logo

खर्चिलो चुनाव भ्रष्टाचारको कारक ः नेता यादव

      8/5/2017 गते 00 00 मा प्रकाशित     1580   पटक पढिएको

पोखरिया २१ साउन ।पर्सा जिल्लाको पकाहा मैनपुर गाउपालिकाको वडा न. ४ लाहौर थकरीमा शनिवार नेपाल संघिय समाजवादी पार्टीको भेला सम्पन्न भएको छ । भेलादाई सम्बोधन गर्दै  नेपाल संघिय समाजवादि पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले स्थानीय चुनावमा खर्चिलो उमेद्वार भ्रस्टाचारको प्रमुख कारक रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसाको भरमा मतलाई प्रभाव पर्ने , जातिवाद ,परिवारवाद जस्ता व्यक्ति चुनावमा जिते उमंग देखाउने हारे घाइते हुने तर्क गर्दै राजनीतिक निष्ठा भएकोलाई मात्र मतदान गर्दा ठिक हुने बताए । उनले पैसामा अडेको हानिकारक राजनीतिको अन्त गर्नु पर्नेमा जोड दिए । उनले बर्तमानमा नेपालका राजनितीक दलहरू पुर्ण रूपमा मधेशी जनताको अधिकार र पहिचान संग नजोडिने साबित हुदै गएको  र अहिले यि पार्टीहरू सत्ताको राजनैतिक र विकासको दुरूपयोगमा ब्यस्त रहेको बताए । उनले जनताको स्वास्थय , योजनाको दुरूपयोग र चन्दा कमिसनको खेलमा लागेर आर्थिक तथा नितीगत भ्रष्टाचारमा लागेर चुनाव खर्च उठाउने , काममा दलहरु लागेको आरोप लगाए ।  गाउ गाउमा झगडा लगाउने  र त्यसबाट पनि पैसा कमाउने काममा दलका कार्यकर्ताहरु लागेको उनको भनाई थियो ।  नारायण महतो कोइरीको सभापतित्वमा सम्पन कार्यक्रममा  नथुनी प्रसाद कुशवाहा  मोहमद नस्रुलाह मिया , नागेश्वर यादव , प्रभु पटेल , सोनालाल प्रसाद चौरसिया , महेन्द्र राम , साधु यादव , इनर्मन राउत कंकड़ , शुभ नारायण मेहता , मक्सुद अन्सारीले लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.