logo

पर्सा क्षेत्र नम्बर ४ मा उर्मिला अर्याल एक्लिदै, चुनाव जित्न सकस

      11/10/2017 गते 00 00 मा प्रकाशित     3241   पटक पढिएको


वीरगन्ज, २४ कार्तिक । पर्सा क्षेत्र नम्बर–४ बाट बाम गठबन्धनबाट उम्मेदवार बनेकी उर्मिला अर्याललाई आफ्नै कार्यकर्ताहरुबाट सकस हुने देखिएको छ । २०७० सालको संविधान सभाको निर्वाचन अघि एमालेबाट माओवादीमा प्रवेस गरेकी अर्याल जिल्लामा एकलौटी ढंगबाट चल्न थालेपछि नै शुरु भएको विवाद स्थानीय तह निर्वाचन हुदै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्म पनि भित्री रुपमा मिल्न सकेको छैन ।

संविधान सभा निर्वाचनमा उनलाई पराजित गरेका एमालेका जयप्रकाश थारु बलियो उम्मेदवार भएपनि एमालेसँग भएको गठबन्धनका कारण अर्याल उक्तक्षेत्रबाट लड्ने भएपछि एमालेले पनि थारुलाई निर्वाचन क्षेत्र ४ को प्रदेशसभा १ बाट उम्मेदवार बनाएको छ । उनी माओवादी पार्टीमा आएपछि पर्सामा माओवादीमा गुटबन्दी शुरु भएको थियो । अर्यालले आफ्नो मान्छेहरुलाई मात्रै पार्टीमा पहुँच बढाउन थालेपछि पार्टीका पूराना नेता कार्यकर्ताहरु ओझेलमा परेका छन् । पार्टी नेतृत्वको निर्णयका कारण जिल्लाका पूराना माओवादी नेता कार्यकर्ताहरु पनि निरीह भएर बस्न बाध्य छन् ।

पहिलेदेखि अर्यालको कार्यशैलीप्रति असन्तुष्ट रहेका जिल्लाका पूराना नेता कार्यकर्ताहरु स्थानीय तह निर्वाचनमा भएको उम्मेदवार छनौटमा पनि एकलौटी ढंगबाट पेलेर गएको भन्दै थप असन्तुष्ट भएका छन् । अर्यालको पार्टीका भातृ संगठनहरुसँग पनि खासै राम्रो समन्वय रहेको छैन । अर्यालको कार्यशैलीका कारण पूराना नेता कार्यकर्ताहरु त असन्तुष्ट थिए । प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा उनी निकटका नेता कार्यकर्ताहरु पनि असन्तुष्ट हुन थालेका छन् । स्थानीय तह निर्वाचनमा पनि पूराना नेता कार्यकर्ताहरुले खासै सहयोग नपाएको अर्याललाई यसपटकको चुनावमा पनि सहयोग पाउनेमा आशंका रहेकोले उनले चुनाव जित्ने संभावना कम देखिएको छ ।

यहाँसम्मकी उनीसँगै एमालेबाट माओवादीमा पार्टी प्रवेश गरेका विजय महतो समेत उनीप्रति असन्तुष्ट रहेको स्रोतले जनाएको छ । महतो अहिले पार्टीको जिल्ला संयोजक रहेका छन् । अर्याललाई जिल्ला इन्चार्जको रुपमा पार्टीले जिम्मेवारी दिएको छ । अर्याल चुनाव प्रचार प्रसारका लागि क्षेत्र नम्बर ४ मा गएपनि उनीसँग संयोजक महतो हिड्न नचाहेको स्रोतले जनाएको छ । महतोलाई मनाउनका लागि साथमा लिएर अर्याल प्रचण्डसँग जान लागेको पनि स्रोतको भनाई छ । महतो मात्रै होईन अर्यालका विश्वास पात्र मानिएका आदित्य पौडेल ९प्रकाश० पनि उनीप्रति असन्तुष्ट भएको स्रोतले जनाएको छ ।

उनीसँग असन्तुष्ट भएर काठमाडौंमै रहेका पौडेललाई फकाई फुलाई गरेपछि बल्ल चुनावी प्रचार प्रसारमा सहयोग गर्न वीरगन्ज आएको स्रोतले जनाएको छ । पार्टी नेतृत्वले पनि एउटै खेमाका व्यक्तिहरुलाई जिम्मेवारी दिएपछि पूराना नेता कार्यकर्ताहरुमा थप असन्तुष्टी देखिएको हो । उनको एक्लै हिड्ने र एक्लौटी निर्णय गर्ने प्रवृत्तिका कारण स्थानीय तह निर्वाचनमा पनि पर्सामा जित्न सक्ने एउटा नगरपालिकामा माओवादीले पराजित हुनुपरेको माओवादीकै नेता कार्यकर्ताहरुले बताएका छन् ।



स्थानीय तह निर्वाचनका लागि पार्टीबाट पटक पटक पैसा लिएर आएको  तर पार्टीको प्रचार प्रसारमा भने खर्च नगरेको कार्यकर्ताहरुको आरोप छ । उनी निकटका एक कार्यकर्ताले भने, “एकपटक १६ लाख रुपैंया लिएर आएको थियो । त्यसपछि फेरी चुनावी अभियानमा रहेको पार्टी अध्यक्ष प्रचण्डले रौतहटबाट आएर वीरगन्जमा चेक दिएको थियो । त्यसमा कति रकम थियो थाहा भएन ।” स्थानीय तह निर्वाचन भन्दा अघि निकै नजिक रहेका ठोरी गाउँपालिकाका प्रमुख पिएल श्रेष्ठ पनि पछिल्लो समयमा अर्यालसँग असन्तुष्ट रहेको अर्याल निकटका व्यक्तिहरुले बताएका छन् ।

श्रेष्ठलाई स्थानीय तह निर्वाचनमा खर्च दिने आश्वासन दिएको भएपनि अहिले आएर निर्वाचनमा लागेको खर्च नदिँदा श्रेष्ठ पनि अर्यालसँग टाढा भएका हुन् । उनको विपक्षमा उनकै क्षेत्रमा पर्ने जगरनाथपुर गाउँपालिकाका प्रमुख जामिल मियाँ पनि उनीप्रति त्यति सकारात्मक देखिएका छैनन् । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने दिन नै मियाँ लगायतका असन्तुष्ट नेता कार्यकर्ताहरुले वीरगन्जमा अर्यालको पुत्ला जलाएका थिए ।

स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार छनौट गर्ने बेला जनयुद्धमा काम गरेका पूराना नेताहरुलाई पाखा लगाएर पैसा खर्च गर्ने व्यक्ति हेरेर उम्मेदवार बनाएको अर्याललाई आरोप लागेको छ । प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनका लागि पनि उम्मेदवार सिफारिस गर्दा बाध्यताबस गर्नुपर्ने सिफारिस बाहेकका अन्यलाई पाखा लगाएर आफ्नो घरमा काम गर्ने आफन्तलाई समानुपातिकमा नाम सिफारिस गरेकी छन् । अर्यालले उनको घरमा काम गर्ने जानुका भन्ने महिलाकी भाउजु राजपतिदेवीलाई समानुपातिक उम्मेदवारमा सिफारिस गरेको बताईएको छ ।

त्यस्तै पार्टीमा योगदान दिनेहरु भन्दा पनि उनीसँग नजिक भएका व्यक्तिहरुलाई मात्रै समानुपातिकमा पनि सिफारिस गरेको बुझिएको छ । उनकै सिफारिसमा स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाका मेयर पदमा उम्मेदवार बनेका र पराजित भई हाल पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट उम्मेदवार बनेका रहबर अन्सारीको सिफारिसमा पार्टीमा कुनै पनि योगदान नभएकी वीरगन्ज छप्कैयाकी पिंकी खातुनलाई पनि समानुपातिकमा सिफारिस गरेकी छन् ।

अर्यालको कार्यशैलीका कारण आफ्नै नेता कार्यकर्ताहरु असन्तुष्ट भएपछि उनको चुनावी प्रचार प्रसारमा पनि एक्लिएकी छन् । उनको प्रतिस्पर्धामा कांग्रेसका प्रभावसाली नेता रमेश रिजाल चुनावी मैदानमा रहेकोले र  बामगठबन्धनमा पनि उनले खासै चासो नदिँदा उनले पर्सा क्षेत्र नम्बर ४ बाट जित्न सक्ने संभावना कम रहेको राजनीतिक विश्लेषण हुन थालेको छ ।       

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.