logo

संशोधन विधेयक मतदानमा  लैजाने , चुनावमा सहभागी हुन राजपा तयार

      8/11/2017 गते 00 00 मा प्रकाशित     1283   पटक पढिएको


बीरगंज २७ सउन ।भारतीय बिदेशमंत्री सुषमा स्वराजको बिमस्टेक बैठकमा सहभागिताकोलागि नेपाल भ्रमण र सर्वोच्च अदालतद्वारा स्थानीय तहको संख्याका सम्बन्धमा परेको रिट खारेजीले नेपाली राजनीतिको दिशा मोडिएको छ ।

सम्बिधान मधेश बिरोधी भन्दै आन्दोलनमा उत्रिएका मधेशकेन्द्रीत दलहरुले सम्बिधान संशोधनको प्रस्ताव पासै हुनु पर्ने अडान राख्दै आएका थिए । अहिले एकाएक आफनो अडानबाट मधेश केन्द्रीत दलहरुकोवीचमा एकता भएर बनेको राजपा पछाडि हटेको छ । 
सरकार र राष्ट्रिय जनता पार्टी संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएका छन् । यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान निर्णयकालागि पेश गरिने छ ।

‘संशोधनलाई तत्काल अघि बढाउने र पारित गर्ने सहमति भएको छ ।  राजपाका नेताहरुले संशोधन प्रस्ताव पास हुने कुटनैतिक प्रतिक्रिया दिन थालेका छन । राजपा नेता शरत सिंह भण्डारीले प्रस्ताव पास हुने बताएका छन । सम्बिधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत भएपनि संशोधनको पक्षमा दुई तिहाई पुग्ने सम्भावना देखिएको छैन ।

सत्तारुढ दलका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि परीणामलाई स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको छ ।

राजपा नेता भण्डारीले पनि त्यो स्वीकार गरे । ‘प्रक्रियामा गएपछि खेलको नियमबाट भाग्ने कुरा हुँदैन  उनले भने, ‘यदि कसैले फेल गराउने प्रयास गर्छ भने उसलाई सजाय दिन पनि हामी जनतामाझ जानुपर्छ । हामी आफ्नो कुरा लिएर चुनावमा जान्छौं । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.