजातान्त्रवादी बने पनि लोकतंत्रवादी र प्रगतिशिल  दावी गरे पनि यी राजनितीक दलहरूको शासकिए मनोबिज्ञान बाट मधेशका जनताले मुक्ति न पाउने  तर्क थियो । पर्सा जिल्लामा काँग्रेस र मावोवादि पार्टीका केही ब्यक्तिहरू गाउ घरमा सर्वसधारण जनतालाई दमन र शोषण गरि रहेको भन्दै प्रहरी मौन रहेकोमा उनले रोष प्रकट गरेका थिए । हरेन्द्र प्र. गुप्ताको अध्यक्षता सम्पन्न कार्यक्रमको सभापत्ति नथुनि प्र. कुशवाहा  ले गरेका थिए  । कार्यक्रममा दीप नारायण रौनियार   फैयाज अहमद , शम्भु शाह कानु , चोकट गिरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.