logo

प्रचण्ड पुत्र प्रकाश दाहालको निधनको शोकमा घरदैलो कार्यक्रम स्थगित 

      11/18/2017 गते 00 00 मा प्रकाशित     1489   पटक पढिएको

वीरगन्ज, ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुत्र शोक परेको छ ।

दाहालका ३६ बर्षीय छोरा प्रकाश दाहालको हृदयघातका कारण आईतबार बिहान ५ बजेर ३८ मिनेटमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि प्रकाशलाई उपचारको लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनको आईतबार बिहान निधन भएको बताईएको छ ।

माओवादी जनयुद्धकालदेखि नै बाबु प्रचण्डसँगै राजनीतिक यात्रा गरेका प्रकाशको अल्पआयुमै भएको असमायिक निधनले पार्टीलाई पनि अपुरणीय क्षति पु¥याएको छ । उनको पार्थिव शरिरलाई अहिले अस्पतालमा नै राखिएको र अस्पतालले परिवारलाई शव बुझाएपछि पार्टी कार्यालय पेरिस डाँडा लाने तयारी रहेको जनाएको छ ।

यसैबीच प्रकाशको निधनको खबरले देशभरका बामगठबन्धनको चुनावी प्रचार प्रसारको कार्यक्रम पनि प्रभावित भएको छ । आईतबार बिहानै भएको प्रचण्ड पुत्र प्रकाशको निधनको शोकमा पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रचार प्रसार कार्यक्रम स्थगित गरिएको निर्वाचन परिचालन कार्यालयका प्रभाकर गुप्ताले जानकारी दिए ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र १ का उम्मेदवार रहबर अन्सारीले पनि आफ्नो सबै प्रचार प्रसार र घरदैलो कार्यक्र स्थगित गरेको जनाएका छन् । प्रकाश दाहालको दुखद निधनको खबरले अत्यन्त मर्माहित भएको र आईतबारका लागि तय गरिएको निर्वाचन क्षेत्रको उत्तरीभागको घरदैलो स्थगित गरिएको अन्सारीले बताए ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.