logo

स्वच्छ निर्वाचनकालागि सबैको सहयोग आवश्यकःप्रमुख निर्वाचन अधिकृत

      11/8/2017 गते 00 00 मा प्रकाशित     1397   पटक पढिएको

बीरगंज २२ कार्तिक । 
युनएनडीपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत बीरगंजमा स्वच्छ निर्वाचनकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
    कार्यक्रमले सामाजिक सदभाव ,समाजिक सम्बन्ध बढाउदै शान्ति र अहिंसाको प्रर्वद्धन गर्दै आएको छ । अन्तरक्रियामा शान्ति प्रर्वद्धनमा राजनीतिक दल नागरिक समाज र संचार क्षेत्रको भूमिकाको बिषयमा अन्तरक्रिया भएको थियो ।
    अन्तरक्रिया कार्यक्रममा सहभागि सबैले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न आफना सरोकारहरु ब्यक्त गरेका थिए । कार्यक्रममा पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल नागरिक समाज र संचार क्षेत्रको सहयोगको अपेक्षा गरेको बताए । उनले भर्खरै सकिएको स्थानीय तहको निर्वाचन पनि राम्रो संग सम्पन्न भएको चर्चा गर्दै त्यतीबेला देखिएका समस्याहरु यस पटक सुधार हुने बताए ।पश्चिमा देशरु चुनाव हुदा बन्द ब्यापार सवारी साधन मान्छेहरुको हिडडुल अरु वेला जस्तै सामान्य हुने चर्चा गर्दै  निर्वाचनलाई तामझामपूर्ण नवनाउन अपिल समेत गरे । उनले राजनीतिक दलहरुलाई आचार सहिताको उल्लंघनको उजुरी गर्नेहरुलाई आचार सहिता पालना गर्न समेत आग्रह गरे ।
    पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबै मतदाता राजनीतिक दल संचार क्षेत्र सबैलाई आभार प्रकट गरे । शान्तिपूर्ण रुपमा निर्वाचन गर्न स्थानीय प्रशासन तयार रहेको सो कालागि सहयोग गर्न उनले सबैलाई अपिल गरे । कार्यक्रममा सहभागि राजनीतक दलकाप्रतिनिधिहरुले टिकट बितरण नै समस्याको कारक रहेको बताए । पैसामा टिकट किन्ने र पैसामा भोट किन्ने प्रवृति हावी भएकै कारण राजनीति दुषीत भएको उनीहरुको टिप्पणी थियो । उनीहरुले “नोटलाई चोट निष्ठालाई भोट”को संस्कृतिको बिकास हुनु पर्नेमा जोड दिए । कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव किशोरी साह,नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने महिला नेतृहरु मोना दाहाल,सुनिता साह ,रेखा साह,रेखा घिमिरे सामाजिक अभियान्ता निर्मला भण्डारी ,शान्ति समितिका कार्यकारी प्रमुख तेजेन्द्र माली,जिल्ला समन्वय समिति पर्साका अधिकृत माया थापा शिवनारायण मिरा झा रेखा देवी कर्ण लगायतले आफना बिचार ब्यक्त गरेका थिए । युएनडीपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रममा कार्यक्रम संयोजक इन्दीरा आले र पत्रकार चन्द्रकिशोरले कार्यक्रमको सहजीकरण गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.