logo

पर्सा ४ मा उर्मिला बिरुद्ध माओवादी केन्द्र भित्रै बगावत

      11/1/2017 गते 00 00 मा प्रकाशित     1726   पटक पढिएको

कार्तिक १५ बीरगंज
बाम गठबन्धनको तर्फबाट पर्साको निर्वाचन क्षेत्र नं २ र ४ नेकपा माओवादी केन्द्रको भागमा परेको छ । पार्टीले २ मा मोसालीम मिया र ४ मा उर्मिला अर्याललाई उम्मेदवार बनाउने भएको छ । पर्सा क्षेत्र नं ४ बामगठबन्धनकोलागि सुविधाजनक क्षेत्र हो तर नेकपा माओवादी केन्द्रमा रहेको आन्तरिक द्वण्द्वका कारण सबैभन्दा असुरक्षीत क्षेत्र त्यही बन्न पुगेको छ ।  स्थानीय तहका प्रमुखहरुले पाएको मतको आधारमा बिशलेषण गर्ने हो भने पनि बाम गठबन्धन मजबुत देखिन्छ । नेकपा माओवादी केन्द्रले ४ नम्बर क्षेत्रमा १० हजार ५ सय ३३ मत पाएको छ । नेकपा एमालेले ९ हजार २ सय ५२ मत प्राप्त गरेको छ । दुबैको मत मिलाउदा  १९ हजार ७ सय ८५ हुन्छ । संघीय समाजवादी फोरम नेपालले १० हजार ८ सय ५५ मत प्राप्त गरेको छ भने राजपाले ३ हजार ३ सय १७ मत पाएको छ दुबैको मत जोडदा १४ हजार १ सय ७२ हुन्छ । नेपाली कांग्रेस चार स्थानमा पराजीत भएपछिन भोट सबै भन्दा बढी १३ हजार १ सय २३ मत पाएको छ । नेपाली कांग्रेस र मधेश केन्द्रीत दल राजपा फोरमवीच तालमेल वा गठबन्धन भयो भने क्षेत्र नं ४ यो पक्ष २७ हजार २ सय ९५ मतका साथ अगाडि रहन्छ । लोकतान्त्रिक गठबन्धन हुन सकेन भने बाम गठबन्धनको खातामा यो क्षेत्र जान सम्भव छ  । तर बाम गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रमा रहेको समस्याले यो क्षेत्र बाम गठन्धनकालागि आत्मघाती पनि हुन सक्छ । नेकपा माओवादीको तर्फबाट स्थानीय तहका तीन स्थानमा निर्वाचित प्रमुखहरुले पार्टी नेतृत्वलाई पत्र लेखेर उर्मिला अर्याललाई उम्मेदवार नवनाउन माग गरेका छन । उनीहरुले पार्टी नेतृत्वलाई पत्र लेखेर उर्मिला अर्याललाई उम्मेदवार बनाए चुनाव हार्ने निश्चित रहेको दावी गरेका छन । उनीहरुले यति मात्र उल्लेख गरेका छैनन । आफूहरुले असहयोग गर्ने समेत बताएका छन । पार्टी नेताहरु पि.एल श्रेष्ठ , जालिम मिया मनोज गुप्ता  ,शेख चाँद तारा लगायतका नेताहरुले सो पत्रमा हस्ताक्षर गरेका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.