logo

झूठा आश्वासन दिनेहरुलाई चिनिराख्नुहोस - नेता रुङटा

      11/4/2017 गते 00 00 मा प्रकाशित     2098   पटक पढिएको


बिरगंज १८ कार्तिक । नेपाली काङ्ग्रेसका युवा नेता एवम पुर्व सभासद अनिल रुङटाले बिरगंजको छुट्टाछुट्टै स्थानमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमलाइ उदघाटन गरे। बिरगंज महानगर पालिका वडा नम्बर १५ लक्षमनवा र १६ नगवामा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रमलाइ पुर्व सभासद रुङ्टाले उदघाटन गरेका हुन ।

रक्तदान कार्यक्रमलाइ उदघाटन गर्दै युवा नेता  रुङ्टाले बिरगंज महानगरपालिका अहिले बिकासको पर्खाइमा रहेको बताएका छन ।  समाज बिकास सगै बिरगंज शहरको बिकासको लागि आफू २४ औ घण्टा तयार रहेको उनले बताए ।

नेता रुङ्टाले आफू सभासद रहेको बेला बिकासका निम्ति योजना तथा बजेट  कहा बाट ल्याउन सकिन्छ बारे आफुलाइ पुर्ण अनुभव रहेको बताउदै त्यही अनुभवको आधारमा बीरगंजको बिकास गर्ने बताउदै  आफुलाइ प्रतिनिधि सभाको सदस्यमा पुर्ण बहुमत सहित बिजय बनाउन आग्रह गरे।

उनले आफनो उम्मेदवारी पैसा कमाउनकालागि नभएको स्पष्ट पारे । मलाई पैसा चाहिएको छैन तर बीरगंजको बिकासकालागि मेरो उम्मेदवारी हो त्यसैले नेपाली काङ्ग्रेसलाई बिजय बनाउनुहोस नेता रुङ्टाले भने ।  

यहाका अधिकाश नेताहरु तपाईं हरु माझ झुठो आश्वासन लिएर भोट माग्न आउछ्न तर उनिहरु बिकास गर्दैन उनले भने आफू समाजको बिकासको निम्ति आएको बताए । उनले  नगवा बिकासमा धेरै पछि रहेको हुनाने पहिला नगवाको बिकास गर्न जरुरी रहेको बताए ।

नगवा युवा समाजका अध्यक्ष राजेन्द्र चौरसियाको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका नेता एव पर्सा क्षेत्र  १ को ख का प्रदेश सभाका सदस्य उम्मेदवार बिजय सरार्फ, पार्टीका कोषाध्यक्ष इम्तियाज आलम, युवा नेता अयुब मिया, स्थानिय अगुवा नेता बाबुलाल चौरसिया, इलाका प्रहरी कार्यालय नगवा का प्रहरी नायब निरीक्षक प्रेम बहादुर क्षेत्री,  रामाधार चौरसिया, युवा नेता प्रभु चौरसिया, बिनोद चौरसिया, लालबहादुर चौरसिया, मइम मिया, सुभास गुप्ता लगायतले सम्बोधन गर्दै रक्तदान गरि सहयोग गर्न सबैलाइ आहवान गरेका थिए ।

त्यसै गरि वर्ल्ड युनाइटेड क्लबका अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा वडाका वडाअध्यक्ष गजेन्द्र पटेल, पर्सा क्षेत्र १ को क का प्रदेश सभाका सदस्य उम्मेदवार रामनारायण कुर्मि लगायतले सम्बोधन गरेका थिए । छुट्टाछुट्टै आयोजित रक्तदान कार्यक्रममा महिला गरि एक सय भन्दा बढिले रक्तदान गरेका छ्न ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.