logo

आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारी: नेता रुगंटा 

      11/6/2017 गते 00 00 मा प्रकाशित     1877   पटक पढिएको


वीरगन्ज २० कार्तिक । नेपाली काग्रेस पर्साले चुनावी प्रचार प्रसार अभियान अन्तरगत वीरगन्ज महानगरपालिकाको विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगंटा र क्षेत्र नम्बर १ कै क बाट प्रदेश सभाका उम्मेदवार रामनारायाण कुर्मी लगायतका उम्मेदवारलाई बिजय बनाउन घरदैलो कार्यक्रमलाई काग्रेसले तिव्रता दिएको हो ।
 

घरदैलो कार्यक्रम वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सौराहाबाट शुरु गरिएको हो । सौराहामा अवस्थित माता बौद्धिमाईको मन्दिरमा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगंटा र क्षेत्र नम्बर १ कै क बाट प्रदेश सभाका उम्मेदवार रामनारायण कुर्मीले विशेष पुजापाठ गरी घरदैलो कार्यक्रम शुरु गरिएको हो । घरदैलो कार्यक्रम अन्तरगत सौराहा र भवानीपुरका स्थानियवासीले उत्साहित हुदै उम्मेदवार द्वय रुगंटा र कुर्मीलाई भव्य स्वागत गरेका थिए ।

घरदैलो कार्यक्रममा सौराहाका काग्रेससंग असन्तुष्ठ नेपाली काग्रेसकै पूर्व बुथ सभापति बलिस्टर यादवले काग्रेसको जित आफनै जित रहेको हुनाले विगतको तितामिठा त्यागि काग्रेसलाई जिताउन तठस्त भएर लाग्ने वाचा गरे  । कार्यक्रममा सौराहाका स्थानियवासीले प्रतिनिधि सभाका उम्मेदवार रुगटालाई आर्शिवाद दिदै अबको जित पुन काग्रेसकै हुने दावी गरेका थिए । नेपाली काग्रेस विना देश र मधेशको विकास हुन नसक्ने भएकोले काग्रेसलाई हरहालतमा जिताउन आफूहरु तैयार रहेको स्थानिय रामविनेष यादवले बताए । काग्रेसले सौराहा संगै भवानीपुरमा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलो कार्यक्रममा नेता अनिल रुगटाले भवानीपुरका स्थानियसंग भोट माग्दै आफू विजय भए लगतै भवानीपुर वडाको मुहार नै फेर्ने वाचा गरे । समग्र रुपमा आफू सम्पन्न भएपनि आफनो उम्मेदवारीले जनतालाई सेवा र सुविधा पु¥याउने लक्ष्य रहेको नेता रुगंटाले बताए । आफू पूर्व सांसद भएको बेला संसद भवनमा मधेश र मधेशीको हकअधिकारको लागि आवाज उठाउदै आएको बताउदै नेता रुगंटाले सविधान संशोधन र आर्थिक समृद्धी गर्दै विकासको एजेन्डालाई अगाडी बढाउदै लैजाने लक्ष्यका साथ जनता माझ आएका बताए । 
     

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.