logo

बामगठबन्धनबाट विपक्षीहरु आत्तिएका छन् : पोलिटव्यूरो सदस्य चौधरी 

      11/12/2017 गते 00 00 मा प्रकाशित     1458   पटक पढिएको

बामगठबन्धनबाट विपक्षीहरु आत्तिएका छन् : पोलिटव्यूरो सदस्य चौधरी 
वीरगन्ज, २६ कार्तिक । एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेण्टर नेपाल पर्साको संयुक्त बैठक आईतबार सम्पन्न भएको छ ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र प्रदेशसभा १ र २ को पार्टी परिचालन कार्यालयमा सम्पन्न भेलाले आगामी निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरुलाई जिताउन रणनीतिक छलफल गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

     नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रकृया शुरु भएपछि विभिन्न जिल्लामा दुवैपार्टीका भातृ संगठनहरुबीचमा पनि संयुक्त बैठक र कार्यक्रमहरु गर्न थालिएको र सोही अनुसार नै आईतबार संयुक्त भेलाको आयोजना गरेको हो ।

     प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पर्साको निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ का उम्मेदवार नागेन्द्र चौधरीले बामगठबन्धनबाट आत्तिएका विपक्षीहरुले थरीथरीका षड्यन्त्रहरु गर्न थालेको बताउदै यसका लागि प्रेस चौतारी र प्रेस सेण्टरले भूमिका खेल्नुपर्ने बताए ।

     उनले बामगठबन्धनका विरुद्धमा विभिन्न झुठा समाचारहरु लेखेर प्रहार गर्न थालेकोले गठबन्धनका सही गतविधिहरुलाई जनतामाझ पु¥याउन संचारकर्मीहरुसँग आग्रह गरे । देशको राजनीतिक स्थिरता र समृद्धिको उद्देश्य लिएर अगाडि बढेको बामगठबन्धनको देशभर जित सुनिश्चित देखेर नै विपक्षीहरु आत्तिएर चरित्र हत्या समेत गर्न थालेको बताए ।
       
 आपूm जिम्मेवारीको हैसियतमा हुँदा पनि पार्टी निकटका संचारकर्मीहरुलाई केही गर्न नसक्नु आफ्नो कमजोरी भएको स्वीकार गर्दै नेतृत्वलाई पनि दबाबमुलक ध्यानाकर्षणहरु नभएको बताए ।

  कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हरि मण्डल, नेकपा एमाले प्रचार विभागका केन्द्रीय सदस्य अरविन्द सिंह, पर्साका संयोजक प्रभु हजरा, प्रेस चौतारीका महेस दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जरा, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शम्भु गुप्ता, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

भेलामा नेकपा एमालेका २ नम्बर प्रदेश सदस्य बालगोपाल थापा, प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन समितिका सदस्य केसी लामिछाने, प्रेस सेण्टर नेपालका प्रदेश नम्बर २ का कोषाध्यक्ष दीपक गौतम, नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघ्न नेपाल लगायत प्रेस चौतारी र प्रेस सेण्टर नेपालका सदस्यहरुको सहभागिता रहेको थियो । 

प्रेस चौतारी नेपाल पर्साका सचिव सञ्जिव मिश्रले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे मगरले गरेका थिए ।
   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.