logo

अन्सारीको अपिल पचपन्न पैसामा भोटको नाममा स्वाभिमान नबेचौ 

      11/17/2017 गते 00 00 मा प्रकाशित     11262   पटक पढिएको

बीरगंज १ मंसिर । एउटा भोट औसतमा १ हजार रुपैयामा खरिद बिक्री हुदो रहेछ । त्यो बिक्री भएको भोट एकदिनकोलागि होइन पाँच वर्षको लागि हो । १८ सय दिनका लागि हो । एउटा भोटको मूल्य एक दिनमा पचपन्न पैसा पर्दो रहेछ । आजकल बाटोमा भिखमाग्दै हिडनेले पाँच रुपैया भन्दा कम पायो भने फालिदिन्छ । तर हामी भिख माग्ने भन्दा पनि कमजोर भएर पचपन्न पैसामा हाम्रो भोट बेच्दै छौ । यो भोट बिक्री मात्र होइन हाम्रो स्वभिमान,सार्वभौसत्ता र निष्ठा बिक्री भइरहेको छ । हामी यसको पक्षमा छैनौ ,भोट नदिनुहोस मन्जुर छ तर यो खाले  प्रवृतिको बिरुद्धमा हामी छौ ।हामी भोट किन्नकोलागि तपाईलाई पचपन्न पैसा दिने नैतीक सहास भएकाहरु पनि होइनौ । हामी भोट किन्दैनौ । 
३१ वर्षे युवाले मतदातालाई मत मूल्य अहिले देखिएको खरिद बिक्रीे प्रवृतिको बिषयमा बताइरहदा कार्यक्रम स्थल तालीले गुन्जायमान भयो । त्यो तालीले ति युवाको भावनालाई आत्मसात मात्र गरेको थिएन , हामी भोट बेच्ने हौइनौ भनिरहेको थियो । तालीले ,तिम्रो निष्ठालाई सलाम छ भन्दै थियो । हो तिनै युवा जो अहिले देशभरिकै युवाकालागि आकर्षण र चासोको बिषय बनेका छन । पर्साको निर्वाचन क्षेत्र नं १ को “क”बाट प्रदेश सभा सदस्यमा वामगठबन्धनका उम्मेदवार रहवर अन्सारी ।

 

उनी जनताको वीचमा जादा जनतामा अर्कै उत्साह संचार हुन्छ ।युवा युवतीले मात्र हैन बयस्कहरुले पनि उनलाई घेर्छन । गरमजोशीका साथ हात मिलाउछन एक दुई पोज फोटो लिन्छन । धर्यैतापूर्वक उनलाई सुन्छन । अन्सारीलाई सबैले अशाको दृष्टिले हेर्छन । जीउडाल मिलेका आकर्षक युवा ब्यक्तित्व अन्सारीको जस्तो राजनीति प्रति सुझबुझ समकालीन युवाहरुमा बिरलै भेटिन्छ । उनी जनताको वीचमा आफना कुरा प्रष्ट राख्छन । अन्य कुनै राजनीतिक दलको आलोचना उनको भाषणमा पर्दैन ।

 

उनी बिकास र समृद्धि प्राप्तीको कुरा गर्छन । चुनावमा पर्साले सधै हा¥यो अव जित्नु पर्ने कुरा गर्छन । ब्यक्ति को हो उनकोलागि महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा उनकालागि बृहतर हित हो । आत्मनिर्भर अर्थतन्त्रको बिकासका माध्यमले स्वाधिनता पाउनु हो ।

 

चुनाव ब्यक्तिले जिते तर पर्साले हा¥यो के अव पनि हामी हार्ने चुनावमा सहभागि हुने हो ? उनी आफना अगाडि रहेका मतदातालाई सोध्छन । जवाफ पाउछान होइन ।  उनको प्रस्तुतीमा शालीनता छ , शब्दमा मिठास तर बिषय गम्भिर खालको । सामान्य मान्छेले बुझने भाषामा उनको प्रस्तुती ।बिषय प्रतिको दखल त्यसलाई प्रस्तुत गर्ने आकर्षक शैली उनलाई सुनीरहु जस्तो लागि रहने ।

 


    उनी उम्मेदवारहरुको तुलनामा पनि गर्छन । सार्वजनीक नीति प्रशासनमा बिदेशमा स्नातोकोत्तर अध्ययन गरेका अन्सारी आफनो क्षमताको आधारमा यस्तो तुलना गर्ने गरेको बताउछन । उनी हाकाहाकी भन्छन । बिना कुनै संकोच भन्छन । पर्साको निर्वाचन क्षेत्र नं १ मा बिचारी जस्तो इमान्दार नेता मैदानमा अरु छैनन । निष्ठा र इमान्दारीताको प्रतिमूर्ती, लामो राजनीतिक पृष्ठभूमी भएको सरल, आवश्यक परेको बेलामा जनताको दैलोमा पुग्न सक्ने त्यसैपनि“एम्बुलेन्स”नेताको उपाधी पाएका नेता  बिचारी यादवलाई जिताउनु जनताको दायित्व समेत हो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.