logo

आगामी सरकार वामगठबन्धको बन्ने पक्का -उम्मेदवार गुप्ता

      11/17/2017 गते 00 00 मा प्रकाशित     1453   पटक पढिएको

बीरगंज १ मंसिर । नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं १ को“ख” प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ताले जनतालाई बिवेकपूर्ण रुपमा आफनो मतदान सदुपयोग गर्न आग्रह गरेका छन । वाम गठबन्धनले बीरगंज महानगरको वडा नं २ मा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रदेश नामाकरण गर्न प्रदेशको राजधानी काहा हुने भन्ने कुरा तय गर्ने भएकोले यो निर्वाचनको महत्व अत्यन्तै रहेको बताए । 
उनले बिकास समृद्धि प्राप्तीकोलागि एक्सप्रेस गाडीको उदाहरण दिदै राष्ट्रीय पार्टीको आवश्कतामा जोड दिए । नेता गुप्ताले अव मुलुकमा बाम प्रगतीशिल गठबन्धनको सरकार बन्ने कुरा सुनिश्चित भएकोले अव कुनै अन्यौलता नराख्न मतदातालाई आग्रह गर्दै वामपन्थको पक्षमा मतदान गर्न अपिल गरे ।
    बीरगंजमा नारयाणी उपक्षेत्री अस्पतालाई शिक्षण कलेजको रुपमा बिकास र बीरगंज बिश्वबिद्यालयलाई कार्यान्वयनमा ल्याउन पनि वाम गठबन्धनको जीत आवश्यक रहेको उनले बताए ।
    बीरगंज महानगरको आर्थिक माहाशाखाको प्रमुखबाट राजनीतिक मैदानमा उत्रिएका गुप्ताको प्रशासनीक अनुभव तथा बिधिशास्त्रमा उनले प्राप्त गरेको स्नातक र समाजशास्त्रमा प्राप्त गरेको स्नातोकोत्तरको उपाधीले समग्र पर्साको बिकास र पहिचानकालागि उपलब्धी मुलक हुने ठानिएको छ । 
आफनो अनुभवलाई राजनीतिक इमान्दारिकताकोलागि उपयोग गर्ने उनले प्रतिवद्धता जनाए । उनले बिकासका नाममा परियोजना ढिलो गरि निर्माण गर्ने निर्माण कम्पनीका कारण बीरगंजका नागरिकले सास्ती पाउने कुरालाई अव स्वीकार गर्न नसकिने बताए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.